अध्ययन र अनुभवबिनाका सरकारका पदाधिकारीहरूका हरेक काम दोषपूर्ण हुने
- जेष्ठ २७, २०८३
प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी नायव निरीक्षक रोशन चन्द :
अ.अ. शाखामा कार्यरत भएकोले २०८२ भदौ २३ गते म कार्यालयमा स्टेन्डबाई थिएँ। २०८२ भदौ २४ गते अन्दाजी ११ः३० बजे यस कार्यालयको वडा क्षेत्रमा रहेका भीआईपीहरूको घरमा तोडफोड तथा आगजनी भएको सूचना आयो । त्यसपछि जु.प्र.अ. को कमान्डमा १० जनाको टोली सितापाइला चोकमा खटियो । अ.१२ः१५ बजे सुरुमा केही मानिसको भिड आएर यस कार्यालयका प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दै आक्रमण गरे । सो समयमा प्रहरी र केही स्थानीयले सम्झाइबुझाइ आक्रमण रोक्न लगाइएको थियो । बिस्तारै प्रदर्शनकारीहरूको समूह बढेपछि स्थिति झन् आक्रामक र भयावह बन्दै गयो । सोमध्ये केही व्यक्तिले रड, खुकुरी, लाठी, ढुङ्गामुढा, पेट्रोल भरेका बोतलसमेत बोकी हिँडेका देखिन्थे ।
अन्दाजि १४ः३० बजे प्र.नि.ज्यूले “लात् राउन्ड हान्नु हुँदैन, मानिसको ज्यानभन्दा कार्यालय ठुलो होइन” भन्ने आदेश दिएपछि मानवीय क्षति नहोस् भन्ने उद्देश्यले कार्यालयमा रहेका हातहतियार र महत्वपूर्ण सामग्रीहरूसमेत लिई सुरक्षित स्थानतर्फ जाने सल्लाह गरेका हौँ । प्रदर्शनकारीहरूले गरेको तोडफोड तथा आगजनीबाट यस कार्यालयको भवन, सवारी साधन, हातहतियार, मिसिललगायतका जिन्सी सामान र कर्मचारीका व्यक्तिगत लुगासमेत जली पूर्णरूपमा नष्ट भएको ठीक साँचो हो ।
प्रहरी वृत्त मालिगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउत :
अ.अ. शाखामा कार्यरत भएकोले २०८२ भदौ २३ गते कार्यालयमा स्टेन्डबाई थिएँ । २०८२ भदौ २४ गते अन्दाजी ११ः३० बजे यस कार्यालयको वडा क्षेत्रमा रहेका प्रहरी बिट र भीआईपीहरूको घरमा तोडफोड तथा आगजनी भएको सूचना आयो । अ.०१ः१५ बजे २/३ सय मानिसहरूको भिड बिस्तारै बढ्दै गएपछि स्थिति झन् आक्रामक र भयावह बन्दै गयो । सोमध्ये केही व्यक्तिले रड, खुकुरी, लाठी, ढुङ्गामुढा, पेट्रोल भरेका बोतलसमेतले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरी आक्रमण गर्न थाले । उक्त भिडलाई ३/४ पटकसम्म भगाउन सफल भएको कारण कार्यालयमा कुनै क्षति भएन । हाम्रो टोलीबाट कानुनबमोजिमको आदेशानुसार भिड नियन्त्रणमा प्रयोग हुने अश्रुग्यास सेल र सर्टगनको रबर कार्टिज, हवाईफायर गर्न लात् बुलेटमात्र प्रयोग भएको हो । सोबाट कुनै पनि प्रदर्शनकारी घाइते नभएको र मानवीय क्षतिसमेत नभएको ठीक साँचो हो ।
प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी सहायक निरीक्षक राजन कार्की :
म २०८२ भदौ २३ गते कार्यालयको नियमित ड्युटीमा थिएँ। भदौ २४ गते बिहानै आन्दोलनकारीहरू नारा–जुलुस र होहल्ला गरिरहेका थिए । त्यतिबेलासम्म हामीले शान्तिपूर्ण आन्दोलन हो भनी सम्झेका थियौँ । यसकारण, प्रहरीको तर्फबाट आन्दोलनमा कुनै किसिमको बाधा पु¥याउने काम भएन । करिब ११ः०० बजेदेखि ६÷७ हजार आन्दोलनकारीहरूले हात–हातमा खुकुरी, फलामका रड, गुलेली, काठको चिरपट, बाँसका लट्ठी र पेट्रोल बमसमेतले प्रहरी कार्यालयलाई निशाना बनाई ढुङगामुढा गर्न थाले । आन्दोलकारीहरूबाट प्रहार गरिएको ढुङ्गामुढा, पेट्रोल बम छेक्दै प्रहरीले कार्यालयको सुरक्षा गरिरहेको थियो ।
प्रहरीको तर्फबाट आन्दोलनकारीहरूलाई पछि हट्न अश्रुग्यास प्रयोग गरेता पनि आन्दोलनकारीको ठुलो सङ्ख्याले प्रहरीमाथि ढुङगामुढा र अन्य हातहतियारले प्रहार गरीरहेको थियो । त्यसपछि जेनजी आन्दोलनकारीहरूले कार्यालय अगाडिको तारबार र मुख्य प्रवेशद्वारलगायत पछाडिको वालसमेत तोडेर कार्यालय परिसरभित्र प्रवेश गरी सवारी साधन तथा कार्यालय भवनमा आगजनी र तोडफोड गरे । साथै कार्यालयमा रहेका प्रहरीको १३ नाल हातहतियार तथा गोली गठ्ठाहरूसमेत लुटे । कार्यालयमा रहेका मिसिल, कागजपत्र, फाइलहरू र फर्निचरका सामान झ्यालढोकामा समेत तोडफोड तथा आगजनी गरे । मलगायत ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूले उक्त भिडलाई कन्ट्रोल गर्न सक्ने अवस्था नदेखिएपछि कार्यालयको पछाडिको वाल भत्काई पशुपति मन्दिरतर्फ लाग्यौँ । उक्त स्थानमा समेत सुरक्षित महसुस नभएपश्चात् पुनः का.जि.सिनामङ्गलस्थित एयरपोर्टमा रहेको नेपाल आर्मीको सुरक्षा घेराभित्र प्रवेश गरेका थियौँ ।
भदौ २४ गतेका दिन प्रहरीको तर्फबाट आन्दोलनकारीहरूलाई कुनै रोकछेक/बाधा नगर्दा पनि आन्दोलकारीहरूले निशाना बनाई प्रहरी कार्यालयमा आगजनी र ड्युटीमा खटिएका प्रहरीलाई ढुङ्गामुढा गरी घाइते बनाएको हुँदा आन्दोलनकारीहरूलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्छ ।
Leave a Reply