भर्खरै :

आइतबारे बिदा

  • जेष्ठ २२, २०८३
  • राजेन्द्र हाडा
  • विचार
आइतबारे बिदा

जेन–जी आन्दोलनपछि गठन भएको लगभग दुईतिहाइको सरकारले १०० दिनभित्र गर्ने कार्य सूची सार्वजनिक गर्दै एकपछि अर्को निर्णयहरू ग¥यो । सरकारले सार्वजनिक संस्थाहरूमा राजनीतिक नियुक्ति खारेजी, मन्त्रालयको कटौती, २०६० यता सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने, सहकारी पीडितहरूको बचत फिर्ता गर्ने तथा सरकारी र सार्वजनिक संस्थाहरूमा हप्ताको दुई दिन शनिबार र आइतबार बिदा गर्ने नीति ल्यायो ।
बालेन कामनपाको मेयर हुँदा उनले बुक फ्रि डेको नीति ल्याएर विद्यार्थीलाई नपढाइ अन्य क्रियाकलापमा प्रयोग गर्ने गरी परीक्षणहरू गरेका थिए । सरकारी विद्यालयमा दुई दिन बिदा दिने निर्णय अरु निर्णयजस्तै विवादमुक्त हुन सकेन ।
१–१२ कक्षासम्मको विद्यालय शिक्षा सङ्घीय संविधानअनुसार स्थानिय तहको मातहतमा राखिएको छ । स्थानीय तह स्वायत्त रूपमा सञ्चालन हुने संस्था हो । यसले आफैले आफ्नो क्षेत्रका लागि आवश्यक ऐन–कानुनहरू निर्माण गर्न सक्छ ।
विद्यालयमा दुईदिने बिदा दिने निर्णयको केही स्थानीय सरकारहरूले आइतबार साबिकजस्तै कक्षा सञ्चालन नियमित राख्नेमा भक्तपुर नगरपालिका पहिलोमा आउँछ । यसैको सिको गर्दै अहिले काठमाडौँ उपत्यका मेयर फोरमले पनि दुई दिन बिदाको विरोधमा आवाज उठायो । त्यसको एक–दुई दिनपछि नै सङ्घीय सरकारले दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने सबैलाई कारबाही गर्ने कडा चेतावनी जारी गरेको छ । यसले सरकार र स्थानीय तहबिच घम्साघम्सीको स्थिति सिर्जना ग¥यो । भक्तपुरमै पनि यसबारे दुई धार देखाप¥यो । एक–दुई स्कूलका प्राचार्यहरूले मसिनो स्वरमा विरोधका आवाज राख्न थालेका छन् ।
शैक्षिक विकासमा भक्तपुरको आफ्नो छुट्टै पहिचान छ । भक्तपुरले शिक्षालाई विशेष महत्व दिएको छ । जनयुद्ध वा अन्य किसिमको जनआन्दोलनहरूमा पनि नगरको शैक्षिक गतिविधिलाई सुचारु नै राखेका थिए । विभिन्न आन्दोलनताका आह्वान हुने उपत्यका बन्द, नेपाल बन्दको बेला पनि विद्यालयहरू सुचारु नै राखे । यसको उद्देश्य नै तल्लो स्तरका जनताका छोराछोरीको शिक्षाको अधिकारस्तरलाई कायम गर्ने योजनाबाट वञ्चित नहोस् भन्ने हो । धनीमानीका छोराहरू त विदेशमै गएर पनि पढाइ चालू राखेको हुन्छ ।
संसारमा अन्य देशतिर हेर्ने हो भन्ने पनि कोरिया, भियतनाम, चीन आदि देशहरूमा युद्धको बेलामा पनि विद्यालयको पढाइ सुचारु रहेको बताइन्छ । भलै कक्षा चौरमै किन नहोस् ।
बिदाबारे
शनिबार/आइतबार बिदा दिने चलन नेपालमा भन्दा बढी युरोप, अमेरिकातिर चलन चल्तीमा छ । नेपालमा पहिले पनि शनिबार/आइतबार बिदा दिने चलन सुरु गरिसकेको थियो । तर, पछि सरकार आफैले फिर्ता लियो । हप्ताको दुई दिन बिदा दिने देशहरूमा विद्यालय पढाइ हुने दिन यसप्रकार छ –
यसमा आइतबार ५२ दिन बिदा पनि थप गर्दा जम्मा १३७ मात्र पढाइ हुने देखिएको छ । यसमा स्कूलमा हुने विभिन्न किसिमको कार्यक्रमको तयारीका लागि पढाइ नहुने दिन सामेल नै गरिएको छैन । तसर्थ, अन्य देशको तुलनामा विभिन्न बिदाका दिनहरू धेरै भएको कारण नेपालका लागि आइतबार थप बिदा दिनु कुनै पनि कोणबाट उपयुक्त छैन ।
फेरि आजकल केटाकेटीहरू पढात्न्दा अन्य गतिविधिमा बढी केन्द्रित हुँदै गएको छ । केटाकेटीदेखि नै मोबाइलको लत बढी देखिएको छ । जसलाई छुटाउन अभिभावकलाई हम्मे हम्मे परेको छ । फेरि सरकारी स्कूलमा पढ्ने अधिकांश विद्यार्थीहरूको घरमा पढ्ने वातावरण नै छैन । अभिभावकहरूकै आग्रहमा भक्तपुरका कतिपय स्कूलहरूले स्कूल समयबाहेक पनि छुट्टै १–२ घण्टा स्कूलमै गृहकार्य आदि गराएर मात्र घर पठाउने गरेको पाइन्छ ।
सरकारी सार्वजनिक स्कूलहरूमा पढाइको दिन घट्नु भनेको गरिबका छोराछोरी पढाइमा कमजोर गर्ने र पछि पार्ने नीति हो । अहिले पनि हुने खाने वर्गका छोराछोरीहरू निजी विद्यालयमा आइतबार पनि पढ्दै छन् ।
यस मानेमा आइतबारको थप बिदा कडाइका साथ लागू गर्नुभन्दा पनि हटाउनु नै बेस हो । आइतबार बिदा दिन कडाइ गर्नु भन्ने शिक्षा स्तर घटाउने गरिबमारा नीति नै हो । राष्ट्रघात गर्नु नै हो । जनताको पढ्न पाउने मौलिक हकको उल्लङ्घन हो । समयमै यस्ता नीतिहरू सच्याउनु बुद्धिमानी हुनेछ ।
आन्दोलनको उग्र रूप भारत र अमेरिकाको सहयोगबिना हुनै नसक्ने भन्ने कुरा विभिन्न सञ्चारमाध्यमहरूले प्रकाश पारिसकेका छन् । यसकारण, वर्तमान बालेन सरकार पनि तिनै शक्तिहरूको दृश्य र अदृश्य सहयोगकै फल हो । देशमा भद्रगोल मचाउनकै लागि बालेन सरकार गठन भएको भन्ने मत चिर्नका लागि पनि यस्ता देशघाती गरिबमारा निर्णयहरू सच्याउनुपर्ने व्यापक जनताको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *