यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कुमार अर्याल
धर्मको नाममा व्यापार र व्यापारको नाममा राजनीति गर्दै आएका भारतका रामदेवले नेपाली बजारमा गर्दै आएको बिस्तार सरकारले रोक्नुपर्दछ । सबै कुराको जरा अर्थतन्त्र हो र पूँजीपति वर्ग बजार कब्जाका लागि जे पनि गर्न तयार हुन्छन् । कार्ल माक्र्सका अनुसार अरु त अरु पूँजीपति वर्ग बजार र नाफाको लागि आफू झुण्डिन पनि तयार हुने गर्दछ । रामदेवले धर्मभीरु नेपाली समाजमा आफ्ना उत्पादनको बिस्तार गर्न धर्मको सहारा मात्र लिएनन्, बरु योग जस्तो वैज्ञानिक व्यायामलाई धर्मको गेरु वस्त्र लगाइदिए । दाँत माझ्ने औषधि, साबुन हुँदै रामदेवको पतञ्जलीले मोबाइलको सीमकार्ड समेत बजारमा ल्याएको समाचार सोमबार प्रचारमा आयो । विदेशी उत्पादनको निर्बाध प्रवेशले नेपाली राष्ट्रिय उद्योग कहिल्यै विकास हुन सक्दैन । नेपाली जनताले स्वंयले उत्पादन गर्न सक्ने सामान समेत विदेशबाट भित्र्याउँदा नेपाली उत्पादनको विकास हुन नसक्नु अर्थशास्त्रको स्वाभाविक नियम हो । देशको आर्थिक विकास र नेपाली युवाहरुलाई रोजगारीको नारा दिएर कहिल्यै नथाकेको वर्तमान सरकार पतञ्जलीका उत्पादनमाथि तत्काल रोक लगाउनुपर्दछ । साथै नेपालमै तत्काल उत्पादन हुन सक्ने बस्तु नेपालकै पूँजीबाट नेपाली श्रमकै प्रयोग गरी उत्पादन गर्न सरकारले प्राथमिकता दिनुपर्दछ ।
विदेशबाट प्रविधि र पूँजी भित्र्याउने नाममा नेपाली बजारमा विदेशीको हालीमुहाली चलाउन दिने नीति जो कोही सरकारको भए पनि राष्ट्रघाती हो र नेपाली बजार कब्जा गर्न आउने जो कोही मानिस वा संस्था जस्तो सुकै नारा वा लुगा लगाएर आए पनि त्यो व्यापारी हो । नेपालको सरकारको मुल ध्येय नेपाली जनताको सेवा हो । नेपाली जनताको हित हो । रामदेव नामको धुर्त व्यापारीको पतञ्जलीलाई धर्मको लेप लगाइएको व्यापारी संस्थालाई सरकारले कुनै पनि खालको छुट दिनु वा प्रचार गर्नु देशको आर्थिक आत्मनिर्भरताको विरोधी हो । पतञ्जलीले उत्पादन गर्ने गरेको दैनिक घरेलु उत्पादनहरु नेपालमै नेपाली पूँजी र श्रममा उत्पादन गर्न सरकारले प्रोत्साहन गर्न जरुरी छ । अनि विदेशी उद्योगका उत्पादनमा भन्सारमा कडाई गर्नुपर्दछ । विदेशी पैसाले नेपाली जनताको जीवन केही समय सुखमय जस्तो भान पार्दछ, तर दीर्घकालीन रुपमा त्यसले नेपाल र नेपाली जनतालाई सुखी र समृद्ध बनाउन सक्दैन ।
ओली सरकारको समृद्धि दिगो वा केही समयको हँसीमजाक अब यस्ता व्यवहारिक पाइलाको कसीमा जाँच्नुपर्दछ । हजारँैं शब्द र उखान टुक्काभन्दा नेपाली जनताले देशलाई स्वाभिमानी र आत्मनिर्भर बनाउने एकै कदमप्रति बढी विश्वास गर्नेछ ।
धर्मको नाममा भारतीय धुर्त व्यापारीको मोहजालबाट नेपाली जनतालाई ओली सरकार कति तदारुक हुने हो, परीक्षणको घडी यही हो ।
Leave a Reply