भर्खरै :

कविता वाचन प्रतियोगिता सम्पन्न

कविता वाचन प्रतियोगिता सम्पन्न

भक्तपुर, ७ भदौ । भक्तपुर नगरपालिका वडा नं. ९ मा सञ्चालित तीन वटा सामुदायिक विद्यालय वागीश्वरी माध्यमिक विद्यालय, सरस्वती विद्यागृह मा.वि. र दत्तात्रय आधारभूत विद्यालयमा अध्ययनरत आधारभूत तह कक्षा (६–८) का विद्यार्थीहरूबिच छात्र र छात्रा समुहमा छुट्टाछुट्टै कवितावाचन प्रतियोगिता सम्पन्न भयो ।
दत्तात्रय आधारभूत विद्यालयको आयोजनामा भएको उक्त प्रतियोगितामा तीन वटा विद्यालयका १२ जना विद्यार्थी सहभागी थिए । भ.न.पा. वडा नं. ९ मा रहेका विद्यालयहरूको समन्वयका संयोजक ज्ञानसागर प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा दत्तात्रय आ.वि.का प्र.अ. सज्जन प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो । बधाई तथा शुभकामना वागीश्वरी मा.वि.का प्र.अ. कृष्णप्रसाद कर्माचार्य तथा सरस्वती विद्यागृह मा.वि.का प्र.अ गणुराज राईले दिनुभएको थियो । प्रतियोगिताको निर्णायकमा लक्ष्मीसुन्दर कर्माचार्य र रूपकेशरी उलक रहनुभएको थियो ।
कविता वाचन प्रतियोगितामा छात्रातर्फ वागीश्वरी मा.वि.की बिन्दु बोहरा प्रथम, दत्तात्रय आ.वि.की सोफी थिङ द्वितीय र सरस्वती विद्यागृह मा.वि.की सन्ध्या उपाध्याय तृतीय भएका थिए । छात्र समूहतर्फ वागीश्वरी मा.वि.का सृजन दुवाल प्रथम, दत्तात्रय आ.वि.का सागर नेपाली द्वितीय र सरस्वती विद्यागृह मा.वि.का जेनिस खड्का तृतीय भएका थिए । सो कार्यक्रम दत्तात्रय आ.वि.का शिक्षक कुमारप्रसाद गौतमले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *