आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
सुर्खेत, २७ वैशाख । विश्व सर्वहारावर्गका महान् गुरू कार्ल माक्र्सको २०८ औँ जन्म जयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगरमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश गुरूङले कामदारवर्गको मुक्तिको बाटो माक्र्सवादले देखाएको कारण माक्र्सलाई सधैँ मानव समुदायले सम्झिरहनेछन् भन्नुभयो ।
निजी सम्पत्तिको उत्पत्ति भएदेखि मानव समुदायमा लोभलालच सुरू भएको हुँदा निजी सम्पत्तिको अन्त्य हुने साम्यवादी व्यवस्थाको लागि सङ्घर्ष गर्र्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमको सभापति एवं नेमकिपा कर्णाली प्रदेश समिति सदस्य एवम् पार्टी जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले डार्विनले जीव विज्ञानको क्षेत्रमा विकासको नियम पत्ता लगाएजस्तै कार्ल माक्र्सले समाज विकासको नियम पत्ता लगाएको चर्चा गर्दै मानव समाजमा वर्ग रहेसम्म शोषण कायम रहने उल्लेख गर्नुभयो ।
नेमकिपा कर्णाली प्रदेश समिति सदस्य धनेन्द्र विकले कार्ल माक्र्सले ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त र साम्यवादी सिद्धान्त प्रतिपादन गर्नुभएको बताउनुभयो ।
कार्यक्रममा शेरबहादुर शाही, लालबहादुर थापा, छत्रिका विक, शर्मिला विक, रणबहादुर राना, ईन्द्रप्रसाद न्यौपाने, अम्मर भण्डारी, गणेश खड्का, ऐनबहादुर शाही, कुस्माखर खनाल, टीकाप्रसाद पोखरेल, मनबहादुर विकलगायतले माक्र्सको जीवनीबारे चर्चा गर्नुभयो ।
Leave a Reply