पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
भक्तपुर, १५ जेठ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दुईदिने साकोस व्यवस्थापन तालिम सिद्धि गणेश तालिम, खँचामा शुक्रबार शुभारम्भ भयो ।
तालिममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले नीति र नियममा बचत तथा ऋण सहकारी संस्थाले कृषि कार्य गर्न नहुने उल्लेख गरिएको हुनाले कृषि कार्य गर्न सिद्धि कृषि सहकारी संस्थाको स्थापना संस्थाको अगुवाइमा भएको बताउनुभयो ।
उहाँले सिकाइ एक निरन्तर प्रक्रिया रहेको बताउँदै संस्थाले नियमित अध्ययन अवलोकन भ्रमण गर्दै आएको बताउनुभयो । समुदायमा आधारित समुदायको बिच कार्य गर्दै आएको बताउँदै अध्यक्ष लाखाले सहकारी स्थापना भएको दुई वर्षमा नै नमुना सहकारी घोषणा गरिएकोले सहकारीलाई अगाडि बढाउने हौसला मिलेको बताउनुभयो ।
तालिमको दोस्रो सेसनमा संस्थाका सञ्चालक सदस्य राजन लाखाजुले सहकारी संस्थाका सञ्चालक सदस्यमा हुनुपर्ने महत्वपूर्ण सीप र ज्ञान तथा परिवर्तनशील नेतृत्वको क्षमताबारे प्रकाश पार्नुभयो ।
उहाँले संस्था व्यक्तिले नभई नीतिले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै संस्थामा नीतिभन्दा व्यक्ति हाबी हुँदा संस्था समस्यामा पर्ने बताउनुभयो ।
तालिमको तेस्रो सेसनमा संस्थाका व्यवस्थापक शिला गोसाईले मानिस स्वस्थ भए नभएको पहिचान गर्न विभिन्न चिकित्सा परीक्षण गर्नुपर्छ भने झैँ संस्था स्वस्थ भए नभएको पहिचान गर्ने व्यवस्थापकीय औजारको रूपमा एभ्ब्च्ीक् प्रणाली रहेको बताउँदै एभ्ब्च्ीक् अनुगमन प्रणालीका सूचाङ्कबारे जानकारी गर्नुभयो ।
Leave a Reply