रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
भक्तपुर, १ जेठ । बौद्ध दर्शन अध्ययन, समाजको सहयोगार्थ प्रकाशित बौद्ध साहित्यिक पत्रिका ‘अर्हत्’ त्रैमासिकबारे ख्वपको पहिचान विषयका शिक्षकहरूमाझ आइतबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्राध्यापक समाज नेपालका अध्यक्ष सरोजराज गोसाईंले कुनै कुरालाई अन्धसमर्थन र अन्धविरोध नगरी आलोचनात्मक चेतनाको लागि बुद्ध दर्शन अगाडि आएको बताउनुभयो ।
लोभ, तृष्णा, द्वेष र पाप नगर्ने सर्वसाधारण जनता पनि रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विश्व सर्वहारावर्गका नेता एवम् चिन्तक कार्ल माक्र्सले पँुजीवादी संस्कार, संस्कृति र उपभोक्तावादी सिद्धान्तले समाजमा दुःख देखिएको पत्ता लगाउनुभएको थियो ।”
निजी सम्पत्तिको विरोधमै बुद्ध दर्शन आएको कुरा ‘सङ्घम् शरणम् गच्छामी’ बाटै स्पष्ट हुन्छ भन्दै उहाँले बुद्धले अनुभव, व्यवहारिक शिक्षा, संवाद, क्रिया–प्रतिक्रियालाई जोड दिएको बताउनुभयो ।
समाजका सल्लाहकार रत्नसुन्दर शाक्यले पञ्चशील बौद्धहरूको मात्रै नभई समाजकै निम्ति आवश्यक भएको स्पष्ट पार्दै लोभ, मोह, द्वेषबाट मुक्त व्यक्ति नै ‘अर्हत्’ हो भन्नुभयो ।
उहाँले भक्तपुरमा भएको विभिन्न सम्पदाबारे जानकारी दिनुका साथै त्यसको महत्वबारे विद्यार्थीलाई शिक्षित गर्नु जरूरी छ भन्नुभयो ।
प्राध्यापक एवम् स्थानीय पाठ्यक्रम निर्माण दलका सदस्य सिद्धिरत्न शाक्यले ‘अर्हत्’ पत्रिका शिक्षामूलक लेखहरूको सँगालो भएकोले यसको निरन्तरताको कामना गर्दै यस पत्रिकाले स्थानीय पाठ्यक्रमको अध्ययन अध्यापनलाई सघाएको उल्लेख गर्नुभयो ।
स्थानीय पाठ्यक्रम निर्माण दलका अर्का सदस्य एवं शारदा मा.वि.का प्रअ रोशनराज तुईंतुईंले बौद्ध शिक्षालाई धर्मको रूपमा नभई दर्शनको रूपमा ‘अर्हत्’ ले अङ्गीकार गरेको र भौतिकवादी दर्शनको रूपमा प्रस्तुत गर्नु समय सापेक्ष रहेको बताउनुभयो ।
सरोकारवालाहरूकै सुझावअनुसार सापेक्ष पाठ्यक्रम आचरण, शील, स्वभाव, नैतिक शिक्षासम्बन्धी युनिट थपिएको उहाँले जानकारी दिनुभयो ।
शिक्षक धनेशराज राजोपाध्यायले बौद्ध शिक्षाका विभिन्न पक्षहरूबारे चर्चा गर्नुभयो ।
समाजका अध्यक्ष चन्द्रबहादुर उलकको सभापतित्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा समाजका सदस्यद्वय उद्धव सजुखु र कृष्णप्रसाद धन्छाले पनि ‘अर्हत्’ पत्रिकाको स्थानीय पाठ्यक्रमसँग अन्योन्याश्रित सम्बन्ध राख्दै आएको बताउनुभयो ।
स्मरणीय छ, भक्तपुर नगरपालिकाबाट तयार गरिएको स्थानीय पाठ्यक्रममा विशिष्ट व्यक्तित्वहरू, बौद्ध संस्थाका विभिन्न पक्ष, बहाबही, चैत्य, विहारको जानकारी, बौद्ध गरगहना, बौद्धसँग सम्बन्धित बाजा आदि समावेश गरिएको छ ।
चुडाकर्म, शुभ विवाह, भीमरथारोहण, मृत्यु संस्कार, गुँला पर्व, पञ्चदान, सम्यकदान, कठिन चिवर दान, दीपङ्कर बुद्ध, आदिपद्म महाविहार, अखण्डशीलविहार, मुनिविहार आदि पनि उल्लेख गरिएको छ ।
Leave a Reply