जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप — २५
- जेष्ठ ३०, २०८३
(एक विद्यार्थीको प्यारोडी अकाउन्टले भारतको सबैभन्दा शक्तिशाली व्यक्तिलाई हल्लाएको छ र उनको छाला कति पातलो भएको छ भनेर पर्दाफास गरेको छ ।)
भारतमा पछिल्ला हप्ताहरूमा, प्रधानमन्त्री नरेन्द्र मोदी–सरकारले महसुस गरेको गहिरो असुरक्षाको परिणामस्वरूप, ‘कक्रोच जनता पार्टी’ नामक व्यङ्ग्यात्मक प्यारोडी खाता खोलेका युनाइटेड कलेजका विद्यार्थीहरूको सामाजिक सञ्जाल रद्द (Deplatform) गरेका छन् ।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले पत्रकारिता र राजनीतिक अभियानतर्फ लागेका बेरोजगार युवाहरूलाई साङला (Cockroach) र परजीवी (Parasites) सँग तुलना गरेपछि कक्रोच जनता पार्टी (CJP) को उदय भयो । यो हानिरहित मजाकले चाँडै नै इन्स्टाग्राम र एक्स (पहिले ट्विटर) मा लाखौँ अनलाइन फलोअरहरूलाई आकर्षित ग¥यो, जसको परिणामस्वरूप गर्दा बीबीसी, सीएनएन, द गार्जियन र फ्रान्स २४ बाट अझ बढी मिडिया कभरेज प्राप्त ग¥यो, जसले गर्दा भारतको वृद्ध सरकारलाई ध्यान दिन बाध्य तुल्यायो ।
असन्तुष्टिलाई अर्थपूर्ण रूपमा सम्बोधन गर्नुको सट्टा, मोदी प्रशासनले यसलाई देशको ‘राष्ट्रिय सुरक्षा’ लाई खतरामा पार्ने र ‘भारतको सार्वभौमिकर्ताको लागि खतरा’ को रूपमा प्रस्तुत गरेको छ । यो समूहको वेबपेज अब देशमा पहुँचयोग्य छैन । वास्तवमा, सरकारले व्यङ्ग्यात्मक खातालाई विस्मृतिमा धकेल्न यसका विरूद्ध बहु–प्लेटफर्म दबाब अभियान सुरू ग¥यो । यसको वेबसाइट हटाइयो, मन्त्री मण्डलले यसका संस्थापकलाई ‘विदेशी’ प्रभावमा रहेको आरोप लगाए र CJP संस्थापक, अभिजीत दिपकेविरूद्ध कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर गरिएको थियो ।
यति भयङ्कर आक्रोशका साथ अनलाइन खाताहरू पछ्याउनु भनेको लामखुट्टे मार्न तोप प्रयोग गर्नुजस्तै हो ।
यो कल्पनाशील ठट्टाले भारतका युवाहरूमाझ रहेको पीडालाई सङ्केत गर्छ, जो रोजगारी बिनाबजारमा प्रवेश गर्छन्, गर्मीको लहरदेखि सास फेर्न नसक्ने हावाजस्ता चरम मौसममा बाच्न बाध्य हुन्छन् र उनीहरूबाट माग गरिएको बलिदानको बारेमा निरन्तर व्याख्यान दिइन्छन् । गत महिनामात्र, स्नातक चिकित्सा विद्यार्थीहरूको लागि राष्ट्रिय प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट भएपछि सम्झौता गरिएको पाइयो, जबकि स्कूलका विद्यार्थीहरू छुट्टै मार्किंङ (पूर्णाङ्क गणना) काण्डको शिकार भए । सामाजिक सञ्जालमा आफ्नो निराशा व्यक्त गर्ने विद्यार्थीहरूलाई हाम्रो राज्य–प्रायोजित टेलिभिजन च्यानल, दूरदर्शनले ‘पाकिस्तानी’ भनेर सम्बोधन ग¥यो । हामी अब एउटा यस्तो देश भयौँ जसले हाम्रा आफ्नै बच्चाहरूलाई साँचो चिन्ता व्यक्त गर्दा विश्वासघातको आरोप लगाउँछ । परीक्षा काण्डका कारण विद्यार्थीहरूमा आत्महत्याको श्रृङ्खला बढेको छ तर प्रधानमन्त्री नरेन्द्र मोदीले सान्त्वनाका केही शब्दहरू भन्न उत्प्रेरित भएनन् ।
उही उदासीनता अन्यत्र पनि देखिन्छ । मोदीको नेतृत्वको विशेषता भनेको भारतीय सीमाबाट पीडितहरूको दूरीको प्रत्यक्ष अनुपातमा मानवताको पीडाप्रतिको उनको सहानुभूति बढ्दै जानु हो । उनले गर्मीको लहरबाट हुने डरलाग्दो मृत्युलाई स्वीकार गरेका छैनन् – तेलङ्गानामा एकै दिनमा ६७ जनाको मृत्यु भयो – तर मोदीले चीनको शान्सी प्रान्तमा खानी दुर्घटनामा ज्यान गुमाएकाहरूको लागि शोक मनाउन समय निकालेका थिए ।
मोदीले भारतमा क्रूर कार्यप्रमुखजस्तै शासन गर्छन् र हरेक कार्यमा बफादारीको परीक्षण लिएका छन् ।
उनको पछिल्लो आदेश भनेको घरबाटै काम गर्नु, अनावश्यक रूपमा इन्धन खर्च नगर्नु, विदेश यात्रा नगर्नु, खाना पकाउने तेलको खपत कम गर्नु, सुन किन्नबाट टाढा रहनु, लामो समयसम्म काम गर्नु, कम खपत गर्नु र धैर्य गर्नु हो । यस बिन्दुमा, यदि तपाईंंसँग जागिर छ, फ्रिज छ, एयर कन्डिसनरको स्वामित्व छ साथै विदेश यात्रा गर्न सक्नुहुन्छ भने, मोदी प्रशासनले तपाईंंलाई विलासिताको खाडलमा बाँचिरहेको ठान्दछ । यीमध्ये कुनैले त्यति घोच्ने थिएन यदि उनी हाम्रो देशभक्तिपूर्ण कर्तव्य भनेको पेटी कस्नु हो भनी उपदेश दिएपश्चात् युरोप उड्नु ।
यस पटक, मोदी युरोपेली भ्रमणमा गए तर युरोपको स्वतन्त्र प्रेससँग संलग्न हुन अस्वीकार गरे । नर्वेमा, एक पत्रकार हेले लिङ स्वेन्डसेनले उनलाई ‘विश्वको सबैभन्दा स्वतन्त्र प्रेस’ बाट प्रश्न किन लिनुभएन भनेर सोध्ने हिम्मत गरिन् । मोदीले आँखा जुढाउन मानेनन् र जवाफ नदिई हिँडे, उनको शरीरको भाषा लज्जास्पद थियो । भारतबाट हेर्दै गर्दा, मोदीलाई प्रश्न गर्न सक्ने मान्छे संसारमा छ भनी हास्यास्पद लाग्यो । १३ वर्षपछि, मोदीलाई एक साधारण प्रश्न सोधेको र उत्तरको अपेक्षा गर्दै हेर्दा पानीमुनि सास फेर्न जान्ने एउटा नयाँ प्रजाति फेलापरेको जस्तो महसुस भयो । यो एकै समयमा उत्साहजनक र अपमानजनक थियो । विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नर्वे पहिलो स्थानमा छ भने भारत १५७ औँ स्थानमा छ भन्ने कुराले कुनै फाइदा हुँदैन ।
त्यसपछि ओस्लोस्थित भारतीय दूतावास सामाजिक सञ्जाल एक्स (X) मा गयो, अहम्का साथ पत्रकार सम्मेलनको घोषणा ग¥यो, जसमा एक कूटनीतिज्ञ सीबी जर्जले भारतको घट्दो स्वतन्त्रताबारेमा लगभग कुनै पनि प्रश्नको जवाफमा १३ मिनेटको आक्रोशपूर्ण भाषण दिए, जसमा ‘१४० करोड जनता’, ‘५,००० वर्ष पुरानो सभ्यता’, ‘योग’ र ‘गान्धी’ जस्ता शब्दसहितको सलाद पस्के ।
स्वेन्डसेनको लागि, यो अनुभव भारतीय प्रेसले सामना गर्नुपर्ने वास्तविकताको एक मात्रासँगै समाप्त भयो । उनलाई विदेशी जासुस भनियो र भारतीय दक्षिणपन्थी ट्रोल–सेनाले उनलाई नक्कली भने । उनको ठेगाना र फोन नम्बर सार्वजनिक गरियो र अन्ततः उनलाई इन्स्टाग्रामबाट हटाइयो ।
स्वतन्त्र दिमागको सामना गर्नुपर्दा – चाहे त्यो CJP सँग अनलाइन होस् वा नर्वेमा स्वतन्त्र प्रेससँग – मोदी, उनको प्रशासन र उनका ट्रोलहरू शारीरिक, अस्तित्वगत झटकामा जान्छन्, र सुपरमार्केटमा चकलेट नपाएको बच्चाजस्तै रिसाउदैँ प्रहार गर्छन् ।
युवाहरूका साधारण प्रश्न वा मजाक ट्वीटहरूबाट यति डराउने शासनले हामीलाई प्रश्नकर्ताको बारेमा थोरै र सत्तारूढ सरकारको बारेमा धेरै कुरा बताउँछ । सत्य के हो भने, एक शक्तिशाली प्रचार मेसिनले कायम राखेको चमक विश्व घटनाले मेटाइदिएको छ । युद्ध, मुद्रास्फीति, H-1B भिसा प्रतिबन्ध र संयुक्त राज्य अमेरिकाले लगाएको करले मोदीको अयोग्यतालाई पर्दाफास गर्दै जाँदा, उनको छाला पातलो हुँदै गइरहेको छ ।
पछिल्ला केही वर्षहरू व्यापक त्रासदीको समय भएका छन् ।
मोदीको नीतिगत दुस्साहसहरूले देशमा गहिरो, खुला घाउहरू छोडेको छ – नोटबन्दी, कश्मीरमा धारा ३७० को खारेजी र कोभिड–१९ को व्यवस्थापनमा ठुला असफलता हुन सक्छन् तर दैनिक असफलताहरू पनि छन् : पुलहरू भत्किनु, समुदायहरूमा पानीको अभाव, विद्यार्थीहरूको शैक्षिक सम्भावनालाई क्षति पु¥याउने प्रश्नपत्र चुहावट, यी सबैले युवाहरूलाई बढी स्तब्ध बनाएको छ । यी सबैले यो सरकारले आम जनतालाई कति असफल बनाएको छ भनेर प्रतिबिम्बित गर्दछ । धेरै राम्रो आर्थिक प्रचार भए तापनि, भारतमा यो आशाको क्षतिलाई ढाकछोप गर्न गा¥हो भएको छ ।
प्रत्येक राष्ट्रलाई भविष्यमा थोरै भौतिक समृद्धि, आशा र आत्मविश्वास चाहिन्छ । आज हामी यस्तो देशमा बस्छौँ जहाँ प्रधानमन्त्रीले भनेको कुरा कसैले विश्वास गर्दैनन् । मोदी अहिलेसम्मकै अलोकप्रिय भएका छन् र कुनै जनादेशबिनाको सरकार चलाउँदै छन् । पछिल्ला दुई चुनावी नतिजालाई विपक्षी दलहरू, पत्रकारहरू र पारदर्शिता अभियन्ताहरूले प्रश्न उठाएका र चुनौती दिएका छन् । भारतलाई ‘चुनावी अधिनायकवाद’ घोषणा गरिएको छ ।
यस बिन्दुमा, भाजपा चुनाव जित्ने मेसिन हो जसमा अन्य कुनै पनि प्रकारको राजनीतिक काम गर्ने क्षमता छैन, कुशल शासनको त कुरै छोडौँ । पत्रकारको हरेक मीम, ट्वीट वा प्रश्नले छेडिएको, मोदीको आत्मसम्मानको विशाल बेलुन हजारौँ प्वालबाट चुहिँदै छ । आक्रोशित भएर, मोदी र उनका नोकरशाहहरू, जर्जजस्तै, बढ्दो असङ्गत बयानहरू दिन्छन् जुन उनका चाटुकारहरूले पनि उनलाई राम्रो देखाउन केही गर्न सक्दैनन् ।
व्यङ्ग्य लामो समयदेखि लोकतन्त्रमा दबाबको भल्भको रूपमा रहेको छ र भारतका युवाहरूको गुनासोलाई दबाएर असहमतिलाई हटाउन सक्दैन; यसले उनीहरूलाई कट्टरपन्थी बनाउनेछ । सीजेपीजस्तै निर्दोष रूपमा सुरू भएको जेनजीविरोधका लहरहरू पछि दक्षिण एसियाभरि शासनहरू पतन भएकाले सरकार आत्तिनु पर्ने कारणहरू पनि छन् । यो दुःखमा एउटै मात्र खुसी कुरा यो छ कि मोदीको सफलताको नशा हराएको छ । यसलाई रोक्न सक्ने धेरै कुराको आडमा, सीजेपी फस्टाउँछ । त्यस्तै अन्य प्रकारका असहमतिहरू पनि छन् । पछिल्लो दुई कार्यकालको अस्थायी बेलुनको विपरीत, यो प्रधानमन्त्रीको रूपमा उनको अन्तिम कार्यकाल हुने सम्भावना पहिले नै अभूतपूर्व रूपमा भारी छ । एक दिन, चाँडै नै मोदीको सरकार ढल्नेछ र त्योभन्दा ‘कक्रोचहरू’ बढी बाच्नेछन् ।
– विद्या कृष्णन्
अनुसन्धान पत्रकार
– अल जजीरा
Leave a Reply