भर्खरै :

आज फुटसलको सेमिफाइनल खेल हुने

आज फुटसलको सेमिफाइनल खेल हुने

भक्तपुर, १३ जेठ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सञ्चालन भइरहेको अन्तर वडाव्यापी फुटसल प्रतियोगिता बुधबारबाट लिग चरणको अन्तिम खेलहरु सम्पन्न भएका छन् ।
एएफसी रेफ्री इन्स्कटचर सुरज सायमी मानन्धरले नेपालमा अन्तर्राष्ट्रिय फुटसलको नियमअनुसार खेल खेलाईएको जानकारी दिँदै पहिलो राष्ट्रिय फुटसल लिग प्रतियोगिता पोखरामा, दोस्रो काठमाडौँमा अन्तर कलेज फुटसल च्याम्पियनसिप तथा तेस्रोपटक भक्तपुर युवा टिमको आयोजना भइरहेको बताउनुभयो ।
उहाँले खेल अवधिमा पहिलो हाफ १० मिनेटको ब्रेक, दोस्रो साढेसात मिनेटको ब्रेक तेस्रो दोस्रो हाफमा १० मिनेट ब्रेक हुने जानकारी दिँदै ६ फलमा १ पेनाल्टी, हरेक टिमले खेल अवधिमा १ पटक मात्र ब्रेक वा टाइम आउट गर्न पाइने बताउनुभयो ।
लिग चरणको अन्तिम दिनको पहिलो खेल ग्रुप ए बाट वडा ७ को विरुद्ध वडा १ को खेलमा खेलिरहेको टिमअन्तर्गत खेलको सातौं दिनसम्म आइपुग्दा ग्रुप ए को वडा नं ७ को ९ अङ्क र वडा नं १ को ३ अङ्कसहित खेलिएको पहिलो हाफमा वडा नं ७ ले ३ गोल तथा वडा नं १ को १ गोल तथा दोस्रो हाफमा वडा नं १ ले २ गोल गरी बराबरी गरेका थिए ।
लिग चरणको अन्तिम दिनको दोस्रो खेल ग्रुप ‘बी’ बाट वडा ३ विरुद्ध वडा ४ को खेलमा खेलिरहेको टिमअन्तर्गत खेलको सातौं दिनसम्म आइपुग्दा ग्रुप ‘ए’ को वडा नं ३ ले ३ अङ्क र वडा नं ४ ले कुनै अङ्क पाएका छैनन् ।
आज बिहीबार सेमिफाइनल खेल वडा नं २ को विरुद्ध वडा नं ७ बेलुका ६ बजे, वडा नं ८ को विरुद्ध तथा वडा नं ९ सेमिफाइनलको खेल बेलुकी ७ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *