यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
-क्रिश्चिना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे निर्वाचनकै बेलामा उनका व्यक्तिगत चरित्र र व्यवहारबारे व्यापक नकारात्मक प्रचार भएको थियो, तर त्यस आरोपलाई चुनावी प्रचारको रुपमा लिइएको थियो ।
राष्ट्रपति पदको बहालीको केही दिनभित्रै प्रवासीहरूको बारेमा सा¥है अराजनैतिक शब्दहरूको प्रयोग गरिएको थियो र रुस, चीन, प्रजग कोरिया, युरोप एवम् अन्य देशहरूको सम्बन्धमा पनि अनेक विवादास्पद टिप्पणीहरू गरिए । आफ्नो कार्यकालको पहिलो वर्षमै अमेरिकी इतिहासमा सबैभन्दा अलोकप्रिय राष्ट्रपति देखिए । (अन्नपूर्ण – ६ माघ २०७४)
राष्ट्रपति ट्रम्पले एक वर्ष नबित्दै आफ्ना धेरै सहयोगी र सचिवहरू फेर्दै गए । ल्याटिन अमेरिकी देशहरूको भ्रमण र ती देशका राष्ट्रपतिहरूसँग दुईपक्षीय वार्ता हुने ह्वाइट हाउसले जनाएको थियो । तर उनको ल्याटिन अमेरिकी देशहरूलाई ‘काम नलाग्ने’ र ‘शौचालयसँग’ दाँजेको हुनाले ती देशहरूमा ट्रम्प र संरा अमेरिका विरोधी प्रदर्शनहरू भए । उनले मेक्सिकोको सीमामा पर्खाल लगाउने बताए ।
ल्याटिन अमेरिकी देशहरूको बारेमा राष्ट्रपति ट्रम्पको नकारात्मक टिप्पणी र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले ती देशहरूलाई चीनसँग व्यापार नगर्न र चीन ‘उपपनिवेशवादी’ भएको बताउँदा ती देशका राष्ट्रपति र विदेश मन्त्रीहरूले चीन संरा अमेरिकाभन्दा राम्रो व्यापार साझेदार भएको’ ‘उपनिवेश बनाउन नखोजेको’ जस्ता उत्तरहरूले रिसाएको ट्रम्पले आफ्नै विदेशमन्त्री रेक्स टिलरसनलाई पदमुक्त गरे तथा अमेरिकी केन्द्रीय गुप्तचर (सीआईए) का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरे । यसरी खराब कालीगढ आफ्नै ज्यावलसँग रिसाएजस्तै देखियो । (नयाँ पत्रिका–३० फागुन २०७४)
कुनै एउटा देशको पतन वा राज्य व्यवस्था एकै दिन ढल्दैन वा पतन हुँदैन । शासकहरूको व्यक्तिगत कमी–कमजोरी, देशको अर्थतन्त्र कमजोर हुँदै जानु, शासन व्यवस्थामा जनताको विश्वास घट्नु र समयमै देशको दुरावस्थालाई सुधार गर्न नसक्नु नै कुनै देश वा राज्य व्यवस्थाको पतनको आरम्भव मानिन्छ ।–जस्टिन फक्स ब्लुमवर्ग भ्युका स्तम्भकार र हार्वाड विजनेश रिभ्युका सम्पादक निर्देशकले ‘आर्थिक समृद्धिसँगै रुग्न बन्दै अमेरिका’ शीर्षकले अमेरिकी जनताको आर्थिक असमानता, लागुपदार्थको सेवन, अपेक्षित आयु बढाउन नसक्नु आदि विषय बतायो । (नयाँ पत्रिका – १८ चैत २०७३)
संरा अमेरिका वास्तवमा प्रवासीहरूकै देश हो । तर राष्ट्रपति ट्रम्पले आप्रवासीहरूलाई ‘जनावर’ (नेपाल समाचारपत्र–४ जेठ २०७५) को संज्ञा दिंदा ठूलो असन्तोष ती देशहरूका जनतामा प¥यो । फेरि केही देशका जनतालाई अमेरिकामा ‘प्रवेश आज्ञा’ (भिसा) नदिने घोषणा ग¥यो । मेक्सिको सीमा पर्खाल लगाउने घोषणा पनि गरेको थिए ।
पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिनु वा सन् २०१५ मा भएको इरान परमाणु सम्झौताबाट अमेरिका अलग्ग हुनु जस्ता ट्रम्प नीति पश्चिमी देशका लागि अप्रत्यासित हुन् । ट्रम्पको फैसलाले युरोपको आफ्नो विदेश नीतिको लागि खतरा उत्पन्न भएको युरोपेली संघका अध्यक्ष डोनाल्ड टस्कले ‘अमेरिका पहिलो’ नीतिको कारण युरोपेली नेताहरू समस्यामा परेको बताए । इजरायल स्थित अमेरिकी दूतावासलाई जेरुसेलम सारेको घटनालाई लिएर पनि युरोपेली देशहरू आक्रोशित भएको बताइएको छ ।
ती कारणहरूले बुल्गेरियाको राजधानी सोफियामा २८ देशका नेताहरूको भेलामा युरोपेली संघका अध्यक्ष टस्कले ‘ट्रम्पजस्तो मित्र भएपछि शत्रुको के खाँचो’ भन्ने अभिव्यक्ति दिए ।(समाचारपत्र–५ जेठ २०७५)
संरा अमेरिका र दक्षिण कोरियाको संयुक्त युद्धअभ्यासबारे प्रजग कोरियाले आपत्ति जनाए । ‘हाम्रो इमानदारिता र सदासयतालाई कमजोरीको रुपमा लिइयो, दक्षिण कोरियासँगको ऐतिहासिक तथा बृहत शान्ति सम्झौतापछि त्यस सम्झौता बमोजिम नै हामीले काम गरिरहेका छौं तर दक्षिण कोरिया र अमेरिकाले हाम्रो मात्र दोष देखेका छन्, हाम्रो लचकतालाई महत्व दिएनन् ।’
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले गत बुधबार अर्थात् जेठ ९ को दिन उत्तर कोरियामाथि एउटा ठूलो आरोप लगाए । उनले भने – ‘वार्तामा बस्ने होइन कि उत्तर कोरियाको हालत लिवियाको जस्तो हुनुपर्छ ।’ उनको आशय थियो लिवियाका पूर्वशासक मुअम्मर गद्दाफीजस्तै उत्तर कोरियाको हालत हुनेछ ।’ (राजधानी १३ जेठ २०७५)
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सिंगापुरमा हुने भनिएको शिखर वार्ता आशड्ढा गरेका थिए भने उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्ख’ भनेको थियो । ट्रम्पको पत्रको उत्तरपछि यो भनाई पछि आएको थियो । यद्यपि उत्तर कोरियाली अधिकारी र अमेरिकी राष्ट्रपति बीच संवाद नटुटाउने कुरा भएको खबर बाहिर आएका छन् ।
ट्रम्पले किमलाई पठाएको पत्रमा लेखिएको थियो – दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुला आलोचनात्मक व्यवहार र गतिविधिका कारण द्विपक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महसुस गरिएको छ । (अन्नपूर्ण –१३ जेठ २०७५)
१२ जेठ २०७५ को दिन उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इन शनिबारको दिन दुई कोरियाली सीमाको शान्ति क्षेत्र पानमुनजोममा दोस्रो शिखर बैठक बस्यो ।
१३ जेठको दिन अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग सिंगापुरमा जुन १२ मा हुने वार्ता निर्धारित समयमै हुने बताइयो । (अन्नपूर्ण – १४ जेठ २०७५) सो विषयमा अमेरिकी राष्ट्रपति भवनमा राष्ट्रपति ट्रम्पले प्योङयाङसँगको सम्बन्ध सुमधुर तरिकाले अघि बढिरहेको र जुन १२ मा सिंगापुर बैठक हुने र बैठकको कुनै कार्यक्रम परिवर्तन नभएको बताए ।’ (नागरिक – १४ जेठ २०७५)
यसरी प्रजग कोरिया र संरा अमेरिकाको कुटनैतिक गाडी नागबेली लिंदै अगाडि बढ्दैछ ।
श्रमिक साप्ताहिक
Leave a Reply