मध्यपूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वागत गरिने : इरानी विदेशमन्त्री
- जेष्ठ १, २०८३
भक्तपुर, २ जेठ । भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण च्वङा गणेशस्थान सल्लाघारीमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “खेलकुद स्वास्थ्य, मित्रता, अनुशासन र सार्वभौमिकता रक्षाको लागि हो । सार्वभौमिकता भनेको भित्री वा बाहिरी शक्तिसँग नेपाली जनता झुक्न नपर्ने अवस्था हो ।”
“कतिपय देशमा विद्यालय र कलेजको लागि पर्याप्त खेल मैदानको व्यवस्था गरिएको हुन्छ । नेपालको धेरै विद्यालय र कलेजमा पर्याप्त खेलमैदान छैन । यसकारण, नेपाली युवा–विद्यार्थीलाई खेलकुदमा लाग्ने अवसर प्राप्त भएन ।” उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मानिस श्रम गर्ने र भाषा बोल्ने हुँदा पशुसँग भिन्नता भएको हो । श्रमसँगै मानिसको मस्तिष्क थप विकास हुँदै आएको हो । मानिसले पृथ्वीको जन्म र जीव विकासबारे विज्ञानसम्मत सोचाइ राख्नु जरुरी छ । एउटा मकैको बीउबाट मकैको घोगा लागेजस्तै राम्रा खेलाडीबाट धेरै नयाँ खेलाडी तयार हुनेछ । सरकारले यही लक्ष्य अघि बढाउनु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “नयाँ पुस्ताका प्रधानमन्त्री र मन्त्री बन्नु नै पर्याप्त होइन, विचार नयाँ हुनु जरुरी छ । रास्वपा सरकारको आर्थिक र विदेश मामिलामा मौलिक भिन्नता छैन ।”
उहाँले भन्नुभयो, “रास्वपाले विधानमा शोषणरहित समाज उल्लेख गरेको छ । यसको लागि उत्पादनका साधन सामाजिक हुने तथा योग्यतानुसार काम र कामअनुसार पारिश्रमिकको व्यवस्था हुनु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “रास्वपाको निर्वाचन वाचापत्रमा आर्थिक उदारीकरण उल्लेख छ । यसको अर्थ सार्वजनिक संस्थान निजीकरण गर्ने, विदेशी पुँजी र ऋण ल्याउने र अन्ततः देशलाई नवउपनिवेश बनाउने हो ।”
उहाँले भन्नुभयो, “रास्वपा सरकारको पौने दुई महिनायता असी हजार युवालाई वैदेशिक रोजगारीमा पठाइयो, इन्धनको मूल्य चारपटक बढ्यो, विदेशी ऋण ८० अर्बले बढ्यो । यसकारण, रास्वपा सरकारबाट देश र जनताको निःस्वार्थ सेवा हुने अवस्था छैन ।”
कार्यक्रममा भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले जिल्ला बक्सिङ सङ्घले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको खेलकुद विकासमा छलफल गरिरहेको सकारात्मक भएको बताउँदै राज्यले विभेद खेलाडी प्रवद्र्धन गर्न खेलाडीको सीपअनुसारको रोजगार दिनुपर्ने बताउनुभयो ।
उहाँले खेलकुद मौलिक हकमा राखी सबैले खेल्न सक्ने बनाउनुपर्छ भन्नुभयो । उहाँले खेलकुद विश्वविद्यालय नभएसम्म खेलाडीको शैक्षिक क्षेत्र अगाडि नबढ्ने बताउँदै खेल विज्ञान आवश्यकतामा जोड दिनुभयो । उहाँले खेलकुदमा भएको खिचलोको कारण सङ्घ र खेलाडी उत्साहित नहुँदा नेपालमा खेलको स्तर खस्कँदै गएको बताउनुभयो । उहाँले सङ्घ र प्रदेशका साथै जिल्ला सङ्घहरूले वार्षिक कार्यतालिका बनाई खेलकुद गतिविधि अगाडि बढाउनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारी, कोषाध्यक्ष गौतम सुजखु, बाग्मती प्रदेश बक्सिङ सङ्घका अध्यक्ष रामचन्द्र थापामगरले पनि बोल्नुभएको थियो । नेपाल बक्सिङ महासङ्घका सचिव पुष्करराज पन्तले नवनिर्वाचित भक्तपुर जिल्ला कार्यसमितिलाई शपथग्रहण गराउनुभयो ।
वरिष्ठ उपाध्यक्ष सुरज ग्वाछा र सचिव साजन लघुले पनि बोल्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष राजन कुम्पाखले गीत प्रस्तुत गर्नुभएको थियो ।
भक्तपुर बक्सिङ सङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण भएको थियो ।
Leave a Reply