भर्खरै :

बैतडीमा धन्यवादज्ञापन कार्यक्रम

बैतडीमा धन्यवादज्ञापन कार्यक्रम

बैतडी, २५ वैशाख । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडी जिल्ला निर्वाचन क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले बैतडी जिल्लाका मतदाताहरूसमक्ष पुगी धन्यवाद ज्ञापन गर्नुभएको छ ।
धन्यवाद ज्ञापनको क्रममा बुधबार उहाँ जिल्लाको मेलौली नगरपालिका वडा नं ७ को स्वाखानी, काँडा र वडा नं. ६ को लामा लेक तथा पाटन नगरपालिकाको लोर्खामा पुग्नुभएको थियो ।
सो अवसरमा उहाँले भन्नुभयो, “नेमकिपा जनतालाई माक्र्सवादबारे बुझाउन निरन्तर लागिरहेको छ । नेमकिपा देशभक्तिपूर्ण आन्दोलनमा अग्र मोर्चामा छ ।” उहाँले बिप्पा सम्झौता, एमसीसी सम्झौता खारेज गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उक्त कार्यक्रममा नेमकिपा कर्णाली प्रदेश समितिका सदस्य विवेक कोजुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *