“अपराधमा महिला” विषयमा दोस्रो राष्ट्रिय सम्मेलन उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण भए अपराध घट्दै जाने
- जेष्ठ २३, २०८३
भक्तपुर, २५ जेठ । ‘चार वर्षमा चार सीप’ प्रदान गर्ने नीतिअन्तर्गत वागीश्वरी कलेजमा स्नातक तह बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीमा व्यवसायिक सीप अभिवृद्धिका लागि सञ्चालित 3 credit (50 Hours) Non-Credit Course Excel and Tally Bootcamp सम्बन्धी तालिम सोमबार सम्पन्न भयो ।
कलेजमा आयोजित सीप विकास तालिम समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षालाई सीपसँग जोड्न सके बेरोजगारी दर घट्ने बताउँदै हरेक व्यक्तिसँग शिक्षा र सीप भए आत्मनिर्भर बन्न सकिने धारणा राख्नुभयो ।
वागीश्वरी कलेजले स्तरीय शिक्षासँगै अनुशासित, देशभक्त, आत्मनिर्भर तथा स्वाभिमानी नागरिक उत्पादन गर्ने उद्देश्यका साथ शिक्षालाई उत्पादनमूलक श्रम र सीपसँग जोडेर अघि बढिरहेको उल्लेख गर्दै उहाँले सीपले जीविकोपार्जन गर्न सहयोग पुग्ने बताउनुभयो ।
केही कलेजहरू विदेशी श्रम बजारका लागि सस्तो जनशक्ति उत्पादन गर्ने कारखानाजस्तो बनेकोमा चिन्ता व्यक्त गर्दै उहाँले वागीश्वरी कलेजले त्यस्तो प्रवृत्तिविपरीत काम गरिरहेको बताउनुभयो ।
देश विदेशको वर्तमान राजनीतिक प्रसङ्गमा प्रमुख प्रजापतिले फागुन २१ गतेको निर्वाचनपछि बनेको नयाँ सरकारका सरकार प्रमुख संसद्प्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।
महाकाली, कोसी, गण्डक तथा कर्णालीलगायत जलस्रोत तथा सीमासम्बन्धी विषयमा नेपालले दृढ अडान लिनुपर्ने भनाइ व्यक्त गर्दै उहाँले संसद्जस्तो गरिमामय स्थानबाट नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनु भारतसामु लम्पसार पर्ने र आत्मसमर्पण गर्ने प्रवृत्ति हो भन्नुभयो ।
उहाँले सिक्किमको इतिहासबाट पनि नेपालले शिक्षा लिनुपर्ने उल्लेख गर्दै राष्ट्रिय हित र सार्वभौमिकताको संरक्षणमा सबै नागरिक सचेत रहनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले तालिममा विद्यार्थीलाई उत्कृष्ट ज्ञान तथा सीप प्रदान गर्नुहुने स्रोतव्यक्ति नवीन प्रजापतिलाई विशेष धन्यवाद व्यक्त गर्दै तालिम सफलतापूर्वक पूरा गरी प्रमाणपत्र प्राप्त सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको लागि शुभकामना दिनुभयो ।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यले वागीश्वरीले सहकार्य र समन्वयमा आफ्ना कार्यक्रमहरू अगाडि बढाउँदै आएको विचार व्यक्त गर्दै विद्यार्थीले प्राप्त गरेको सीप प्रयोग गरी उज्ज्वल भविष्य निर्माण गर्न सकोस्
भनी शुभकामना दिनुभयो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले नन क्रेडिट कोर्समार्फत दिइने सीपले विद्यार्थीहरूमा क्षमता अभिवृद्धि गर्ने र रोजगारमा संलग्न हुने भएकोले यस्ता कक्षाहरूको निरन्तरतामा जोड दिनुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजको मानविकी सङ्काय इन्चार्ज राजन फेलु, शिक्षिका अविना श्रेष्ठ र प्रशिक्षार्थी राज कुस्माले पनि तालिमको औचित्यबारे प्रकाश पार्नुभयो ।
Leave a Reply