धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौँका प्रहरी वरिष्ठ नायव निरीक्षक ज्ञानप्रसाद पराजुली
भदौ २३ गते जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनमा म घरमै थिएँ । टेलिभिजन र मोबाइलबाट घटनाहरूको जानकारी भएको हो । भदौ २४ गते काठमाडौँ रिङ्गरोडभित्र बिहान ८ः३० बजेबाट लागू हुने गरी जिल्ला प्रशासन कार्यालयबाट जारी कफ्र्यु आदेशबारे माइकिङ गर्दै जानकारी गराएको हुँ ।
वृत्तको प्र.ना.उ.ज्यु तालिमको सिलसिलामा अमेरिकामा रहनुभएको थियो भने हामी ४५–५० जना कार्यालयमा थियौँ । हामीलाई लक्षित गरी बिहानको करिब ११ः३० बजे हाम्रो कार्यालय बाहिर करिब २०० जना प्रदर्शनकारीले नाराबाजी गर्दै ढुङ्गामुढा गरिरहेका थिए । भिड थपिँदै अनियन्त्रित हुन थालेपछि हामीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दै भिडलाई पटक पटक तितरबितर गरेका थियौँ । त्यसक्रममा उपत्यका प्रहरी कन्ट्रोल रुमको सञ्चारसेटबाट “हिरासतमा रहेका सम्पूर्ण थुनुवाहरूलाई अभिलेख राखेर छाडिदिने तथा सबै प्रहरी युनिटलाई आफू र आफ्नो हातहतियार जोगाई सुरक्षित स्थानतर्फ जाने” भन्ने आदेश (सुरक्षित स्थान कता भन्ने स्पष्ट नभएको) भएपश्चात् स्थिति असामान्य हुँदै गएको महसुस भयो । सो आदेशपश्चात् कार्यालयको हिरासतमा रहेका सम्पूर्ण थुनुवा छाडियो । थुनुवा छाड्नासाथ थुनुवाहरूसहितको आक्रोशित भिडले हाम्रो कार्यालय, सवारी साधन लक्षित गरी आगजनी गर्न थाले ।
हामीले कार्यालयमा सुरक्षित रहेका ग्यास सेलहरू फायर ग¥यौँ, ब्लांक राउन्डसमेत फायर गरियो (तर, मैले आफ्नो साथमा रहेको पेस्तोलबाट कुनै राउन्ड गोली फायर गरेको छैन) । केही प्रहरी साथीहरू सुरक्षित स्थानतर्फ गइसकेका रहेछन् । हामी करिब ३० जना प्रहरी कर्मचारी कार्यालयको पछाडि थियौँ । सोही क्रममा हामीसँगै रहेका प्र.स.नि. मिलन राय र प्र.ज. उत्तम थापालाई भिडले गेटबाट घिसार्दै सडकमा लगेर फलामका रड, धारिलो हतियार प्रयोग गरी मारेर लास सडकमै छाडेका थिए ।
हाम्रो कार्यालयमा आगजनी हुँदा हामी बाहिर निस्कन सकेनौँ । हामी कार्यालयको छतमा गई जीवनमरणको दोसाँधमा उद्धारको लागि मैले सञ्चार सेटबाट उपत्यका प्रहरी कार्यालय कन्ट्रोल रुममा वस्तुस्थितिबारे पटक पटक रिपोर्टिङ गरेको हुँ । प्रदर्शनकारीहरूले समेत प्रहरीको सञ्चारसेट लुटी सेटमा जथाभावी अश्लील शब्द बोल्न थालेपछि मैले मोबाइल नं. ९८५१०८४४२७ र ९८५१२९६८३० बाट कार्यालय प्रमुख प्र.नि. सुदर्शन पन्थी, प्र.अ.म.नि. दानबहादुर कार्की सर, प्र.ब.उ. विश्व अधिकारी (फोन नउठेको) लाई पटक पटक उद्धारको लागि रिपोर्टिङ गर्दा प्र.नि.ज्यूबाट आर्मीको डीएमओ शाखामा सम्पर्क गर्न भन्नुभएको र प्र.अ.म.नि.ज्यूबाट आर्मीसँग समन्वय गर्दै छु भन्नुभएको थियो । नेपाली सेनाको डीएमओ शाखामा करिब १५/२० पटक फोन गरी हारगुहार गरेपछि दिनको करिब १६ः३० बजे नेपाली सेनाको हेलिकप्टर आई हामीलाई कार्यालयको छतबाट ४ पटकमा २२ जनालाई उद्धार गरेको हो ।
साँझको समयमा भैरवनाथ गणमा नेपाली सेनाले एउटा लास लिई आएको र मिडियामा डीएसपीको लास रहेको भन्ने अफवाह फैलिएको रहेछ । मसमेत अन्य प्रहरी कर्मचारीले लास हेर्दा क्षतविक्षत भई अनुहारको कुनै भाग नचिनिने अवस्थामा रहेको थियो । लाशसँगै रहेको मोबाइल फोनबाट उक्त मृतक प्र.स.नि. मिलन रायको लाश रहेको सनाखत हुन आई मैले नै उक्त लास बुझी रातको करिब १०ः३० बजे नेपाल प्रहरी अस्पतालको लास घरमा राखेर फर्किएको हुँ । राति २ जना प्रहरी कर्मचारीहरू “सुरक्षित रहने क्रममा चाईनिज कल्चरल सेन्टर भवनमा हतियारसहित लुकिछिपी बसेका छौँ, उद्धार गर्नुप¥यो” भनेपछि मैले कन्ट्रोल शाखामा पीडित प्र.क.को नम्बरसहित जानकारी गराउँदा रातमा उद्धारको कार्य हुन नसकि भोलिपल्ट बिहान करिब ६ः०० बजे प्र.ब.उ. दीपशमशेर ज.ब.रा सरलाई पुनः रिपोर्टिङ गरी निजहरूलाई करिब ८ः०० बजेको समयमा हातहतियारसहित सुरक्षित रूपमा उद्धारसमेत गराएको हुँ । भोलिपल्ट भदौ २५ गते हामीलाई हाम्रो कार्यालयबाट खोजिनीति भएन, नेपाली सेनाले दिनको करिब १७ः०० बजे हामीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा लगी बुझाइदिएको हो ।
घटना वारदातपश्चात् मैले आफू र आफ्नो मातहतका कर्मचारीहरू सुरक्षित राखी हातहतियारसमेत सुरक्षित जोगाई जोखिममा रहेका अन्य प्रहरी कर्मचारीहरूलाई सुरक्षित रूपमा उद्धार गराउँदासमेत आजको दिनसम्म मलाई मेरो तत्कालीन कमाण्डर तथा विभागका अन्य कमान्डरहरूबाट कुनै सोधपुछसम्म नगरी कुनै चासो नदिएकोले मेरो कार्यक्षमताको मूल्याङ्कन नगरेको मलाई महसुस भएको छ ।
Leave a Reply