भर्खरै :

भक्तपुर दरबार परिसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रम

भक्तपुर दरबार परिसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रम

भक्तपुर, १३ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागको आयोजनामा भक्तपुर दरबार परिसरमा भएको ‘टिकट प्रदर्शनी कार्यक्रम’ को उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले हुलाक टिकटको महत्व नयाँ पुस्ता र आम जनस्तरसम्म पु¥याउन यस्ता कार्यक्रम आवश्यक भएको उल्लेख गर्दै हुलाक टिकट पनि राष्ट्रको महत्वपूर्ण सम्पदा भएको उल्लेख गर्नुभयो ।
हुलाक टिकटले देशको इतिहास, संस्कृति, कला र पहिचान झल्काउने विचार व्यक्त गर्दै उहाँले यस्ता प्रदर्शनीले हुलाक सेवाको ऐतिहासिक यात्रा र विकासलाई जनमानससम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का र हुलाक सेवा विभागका प्रतिनिधिहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिलगायतका अतिथिहरूले टिकट प्रदर्शनीको अवलोकन गर्नुभयो । उक्त प्रदर्शनीमा पुराना तथा दुर्लभ हुलाक टिकटहरू प्रदर्शनमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *