दक्षिण एसियामा अमेरिकाले भारतसँग अनुमति माग्न छोड्यो !
- असार २४, २०८३
सन्दर्भः कोरियाली जनताका
कोरियाली श्रमिक पार्टीका सदस्यहरू र हाम्रा अन्य जनताले पार्टीको ७० औँ स्थापना दिवसलाई पवित्र तथा क्रान्तिकारी बिदाको रूपमा मनाइरहेका छन् ।
महान् कमरेड किम इल सङले स्थापना गर्नुभएको यो कोरियाली श्रमिक पार्टी कमरेड किम इल सङ र किम जोङ इलको पार्टी हो । उहाँहरूको उत्कृष्ट र परिपक्व नेतृत्वमा यो अपराजित क्रान्तिकारी पार्टीको रूपमा विकास भएको छ । यसले क्रान्ति र निर्माणलाई विजयको मार्गमा अगाडि बढाएको छ ।
कोरियाली श्रमिक पार्टीको ध्येय भनेको जुछे क्रान्तिको ध्येय अर्थात् आम जनतालाई स्वतन्त्रताको प्रत्याभूति दिलाउने पवित्र ऐतिहासिक ध्येय हो ।
कोरियाली श्रमिक पार्टीको ७० वर्षको इतिहास, गौरवशाली विजयको इतिहास हो । यसले कमरेड किम इल सङ र किम जोङ इलको पार्टीको ध्येयको न्यायिकता र अपराजयतालाई स्पष्ट पार्दछ ।
आफ्नो स्थापनादेखिको लामो अवधिमा, जुछे क्रान्तिको ध्येय पूरा गर्ने, ऐतिहासिक सङ्घर्षको दौरानमा, यो जुछे क्रान्तिकारी पार्टीको रूपमा विकसित भएको छ, कमरेड किम इल सङ र किम जोङ इलको पार्टीको रूपमा विकसित भएको छ । यसले हाम्रा जनतालाई सबै प्रकारका विजयहरूमा मार्ग निर्देशन गर्ने सङ्गठनको रूपमा चमत्कारिक भूमिका निभाएको छ ।
क्रान्ति र निर्माणमा सफलता भन्ने कुरा क्रान्तिको आम दस्ताको रूपमा रहेको पार्टी कसरी बन्छ र त्यसको नेतृत्वदायी भूमिकाको विकास कसरी हुन्छ भन्ने कुरामा भर पर्दछ ।
यस्तो जुछे प्रकारको पार्टीको निर्माण गर्नुहुने, कमरेड किम इल सङ र किम जोङ इलको विचार र उहाँहरूको विवेकपूर्ण नेतृत्वलाई धन्यवाद ! यो पार्टी जुछे प्रकारको क्रान्तिकारी पार्टी अर्थात् नेतृत्वको पार्टीको रूपमा निर्माण र विकास भएको छ । यसैमा महान् नेताको विचार, नेतृत्वको एकमना चरित्र र विराशतको सुनिश्चित प्रत्याभूति हुन्छ ।
आफ्नो विचार र ध्येयलाई कार्यान्वयन गर्ने नेतृत्वको पार्टी नै वास्तवमा, क्रान्तिकारी पार्टी हो र आफ्नो विचार र नेतृत्वको एकल चरित्र र विरासत सुनिश्चित गर्नु यसको मुख्य लक्ष्य रहेको छ ।
समग्र पार्टी पङ्क्तिलाई नेतृत्वको क्रान्तिकारी विचारमा ढाल्नु, नेतृत्व केन्द्रित एकता र सामाञ्जस्यता हासिल गर्ने र नेताको एकल नेतृत्व मातहत एक भएर समग्र पार्टी अगाडि बढ्दछ ।
महान् कमरेड किम इल सङ र किम जोङ इलको क्रान्तिकारी विचारबाट मार्ग निर्देशित कोरियाली श्रमिक पार्टीले किम इल सङवाद र किम जोङ इलवादको आवश्यकताअनुसार आफ्नो पार्टी निर्माण र कार्यक्रमलाई अगाडि बढाएको छ । यसरी आफ्नो एकमात्र केन्द्रको रूपमा आफ्नो नेतृत्वको साथमा, वैचारिक रूपमा शुद्ध र साङ्गठनिक रूपमा एकताबद्ध शक्तिशाली सङ्गठनको रूपमा रहेको छ ।
कोरियाली क्रान्तिको साहसिक तथा जटिल विशेषता रहेको अवस्थामा, स्थापनाको दिनदेखि, यस पार्टीको झन्झन् गम्भीर कार्यभारको रूपमा यसले नेतृत्वको वरिपरि एकता कायम गरेको छ । यसले इतिहासमा क्रान्तिकारीहरूबिचको एकतामा ठुलो हानि पु¥याएका गुटबन्दीवाद र विविध प्रकारका अवसरवादी वैचारिक प्रवृत्तिहरूलाई पराजित गरेर आफ्नो एकता हासिल गरेको छ । नेतृत्वको वरिपरि क्रान्तिकारीहरूबिच एकमना एकता हासिल गर्ने सङ्घर्षलाई घनिभूत पारेको छ ।
यसले यस्तो एउटा व्यवस्थाको स्थापना गर्यो, जसअनुसार यसको निर्माण र कार्यक्रमहरूमा देखापरेका समस्याहरू नेतृत्व र क्रान्तिकारी माहोलले एकत्वपूर्ण निष्कर्षका साथ समाधान हुन्थे, त्यसलाई नेतृत्वले अगाडि बढाएका कार्यदिशा र नीतिहरूमा कति पनि विचलन आउन नदिई मातहतका सङ्गठनहरू र सदस्यहरूले कार्यान्वयन गर्ने गर्दथे ।
महान् कमरेड किम जोङ इलले समग्र कोरियाली श्रमिक पार्टीलाई किम इल सङवादको नमुनाअनुसारको कार्यदिशामा अगाडि बढाउनुभयो र पार्टीको एकल वैचारिक व्यवस्था स्थापना गर्ने कार्यलाई घनिभूत पार्ने कुरामा सुनिश्चितता दिलाउनुभयो । नेतृत्व र नेतृत्वको विचारको एकमना विशेषतालाई सुनिश्चित गर्ने कार्यमा ठुलो फड्को मार्ने समयको निर्माण गर्नुभयो । नारा र यथार्थ दुवैमा कोरियाली श्रमिक पार्टीलाई नेतृत्वको पार्टीको रूपमा विकास गर्न र कमरेड किम इल सङको पार्टीको रूपमा विकास गर्न कमरेड किम जोङ इलले निकै मेहनत गर्नुभयो ।
नेतृत्वको विचार र परम्परालाई कायम राख्ने समस्यालाई पार्टीले यसरी समाधान गरेको छ । जसअनुसार, नेतृत्व र नेतृत्वको विचारको एकमना विशेषताको परम्परा पुस्ता–दर–पुस्ता कायम रहँदै जानेछ ।
नेतृत्व र नेतृत्वको विरासतलाई कायम राख्नु आफैमा एउटा गम्भीर विषय हो, यसैमा पार्टी र क्रान्तिको भाग्य र भविष्य निर्भर रहन्छ । यो क्रान्तिकारी पार्टी निर्माण गर्ने आधारभूत विषय पनि हो ।
कुनै पार्टीले आफ्नो सही नेतृत्वअन्तर्गत सफलतापूर्वक क्रान्तिलाई अगाडि बढाएको भए तापनि सच्चाइका साथ नेतृत्व र उसको विचारको विरासतलाई कायम राख्न नसक्दा, पार्टी नै विसर्जनतिर गएको र क्रान्ति नै निराशामा पुगेको तीतो पाठ इतिहासले हामीलाई सिकाएको छ ।
सुदूर भविष्यप्रति महान् दूरदृष्टि राखेर कमरेड किम इल सङ र किम जोङ इलले नेतृत्वको साङ्गठनिक र वैचारिक आधार स्थापना गर्नुभयो र क्रान्तिको ध्येयलाई कायम राख्ने नेतृत्व प्रणाली स्थापना गर्नुभयो । यसरी नेतृत्व र नेतृत्वको विचारलाई गौरवमय तरिकाले पुस्ता–दर–पुस्ता कायम राख्ने कुराको सुनिश्चितता दिलाउनुभयो ।
पुस्तौँ पुस्ता उत्कृष्ट नेतृत्व पाउनुले नेतृत्व र उहाँहरूको विचारको एकमना विशेषता र परम्पराको सुनिश्चितता कोरियाली श्रमिक पार्टीको सैन्य सामथ्र्य र अपराजयताको लागि प्रमुख कुरा हुन गएको छ ।
पुस्तौँ पुस्ता नेतृत्व र नेतृत्वको एकमना विशेषतालाई ठोस रूपमा कायम गरेको कारण, समाजवादी देशहरूका सत्तारुढ पार्टीमा आएको वैचारिक स्खलन र निराशाले ल्याएको अन्योलताको बिचमा पनि यस पार्टीले आफूलाई कमरेड किम इल सङ र किम जोङ इलको पार्टीको रूपमा आफ्नो क्रान्तिकारी विशेषतालाई अटल रूपमा कायम राख्न सफल भयो । क्रान्ति र निर्माणको लागि प्रभावशाली नेतृत्व प्रदान गर्न सफल भयो र यसरी ठुला सामाजिक परिवर्तनहरूलाई सम्भव बनायो ।
कोरियाली श्रमिक पार्टी जनताको सेवा गर्ने अजेय पार्टी बनेको छ र जनतासँग समग्र रूपमा एकाकार भएको छ ।
आम जनताको स्वतन्त्रताको ध्येयको कार्यान्वयनलाई आफ्नो साझा लक्ष्य बनाउने कार्यमा नेतृत्व, पार्टी र समुदायका जनता लागिपरेका छन् । जसरी नेता र पार्टीको नेतृत्वबाट अलग भएको अवस्थामा आम जनताले आफ्नो लक्ष्य हासिल गर्न सक्दैनन् । त्यस्तैगरी आम जनताबाट अलग हुँदा, पार्टी पनि शक्तिशाली राजनैतिक पार्टी बन्न सक्दैन र राजनैतिक मार्गनिर्देशकको रूपमा भूमिका निभाउन सक्दैन ।
कमरेड किम इल सङले यो पार्टी आफ्ना आधारभूत अङ्गको रूपमा रहेका मजदुर, किसान र बुद्धिजीवीहरूको पार्टी बन्नुपर्दछ भन्ने कुराको सुनिश्चितता दिलाउनुभयो ।
सोहीअनुसार आम जनताको माग र हितको रक्षा गर्ने र कार्यान्वयन गर्ने कार्यक्रम उन्मुख भयो । आम जनताबिच गहिरो जरा गाडी उनीहरूसँग समग्र एकत्व कायम राख्न सफल भयो ।
किम जोङ इलले आम जनताको भाग्य र भविष्यलाई आफ्नो जिम्मेवारीमा लिई हेरविचार पु¥याउने सच्चा मातृ पार्टीको रूपमा कोरियाली श्रमिक पार्टीलाई विकास गर्ने कुराको सुनिश्चितता दिलाउनुभयो । उनीहरूप्रतिको प्रेम र विश्वासमा आधारित विस्तृत कल्याणकारी र समग्र राजनीतिको व्यवस्थापन गर्नुभयो । यसरी उहाँले आम जनतासँग अभिन्न नाता जोड्नुभयो ।
कोरियाली श्रमिक पार्टीले जनताको भाग्य र भविष्यप्रति जिम्मेवार बन्ने मातृत्व प्रेमले उनीहरूको हेरविचार गर्ने, एकमना बफादारिताका साथ पार्टीलाई सहयोग गर्ने जनतालाई सम्पन्नता र खुसी प्रदान गर्न ठुलो प्रयास गरेको छ । त्यस्तैगरी, अख्तियारको दुरूपयोग र नोकरशाहीपनाजस्ता चलनहरूलाई निर्मूल पार्न आफ्ना अधिकारीहरूको नेतृत्व गरेको छ ।
यस पार्टीले जनताको सेवा गर्ने मातृ पार्टीको रूपमा आफ्ना जिम्मेवारीलाई पूर्ण रूपमा कार्यान्वयन गरिरहेको कारण, हाम्रा जनताले पनि पार्टीको विश्वास र प्रेमको लागि आफू योग्य रहेको कुरा प्रमाणित गर्न आफ्नो बफादारिता प्रदर्शन गरिरहेका छन् ।
कोरियाली श्रमिक पार्टीको समग्र एकत्व, जनताप्रति पार्टीको विश्वास र प्रेम, त्यस्तै पार्टीप्रति जनताको एकमना समर्थन र विश्वास नै हाम्रा क्रान्तिकारीहरूको एकत्व र सामथ्र्यको स्रोत हो भने हाम्रा सबै प्रकारका विजयको निम्ति आधारभूत सुनिश्चिता पनि हो । आफ्नो समग्र एकत्वको कारणले यस पार्टीले क्रान्तिमा आइपरेका परीक्षा र कठिनाइहरूमाथि सुनिश्चित विजय हासिल गर्ने विश्वासका साथ अगाडि बढ्न उत्कृष्ट ढङ्गले आफ्नो पवित्र कार्यभारलाई अगाडि बढाउन सक्षम भएको छ ।
यसले आफूलाई जुछे आधारित नेतृत्व विधिबाट परिपक्व तरिकाले क्रान्ति र निर्माणलाई विजयमा पु¥याउने क्रान्तिकारी पार्टीमा विकास गरेको छ ।
नेतृत्वको क्षमता र पार्टीको लडाकु कार्यकुशलता निर्माण गर्ने कार्यमा नेतृत्वको विधि महत्वपूर्ण हुन्छ ।
क्रान्तिको उत्प्रेरक शक्तिको रूपमा रहेका आम जनता र उनीहरूको प्रयासमा भर परेर क्रान्ति र निर्माणमा देखापरेका समस्याको समाधान गर्ने कुरा महान् कमरेड किम इल सङ र किम जोङ इलले सृजना र लागू गर्नुभएको कोरियाली श्रमिक पार्टीको परम्परागत नेतृत्व पद्धति हो ।
निश्चितै रूपमा आम जनताको सामथ्र्य भनेको विचार र सामूहिकताको सामथ्र्य हो । कोरियाली श्रमिक पार्टी आम जनताको माग र सोचाइलाई बुझेर जनताको सोचाइलाई उत्प्रेरित गरी उनीहरूको माग र सोचाइलाई कार्यान्वयन गरी आफ्ना कार्यदिशा र नीतिहरू निर्माण गर्ने सिद्धान्तप्रति निरन्तर आवद्ध रहँदै आएको छ । विचारहरू नै क्रान्ति र निर्माणका महत्वपूर्ण पक्षहरू हुन् र वैचारिक सचेतनाले नै हरेक कुराको निर्धारण गर्दछ भन्ने जुछेमुखी सिद्धान्तलाई पार्टीले अवलम्बन गरेको छ । यसरी पार्टीले जनताका भावनात्मक शक्तिलाई उन्मुक्त लगाम लगााउन लक्षित वैचारिक कार्यलाई अन्य सबै प्रकारका कार्यहरूभन्दा अगाडि राखेको छ । उनीहरूको सामूहिकता र आम साहसिकता – विकास क्रान्तिको हरेक चरणमा व्यापक आयाममा विविध स्वरूपका जनआन्दोलनको स्वरूपमा पूरै देखिएको छ ।
आम जनतामा भर परेर, उनीहरूको सामथ्र्यलाई सूचिकृत गरेर, क्रान्ति र निर्माणमा निरन्तर छलाङ मार्ने क्रममा, कोरियाली श्रमिक पार्टी अद्वितीय साङ्गठनिक क्षमता र नेतृत्व कला भएको परिपक्व क्रान्तिकारी पार्टीको रूपमा विकसित भएको छ ।
सैन्य मामलालाई प्राथमिकता दिने र कोरियाली जनसेनालाई सोङ्गुन क्रान्तिको केन्द्रीय र मुख्य शक्ति बनाउने – कोरियाली श्रमिक पार्टीको सोङ्गुन आधारित क्रान्तिकारी नेतृत्व हाम्रो आफ्नै मौलिक प्रकारको अद्वितीय क्रान्तिकारी नेतृत्व हो ।
सेना भनेकै पार्टी, राज्य र जनता भन्ने सोङ्गुन क्रान्तिको आधारभूत सिद्धान्तको जगमा, कोरियाली श्रमिक पार्टीले कोरियाली जनसेनालाई ‘सयको विरुद्ध–एक’ को क्रान्तिकारी सशस्त्र फौजको रूपमा विकास गरेको छ । सेना पनि पार्टी र नेतृत्वप्रति अचुक रूपमा बफादार छ र विचार र निष्ठामा सबल छ । समग्र कोरियाली जनसेनालाई किम इल सङवाद र किम जोङ इलवादको ढाँचामा विकास गर्ने सङ्घर्षको क्रममा सेनामाथि पार्टीको अविभाजित नेतृत्व स्थापित भएको छ । अन्तिम श्वास रहुञ्जेल पार्टीको कार्यदिशा र नीतिहरूको कार्यान्वयनमा नेतृत्व लिने शक्तिशाली क्रान्तिकारी पाक्तुसानको रूपमा कोरियाली जनसेना विकसित भएको छ । यसले कोरियाली श्रमिक पार्टीको राजनैतिक र सैन्य आधारलाई चट्टानजस्तै बलियो बनाएको छ ।
सोङ्गुन आधारित नेतृत्वअन्तर्गत हाम्रा क्रान्तिकारी पार्टी पङ्क्तिले आफूलाई कोरियाली जनसेनाजस्तै उत्कृष्ट बनाउँदै लगेका छन् । कोरियाली श्रमिक पार्टीका सबै सदस्यहरू हाम्रा अन्य जनताले कोरियाली जनताको भावना र उत्साहबाट सिकेर क्रान्ति र निर्माणलाई अगाडि बढाउने सक्रिय प्रयासमा लागिपरेका छन् ।
जुछे क्रान्तिको ध्येयको रूपमा रहेको आफ्नै मौलिक प्रकारको सोङ्गुन आधारित नेतृत्वअन्तर्गत अगाडि बढ्दै जाँदा, पार्टीले आफ्नो नेतृत्व क्षमता र लडाकु कार्यकुशलतालाई आमूल सुधार गरेको छ ।
क्रान्तिकारी पार्टी निर्माण गर्ने गोरेटोलाई प्रज्ज्वलित गर्दै अपराजय पार्टीको रूपमा विकास भएको यो कोरियाली श्रमिक पार्टी अनुभव आफैमा स्वतन्त्रताको युगमा क्रान्तिकारी पार्टी निर्माण गर्ने ध्येयलाई कार्यान्वयन गर्नमा जीवन्त उदाहरण प्रस्तुत गर्दछ ।
विगत ७० वर्षमा कोरियाली श्रमिक पार्टीले समाजवादको ध्येयको रूपमा रहेको जुछे क्रान्तिको ध्येयलाई बहुमुखी गम्भीर अग्नि परीक्षाबाट पार गर्दै चमकदार विजयका साथ उज्यालो बाटोमा अगाडि बढाएको छ ।
समाजवादको ध्येयको रूपमा रहेको जुछे क्रान्तिको ध्येयलाई अगाडि बढाउने क्रममा, साम्राज्यवाद, संशोधनवाद, प्रभुत्ववाद, ठुला शक्ति–पूजा र जडसूत्रवादको विरुद्ध तीव्र र घनिभूत प्रकारको राजनैतिक र वर्गसङ्घर्ष सञ्चालन गर्नुपरेको छ । यो जनताको सच्चा र नयाँ समाज निर्माण गर्ने नयाँ गोरेटो खोल्ने कठोर सङ्घर्ष हो ।
विभिन्न चरणहरू पार गर्दै क्रान्ति र निर्माणलाई अगाडि बढाउने क्रममा, कोरियाली श्रमिक पार्टीले कुनै स्थापित सिद्धान्त वा सूत्रको अवलम्बन गरेको छैन । बरु स्वतन्त्रता, सोङ्गुन र समाजवादको बाटोको रूपमा रहेको मौलिक जुछे विचारले देखाएको बाटोमा सदा गतिशील तरिकाले अगाडि बढेको छ ।
स्वतन्त्रता, सोङ्गुन र समाजवाद कोरियाली क्रान्ति र यसको मुख्य मार्गमा आउने कुराहरू हुन् । यिनीहरू हाम्रा जनताका आकाङ्क्षा र देशको वास्तविक आधारसँग मेल खान्छन् । यिनीहरू झण्डै एक शताब्दी लामो बाटोमा नेतृत्वले हासिल गरेको मूल्यवान परिश्रम, परम्परा र अनुभवको प्रत्यक्ष प्रमाणहरू हुन् । यिनीहरूले हाम्रो क्रान्ति र यसको बाटोको आधारभूत सिद्धान्तलाई प्रज्ज्वलित गर्दछन् ।
पार्टीले स्वतन्त्रता, सोङ्गुन र समाजवादको कार्यदिशालाई बलियोसँग पक्डिएर देश र जनताको लागि अथक परिश्रम गरेर क्रान्ति र निर्माणलाई अगाडि बढाएको छ ।
जुछे क्रान्तिको ध्येयलाई अगाडि बढाउने ऐतिहासिक बाटोमा पार्टीले हाम्रा जनतालाई इज्जतदार र स्वतन्त्र जनताको रूपमा र क्रान्तिको शक्तिशाली उत्प्रेरक शक्तिको रूपमा प्रशिक्षित गरेको छ ।
जुछे क्रान्तिको ध्येय हासिल गर्न स्वतन्त्र उत्प्रेरक शक्तिको रूपमा आम जनतालाई प्रशिक्षित गरेर पार्टीले निकै ठुलो उपलब्धि हासिल गरेको छ ।
आम जनता नै आफ्नो भाग्य र भविष्यका मालिक हुन् र स्वतन्त्रताको ध्येयलाई कार्यान्वयन गर्न उनीहरू जीम्मेवार छन् । तर, क्रान्तिकारी पार्टीको सच्चा नेतृत्व मातहत मात्रै उनीहरू क्रान्तिको सच्चा उत्प्रेरक शक्ति बन्न सक्दछन् ।
(४ अक्टोबर २०१५ मा कोरियाली मजदुर पार्टीको ७० औँ स्थापना दिवसको अवसरमा २२ असोज, २०७४ मा प्रकाशित ‘किम जोङ उन’ बाट साभार)
Leave a Reply