रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा तुमचो दुगुरे आवास क्षेत्रमा अपराध न्यूनीकरण तथा सामाजिक सुरक्षा कायम गर्ने विषयमा स्थानीयवासीहरूसँग बिहीबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरी सम्पन्न भएको तुमचो दुगुरे चोखा आवास क्षेत्रमा बस्ती विस्तारसँगै लागूपदार्थ दुव्र्यसनी, चोरी, अपराधलगायतका गतिविधिहरू रोक्ने तथा त्यहाँका बासिन्दाहरूबिच आपसी सद्भाव कायम गर्न सघाउ पु¥याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको वडा कार्यालय स्रोतले जनाएको छ ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले तुमचो दुगुरे क्षेत्रमा सरकारी कार्यालय, विद्यालय कलेज र अस्पतालसमेत रहेको हुँदा स्थानीय बासिन्दा र विभिन्न उद्देश्यले अस्थायी बसोबास गर्न आएका जनताबिच आपसी सद्भाव कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्वबोध गराउन नैतिक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउँदै कानुनले अपराध मानी निषेध गरिएका गतिविधिहरू नगर्न र नगराउन टोलवासीहरू सचेत हुनुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले भक्तपुरमा रातको समयमा घरको मूल ढोकाको चुकुल चोरी गर्ने, बालबालिकाहरूलाई ललाइफकाइ सुनका गहना लुट्ने, सडकमा रहेका फलामका सामग्रीहरू चोर्ने तथा सडक दुर्घटनाहरूको सङ्ख्या बढिरहेको चर्चा गर्दै अपराधका घटनाहरूबारे समयमै सूचना दिन सबैमा अनुरोध गर्नुभयो । लागूपदार्थ दुव्र्यसनी, ग्याङ फाइट, देह व्यापारजस्ता घटनाको उजुरी पनि आइरहेको उल्लेख गर्दै उहाँले विद्यालयलक्षित सचेतना कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्वले अपराधबाट समाजलाई सुरक्षित राख्न सडक बत्ती, ट्राफिक व्यवस्थापन र सीसी क्यामरा जडानलगायतका कार्यहरू गर्दै आएको बताउनुभयो ।
Leave a Reply