पर्यटन व्यवसायीहरूसँग राय–सुझाव सङ्कलन पर्यटन प्रवद्र्धनका विविध सुझाव प्रस्तुत
- जेष्ठ ३०, २०८३
भक्तपुर, ३१ जेठ । भक्तपुरकै सबभन्दा ठुलो भनिएको ऐतिहासिक सिद्धपोखरीमा मर्मत सम्भार तथा जीर्णोद्धार कार्य भइरहेको छ । गत चैत २० गतेदेखि सुरु भएको उक्त पोखरीमा आइतबार पनि श्रमदान जुट्यो । उपभोक्ता समितिबाट प्राप्त जानकारीअनुसार आइतबार सैनिक आवासीय महाविद्यालयमा अध्ययनरत विद्यार्थी तथा सेनाले श्रमदान गरेका थिए । श्रमदानमा २ सय १० जनाको उपस्थिति भएको स्रोतले जनाएको छ ।
त्यस्तै जेठ ३० गते भनपा वडा नं. ८ स्थित लांतले महिला समूहले श्रमदान गरेको थियो । यसअघि नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुरले श्रमदान गरेको थियो । उक्त श्रमदानमा १८ जना डकर्मीहरु सहभागी थिए ।
सिद्धपोखरी मर्मत सम्भारको लागि भक्तपुर नगरपालिकाले बजेटको व्यवस्था गरेको छ । उपभोक्ता समितिको आग्रहअनुसार श्रमदान कार्य जुटिरहेको बुझिएको छ ।
Leave a Reply