युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
१६७औँ अन्तर्राष्ट्रिय नर्स दिवस
भक्तपुर, २९ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा मङ्गलबार १६७ औँ अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा ख्वप अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नर्स दिवसको अवसरमा शुभकामना दिँदै ख्वप अस्पताल परिवारले सधैँ देश र जनताको निःस्वार्थ रूपमा सेवा गर्न तत्पर हुनुपर्छ भन्नुभयो ।
प्रशंसाले संस्था वा व्यक्तिलाई बिगार्न सक्छ र आलोचनाले सुधार्न मद्दत पु¥याउँछ भन्दै उहाँले अरुको प्रशंसा र आलोचनालाई सन्तुलित ढङ्गले ग्रहण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
आफ्नो पेसाप्रति सधैँ जिम्मेवार हुन चिकित्सक र कर्मचारीलाई प्रेरित गर्दै उहाँले नर्सहरूले उच्च शिक्षा अध्ययनमा जोड दिँदै आफूलाई समय सोपक्ष ढङ्गले सक्षम र योग्य बनाइराख्नुपर्ने बताउनुभयो ।
नेपाल सरकारले समुदायस्तरमा सञ्चालित स्वास्थ्य संस्था र अस्पतालहरूलाई सहयोग गर्नुपर्ने उल्लेख गर्दै उहाँले जनतालाई सरकारी अस्पतालमै स्वास्थ्य उपचार गराउनुपर्ने मानसिकताको विकास गराउनुपर्ने बताउनुभयो ।
अस्पतालमा आवश्यकताअनुसारको जनशक्ति व्यवस्थापन भए धेरै जनताको सेवा हुने स्पष्ट पार्दै उहाँले अस्पतालले आफूसँग भएको जनशक्ति र बजेट राम्रोसँग परिचालन गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
ख्वप अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष एवं उपप्रमुख रजनी जोशीले नर्सिङ पेसा मानव जगतको उच्चतम सेवा हुने पेसा भएको बताउँदै नर्सिङ क्षेत्रमा स्वास्थ्यकर्मीहरूको योगदान र भूमिका सधैँ स्मरणीय हुने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले देश र समाजलाई स्वस्थ बनाउन क्रियाशील नर्सहरूको योगदान सधैँ उच्च रहेको बताउँदै स्वास्थ्य सेवा निष्पक्ष ढङ्गले प्रवाह हुनुपर्ने बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले ख्वप अस्पतालमा हाल ७३ जना नर्स कार्यरत रहेको औँल्याउँदै नर्सिङ पेसा स्वास्थ्य क्षेत्रको मेरुदण्ड हो भन्नुभयो । उहाँले नर्सिङ पेसालाई बलियो र विश्वासिलो बनाउने काममा सरकारले जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पताल वार्ड इन्चार्ज नर्स सुजना बासुकला, नर्स रविना सुवाल र जमुना काफ्लेले स्वास्थ्य क्षेत्रमा नर्सको भूमिकाबारे प्रस्ट पार्नुभयो । ख्वप अस्पतालले नर्स दिवसको अवसरमा अस्पतालमा कार्यरत नर्सहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । नर्सहरूको तर्फबाट केही सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत भएका थिए ।
Leave a Reply