मध्यपुर बोडेमा सातदिने स्थलगत चित्रकला कार्यशाला सुरु
- जेष्ठ २३, २०८३
भक्तपुर, २३ जेठ । नेपाल – रुस साहित्य समाज र रुसी भवन काठमाडाँैको आयोजनामा विश्वविख्यात रुसी कवि, नाटककार र उपन्यासकार अलेक्सान्दर पुस्किनको २२७ औँँ जयन्ती आयोजना गरियो । उक्त दिन रूसी भाषा दिवसको रूपमा पनि मनाइन्छ ।
कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा सम्पन्न कार्यक्रमको सुरु रुसी सांस्कृतिक केन्द्रको परिसरमा अवस्थित पुस्किनको सालिकमा माल्यार्पणबाट भयो । त्यसपछि लब्बीमा ‘पुस्किन एन्ड हिज टेल्स’ नामक फोटो प्रदर्शनीको उद्घाटन भयो । नेपाल–रुस साहित्य समाजका अध्यक्ष ई. विष्णुबहादुर सिंहको सभापतित्वमा सम्पन्न उक्त काव्यिक साँझको सञ्चालन नेरुसासका महासचिव ई. रामबिन्दु श्रेष्ठले गर्नुभएको थियो । अतिथिहरूको स्वागत गर्दै श्रेष्ठले साहित्यले भिन्न देश, भिन्न भूगोल र संस्कृतिलाई जोड्छ† त्यसैले हामीले पुस्किनलाई चिन्यौं भन्नुभयो ।
कार्यक्रममा पुस्किनबारे परिचय दिँदै रुसी भाषा शिक्षक ई. सुशील सिग्देलले रुसी भाषाको विशेषता, प्रचलित रोचक तथ्यहरू र त्यसको विश्वव्यापी महत्व प्रस्तुत गर्नुभयो । उहाँले अन्तरिक्षमा यात्रा गर्नेे रुसी भाषाको जानकारी हुनुपर्ने कुरा बताउनुभयो ।
रुसी लेखक सङ्घका सदस्यहरूले मस्कोबाट पठाएको शुभकामना सन्देश वाचन गर्नुभएको थियो ।
काव्यिक साँझमा स्रस्टाहरूले रुसी तथा नेपाली भाषामा पुस्किनका र मौलिक कविताहरू वाचन गर्नुभयो । सहनिर्देशक साकानुश भान्यान, रुसी भाषा शिक्षिका सायरा शाह, रुसी दूतावासका उपप्रमुख रेन्चेन रक्षात्, रुसी भाषा शिक्षक सुशील सिग्देल, इ. अमोदमणि दीक्षित, इ. किरण दर्नालले रुसी र नेपालीमा, कवि कवयित्रीहरू विमला तुम्खेवा, लक्ष्मी थापा, केशव राज विष्ट, राधिका गुरागाईं, रश्मी रिमाल, चेतन बस्नेत ठूलाघरे, कृष्ण पौडेलहरूले नेपालीमा कविता वाचन गर्नुभयो ।
रसियन हाउसकी सायरा शाहले मिखाइल लेर्मन्टोभको पुस्किनप्रति समर्पित कविता ‘द डेथ अफ द पोएट’ वाचन गर्नुभयो ।
कार्यक्रमको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. सुशीलबहादुर बज्राचार्यले मानवीय मूल्यमान्यता र सांस्कृतिक पहिचानको संरक्षणमा साहित्यको भूमिका हुन्छ भन्नुभयो । रूसमा आफ्नो अध्ययनकालको सम्झना गर्दै उहाँले रूसी साहित्यले कसरी आफ्नो बौद्धिक विकासलाई आकार दियो भन्ने कुरा उल्लेख गर्नुभयो ।
नेपालस्थित रुसी दूतावासका काउन्सिलर–मन्त्री रिन्चेन राक्षेभले पुस्किनको साहित्यिक विरासतलाई रूसी भाषा र संस्कृतिको प्रतीकको रूपमा प्रस्तुत गर्नुभयो । रूसीहरूका लागि पुस्किन रूसी संस्कृतिको जग हुन्, उहाँले भन्नुभयो ।
नेपाल –रूस साहित्य समाजका उपाध्यक्ष चन्द्रकान्त आचार्यद्वारा लिखित ‘खुसीका पलहरू’ संस्मरण कृतिको विमोचन गरियो । यो पुस्तक लेखकको जीवन मार्ग, नेपाल र रूसमा अध्ययन गर्दाका चुनौती र त्यस समयको सामाजिक, आर्थिक, सांस्कृतिक र पारिवारिक परिस्थितिहरूको वर्णन गर्ने संस्मरण हो ।
नेपाल–रूस साहित्य समाजका अध्यक्ष विष्णुबहादुर सिंहको ‘अलेक्सान्डर सर्गेइभिच पुस्किनको अमर विरासत र रूसी भाषा दिवस मनाउनु नेपाल र रूसबिचको दिगो साहित्यिक तथा सांस्कृतिक सम्बन्धको निरन्तरताको अवयव हो’ भन्ने मन्तव्यसँगै काव्यिक साँझको समापन भयो ।
विभिन्न क्षेत्रमा कार्यरत लेखक, कलाकार, अनुवादक, कूटनीतिज्ञ, पत्रकार र साहित्यकारहरूको जमघटले कार्यक्रम भव्य र सभ्य भएको थियो ।
Leave a Reply