भर्खरै :

शारदा माविमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

शारदा माविमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा यालाछेँ २ स्थित शारदा माध्यमिक विद्यालयको आयोजना र काठमाडौँ मेडिकल हस्पिटल दुवाकोट तथा विद्यालय नर्सको प्राविधिक सहयोगमा शुक्रबार भएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्यालयको प्राङ्गणमा भएको उक्त शिविरमा अभिभावक, विद्यार्थी, शिक्षक, पत्रकारलगायत सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।
उक्त शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया (सर्जरी), हाड जोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग, ईसीजी, भिडियो एक्सरे, ल्याव टेस्टलगायतका १२ भन्दा बढी स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो ।
शिविरमा ३६० जना विभिन्न रोगका बिरामीहरूले निःशुल्क उपचार सेवा प्राप्त गरेको आयोजक विद्यालयका प्रधानाध्यापक रोशनराज तुइतुईले जानकारी गराउनुभएको छ ।
शिविरमार्फत साधारण प्रकारका बिरामीका लागि निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा उपचार हुन नसकेका बिरामीका लागि न्यून शुल्कमा सोही हस्पिटलमा उपचार गर्ने व्यवस्था भएको पनि जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *