पोखरा विमानस्थल प्रकरण १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- बैशाख २४, २०८३
भक्तपुर, २४ वैशाख । नेपालको प्राविधिक शिक्षाको इतिहासमा एक महत्वपूर्ण अध्याय थपिएको छ । भक्तपुर नगरपालिकाद्वारा वि.सं २०६५ सालमा स्थापित ख्वप कलेज अफ इन्जिनियरिङले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) बाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (Quality Assurance and Accreditation, QAA) प्राप्त गर्दै आफ्नो शैक्षिक यात्रामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगको २०२६ अप्रिल २२ मा (२०८३ वैशाख ९) बसेको बोर्ड बैठकले यससम्बन्धी औपचारिक निर्णय गरेको र सोको औपचारिक जानकारी विश्वविद्यालय अनुदान आयोग, नेपालद्वारा २०२६ अप्रिल २७ (२०८३ वैशाख १४) गतेको पत्रमार्फत गरिएको कलेजले जनाएको छ । यूजीसीद्वारा प्रमाणित यस प्रत्यायनले कलेजलाई गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने संस्थाको रूपमा पुनः पुष्टि गरेको छ । यो एक प्रमाणपत्र मात्र नभई संस्थाको शैक्षिक उत्कृष्टता, पारदर्शिता र समाजप्रतिको सामूहिक प्रतिबद्धताको प्रतीक हो ।
कलेजले स्पष्ट रूपमा उल्लेख गरेको छ कि यो उपलब्धि कुनै एकल प्रयासको परिणाम होइन । भक्तपुर नगरपालिका, कलेज सञ्चालक समिति, आन्तरिक गुणस्तर सुनिश्चितता समिति (IQAC), स्व–अध्ययन टोली (SAT), अभिभावक, विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरू, पूर्वविद्यार्थी, उद्योग क्षेत्रका साझेदार तथा रोजगारदाता, शैक्षिक साझेदार तथा अनुसन्धान सहकार्यकर्ताहरू र स्थानीय समुदाय तथा शुभेच्छुकहरूको अथक योगदान यस सफलताको मेरुदण्ड बनेको छ । सरोकारवालाको अटुट समर्थनले नै यो उपलब्धि प्राप्त भएको हुँदा यो उपलब्धि सम्पूर्ण समुदायको साझा गौरवको विषय भएको कलेजले जनाएको छ ।
कलेजका प्राचार्य ई. सुनिल दुवालले भन्नुभयो, “यो प्रत्यायन प्रमाणपत्र मात्र होइन, यो समाजप्रति गरिएको हाम्रो सामूहिक प्रतिबद्धताको पुनः पुष्टि हो । सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै इन्जिनियरिङ उत्कृष्टता हासिल गर्ने हाम्रो मार्गदर्शक दर्शनको प्रमाण पनि हो ।”
ख्वप कलेज अफ इन्जिनियरिङले गुणस्तर सुनिश्चितता र प्रत्यायन प्रक्रियामा सहभागी हुुन २०८० फागुन ११ गते विश्वविद्यालय अनुदान आयोगमा आशय पत्र पेस गरी मिति २०८१ असार ३० गते स्वअध्ययन प्रतिवेदन पेस गरेको थियो । तत्पश्चात् आयोगद्वारा प्रा. डा. जिवाराज पोखरेलको संयोजकत्वमा गठित समकक्षी परीक्षण टोलीले २०८२ वैशाख ९ गतेदेखि ११ गतेसम्म पूर्व परीक्षण भ्रमण र मिति २०८२ माघ १९ गतेदेखि २२ गतेसम्म पूर्ण परीक्षण भ्रमण सम्पन्न गरी सोको प्रतिवेदन आयोगमा पेस भई सिफारिस भएपछि आयोगले कलेजलाई प्रत्यायन गरेको हो ।
Leave a Reply