भर्खरै :

‘सम्पादकीय’ र ‘एकक्षण’ पुस्तकबारे अध्ययन गोष्ठी

‘सम्पादकीय’ र ‘एकक्षण’ पुस्तकबारे अध्ययन गोष्ठी

भक्तपुर, १ जेठ । देश र जनतामा समर्पित ‘श्रमिक’ साप्ताहिकमा प्रकाशित सम्पादकीय सङ्कलन (तेस्रो खण्ड) र ‘एकक्षण’ समसामयिक टिप्पणी सङ्कलन पुस्तक अध्ययन गोष्ठी कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर नगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले ‘श्रमिक’ साप्ताहिकले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जनपक्षीय लेख–रचनाहरू प्रकाशित गर्दै जनतालाई सचेत गर्दै आइरहेको चर्चा गर्नुभयो ।
“देशमा विद्यमान भ्रष्टाचार, बेथिति, विसङ्गति, अराजनीतिक गतिविधि र राष्ट्रघाटबारे निरन्तर विरोध गर्नु आवश्यक छ । समाज अल्गोररिदमतिर अघि बढिरहेको र यो समाजको लागि हानिकारक छ । आँखामा पट्टि बाँधेर देश चलाउन सकिँदैन, नीति तथा कार्यक्रमको मातहतअन्तर्गत देशमा बजेट ल्याइने भएकोले नैतिक जिम्मेवारी नलिई संसदीय मर्यादालाई उल्लङ्घन गर्नु गलत हो, सरकार राज्यप्रति जवाफदेही हुनैपर्छ”, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य सैंजूले भन्नुभयो, “हामी कम्युनिस्ट होइनौँ भन्नुको अर्थ गरिब, मजदुर र श्रमिकको सरकार होइन भन्ने हो । पुँजीपति सरकारले व्यक्तिगत स्वार्थ र निजी क्षेत्रलाई पोस्ने काम गर्छ, नेपालको कलकारखाना बन्द गरेर, युवा विदेश पलायन गरेर देशआत्मनिर्भर बन्दैन, कृषि क्षेत्र बलियो बनाई नेपाली जनतालाई आत्मनिर्भर बनाउन आवश्यक छ ।”
समितिका उपाध्यक्ष रत्ना चवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुुशिला कर्माचार्य, सुनिता गाईसी, रीतामैया सुवाल, मन्जु लाखाले पुस्तकमा प्रकाशित लेखहरूबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *