भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा लिबालीको ख्वप्रिङ स्कूलमा भएको आगलागी निरीक्षण

नगर प्रमुख प्रजापतिद्वारा लिबालीको ख्वप्रिङ स्कूलमा भएको आगलागी निरीक्षण

भक्तपुर, २१ जेठ । भक्तपुरको लिबालीस्थित ख्वप्रिङ एकेडेमी इङलिश स्कूलमा हिजो राति करिब १२ः३० बजेतिर आगलागी भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार बिहान आगलागी स्थलमा निरीक्षण गर्नुभयो ।
बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने आकलन गर्दै विद्यालयका प्रिन्सिपल विनोद प्रजापतिले आगलागीबाट करिब रु. पचास लाख बराबरको क्षति भएको हुनसक्ने जानकारी गराउनुभयो । आगलागीका कारण दुईतले भवनको माथिल्लो तलामा ठुलो क्षति पुगेको थियो ।
आगोले दोस्रो तलाको सबै कक्षाकोठाहरू जलेर पूर्णरूपमा नष्ट भएको विद्यालयका प्रधानाध्यापक प्रजापतिले जानकारी दिनुभयो ।
बिजुलीको तार सर्ट भएर सुरु भएको आगो स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीमा कुनै मानवीय क्षति नभएको बताइएको छ । आगलागी भएको क्षेत्रमा विद्यालयका शिक्षक र कर्मचारीहरूको सक्रिय सहभागितामा सरसफाइ कार्य गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *