ती सिद्धि–गोपाल
- जेष्ठ ३१, २०८३
प्रहरी वृत्त सिंहदरबारमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार रामचन्द्र यादवको कागज व्यहोरा
भदौ २३ गतेको आन्दोलनको सुरक्षार्थ प्रहरी टोली अ¥हन खटन गरेको थिएँ । दिउँसोको अन्दाजी २ः०० बजे माइतिघर मण्डलामा जम्मा भएको भीडले निषेधित क्षेत्र तोडेर बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आक्रमण ग¥यो । सङ्घीय संसद् भवनमा आक्रमण गर्ने क्रममा प्रहरीको गोली लागेको कुरा भने मैले सामाजिक सञ्जालको टिकटक लात्मार्फत थाहा पाएँ ।
भदौ २४ गतेको मिडिया र सञ्चार सेटमा सुने अनुसार विभिन्न प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड र लुटपाट भएको भन्ने जानकारी प्राप्त भयो । यस कार्यालयमा रहेको मोबाइल गाडी CM713 र QRT र C719, C70 को मोटरसाइकल भने बचाउने प्रयास गर्दागर्दै पनि प्रदर्शनकारीहरूले लगाएको आगोले जली नष्ट भयो । तत्त पश्चात् अन्दाजी ४ हजारको सङ्ख्यामा प्रदर्शनकारीहरू रातिको अन्दाजी १९ः०० बजे गेटमा आए । मैले युनिफर्म खोली सादा पोशाकमा आन्दोलनकारीसँगै मिसिएर निजहरूले म प्रहरी कर्मचारी हो भन्ने कुरा थाहा नपाउने गरी यस कार्यालयको व्यारेक तथा मुद्दा शाखामा आगजनी गर्न नदिई कार्यालयका महत्वपूर्ण कागजात जोगाएँ । मेरै अगाडि मेरो सामानको बाकस तोडफोड गर्दा मैले आफ्नो परिचय नदिएर सम्झाइबुझाइबाहेक केही गर्न सकिन्नँ । रातिको समयमा म र प्र.स.ह दिनेश चौधरी व्यारेकमै सुतेँ । राति अन्दाजी २ः०० बजेको समयमा यस कार्यालयका प्रमुख आएर कार्यालयमा भएको क्षतिको निरीक्षण गरी हामीलाई यहीँ बस्ने आदेश गरी जानुभयो ।
प्रहरी वृत्त लैनचौरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार कुमार राउतको कागज व्यहोरा
मिति २०८२ साल भदौ २३ गते मलगायत ४० जना प्रहरीको टोली कार्यालय सुरक्षामा खटिएका थियौँ । प्रहरीको ब्यारिकेड तोडी प्रदर्शनकारीले संसद् भवनको पर्खाल भत्काई भवनभित्र प्रवेश गर्ने क्रममा प्रहरीले गोली चलाउनुपरेको थियो । भदौ २४ गतेका दिन अन्दाजी १०ः०० बजे करिब २०० जना प्रदर्शनकारीहरू सो¥हखुट्टे चोकमा भेला भई सरकारविरुद्ध नाराबाजी गर्दै चोकमा टायर बाली प्रदर्शन गरिरहेको थियो । करिब ११ः०० बजेको समयमा अन्दाजी १५०० जना प्रदर्शनकारी नाराबाजी गर्दै कार्यालयतर्फ अगाडि बढे । भीडले कार्यालय भवनमा इँट्टा ढुङ्गा, पानीका बोतल, पेट्रोलका बोतलले प्रहार ग¥यो ।
केही स्थानीयहरूले समेत भिडलाई संयमित हुन आग्रह गर्दा बेवास्ता गरी नै रहे । करिब १३ः५५ बजेको समयमा करिब २५००÷३००० को सङ्ख्यामा रहेका प्रदर्शनकारीहरूले कार्यालय गेट अगाडि रहेको मोबाइल गाडीमा तोडफोड गरी धकेली वृद्धाश्रम अगाडि लगी आगजनी गरे । कार्यालय हाताभित्र पार्किङ गरी राखेको गाडी र मोटरसाइकलहरू आगजनी गरेपछि आगोको धुँवाले हिरासत कक्षमा रहेका थुनुवाहरू निस्सासिन थालेपछि थुनुवाहरूले हो–हल्ला तथा तोडफोड गर्न थाले । थुनुवाहरूलाई सम्पर्कमा रहनु भनी सकुशल बाहिर पठायौँ । स्थानीय व्यक्तिहरूको सहयोगमा कार्यालय हाताभित्र आगजनी भएको आगो निभायौँ जसले गर्दा थप क्षति हुन पाएन । कार्यालय हाताभित्र रहेका प्रदर्शनकारीहरूलाई स्थानीयहरूको सहयोगमा सो¥हखुट्टे चोकतर्फ पठायौँ।
हामीले कार्यालय छोडेका थिएनाँै ।
प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौँमा कार्यरत प्रहरी हवल्दार मानबहादुर चन्दको कागज व्यहोरा
भदौ २३ गते म नयाँ बानेश्वर चोकमा पिकेट ड्युटीमा खटिएको थिएँ । बिहान अन्दाजी ९.०० बजेको समयमा प्रदर्शनकारीहरू भेला हुँदै थियो । माइतिघर मण्डलाबाट हजारौँको सङ्ख्यामा रहेका प्रदर्शनकारीहरूको भीड नयाँ बानेश्वर चोक अगाडि नाराबाजी गर्दै थिए । ११ः३० बजेको समयमा भीड व्यारिकेड तोडेर संसद् भवनतर्र्फ अगाडि बढ्यो ।
प्रदर्शनकारीका हातमा घरेलु हतियारसमेत थियो । निजहरूले संसद् भवनको भित्ता फोड्ने, प्वाल पार्ने, सुरक्षा पोस्ट माथि चढ्ने लगायतका गतिविधिहरू गरिरहेका थिए । त्यसो गरिरहँदा, संसद् भवनभित्र रहेको टोलीले पटक पटक लाठीचार्ज गरी भीडलाई बाहिरतर्फ लखेटेको थियो । बाहिर गएपछि फेरि सो भिडले हामी माथि ढुङ्गामुढा, बोतल, इँट्टा प्रहार गर्ने गथ्र्यो । उनीहरूसँग सिसामा पेट्रोल भरिएको प्रज्ज्वलनशील पदार्थ पनि रहेछ । जुन उनीहरूले गेट बाहिर रहेको वाटर क्यानमाथि प्रहार गरेका थिए । केहीबेरमै भिडले पोस्टमाथि चढेर हतियार खोस्ने, सेट खोस्ने प्रयास गर्न थाल्यो । केही क्षणमा गोली चलेको आवाज सुनिए तापनि के कहाँबाट कसले गोली चलाएको थाहा भएन । बेलुकासम्म यस्तै चलिरहँदा बेलुका अन्दाजी ९ः०० बजेको समयमा प्रदर्शनकारीहरू फर्केपछि म पनि टोलीसहित प्रहरी वृत्त बानेश्वर फर्के ।
भदौ २४ गतेको सामाजिक सञ्जाल खोल्दा हिजोको प्रदर्शनमा मान्छेहरू घाइते भएको र केही विद्यार्थीहरूको मृत्यु भएको थाहा पाएँ । अन्यत्र रहेका प्रहरी कार्यालय, सरकारी संरचना, नेताहरूका घरमा आक्रमण भइरहेको कुरा सञ्चार सेटमा सुनी थाहा पाएको थिएँ । केही बेरमै अन्दाजी २–३ हजारको सङ्ख्यामा रहेको भीड कार्यालय भवनमा आएर बाहिरबाट ढुङ्गा, इँट्टा प्रहार गर्नथाल्यो । कार्यालयमाथि आक्रमण सुरु भएपछि कार्यालय नजिकै रहेको सशस्त्र प्रहरीको टोली सो स्थानबाट अन्यत्र गएको हँुदा प्रदर्शनकारीहरू कार्यालयको मूल गेट फोडी कार्यालयभित्र प्रवेश गरे । सो क्रममा सञ्चार सेटमा मानवीय क्षति हुन नदिने भन्ने आदेशानुसार हामीले जनताको ज्यानको सुरक्षाका लागि बल प्रयोग नगर्ने बाध्यात्मक परिस्थिति सिर्जना भयो । प्रदर्शनकारीहरूको भीडले साथमा बोकी ल्याएका घरेलु हातहतियार, रड हामीमाथि प्रहार गरी सिसामा भरिएको प्रज्वलनशील पदार्थ पेट्रोल बम प्रहार गरी कार्यालय पार्किङमा रहेका सवारी साधन तथा कार्यालय भवनमा आगो लगाई पूर्ण रूपमा ध्वस्त पा¥यो । हामी कार्यालय सुरक्षाको लागि भीएस निकेतन स्कूलमा गएका थियौँ । सो स्कूलमा आन्दोलनकारीहरू आएर मलगायतका प्रहरी कर्मचारीहरूको जबरजस्ती बर्दी खोल्न लगाइयो । आन्दोलनकारीले फलामे रड, धारिला हतियार बोकी आएको थियो भने प्रहरी साथीहरूलाई लखेटी लखेटी कुटपिट गर्दै कार्यालत्न्दा १०० मिटर तल वाग्मती खोलाको पुलमुनि लगी ज्यान मार्ने नियतले शारीरिक यातना दिए । वाग्मती खोलाको वारिपारिबाट निर्ममतापूर्वक इँट्टा, ढुङ्गा प्रहार गरी मरणासन्न पारी गम्भीर घाइते बनाए । हाल उपचारपश्चात् प्रहरी वृत्त बानेश्वरमै कार्यरत छु ।
Leave a Reply