महान् नेता किम इल सङको स्मृति दिवस (८–जुलाई)
- असार २४, २०८३
(वासिङ्टनले अब भारतीय हितलाई बेवास्ता गर्दै क्षेत्रीय खेलाडीहरूसँग प्रत्यक्ष काम गर्न थालेको छ ।)
गत महिना, संयुक्त राज्य अमेरिकाको सेनाले आफ्नो ‘इन्डो–प्यासिफिक कमान्ड’ लाई फेरि ‘प्यासिफिक कमान्ड’ नामकरण ग¥यो । पेन्टागनले दाबी ग¥यो कि यो केवल इतिहासको फिर्ती भएको हो जबकि क्षेत्राधिकार उहीँ नै रह्यो पुरानो नाममा फर्कियो । तर, भूराजनीतिले भन्छ कि नाम कहिल्यै केवल नाम मात्र हुँदैन । त्यो सङ्केत हो, आसन हो र सङ्क्षिप्त रणनीति हो । ती कूटनीतिक र सैन्य चालहरूले तपाईँलाई आगामी चरणहरूमा कुन कुरामा ध्यान दिनुपर्छ भन्ने बताउँछन् ।
पहिलो ट्रम्प प्रशासनका पालामा २०१८ मा नयाँ दिल्लीप्रति जानाजानी झुक्न ‘इन्डो’ थपिएको थियो । यो अमेरिकाको भन्ने तरिका थियो : द्विध्रुवीय विश्वमा चीन मुख्य चुनौती हो, भारत अपरिहार्य लोकतान्त्रिक प्रतिभार हो अनि हिन्द तथा प्रशान्त महासागर एउटा सहज रणनीतिक रङ्गमञ्च हो ।
तत्कालीन रक्षा सचिव जेम्स म्याटिसले नाम परिवर्तन गर्नु प्रशान्त महासागर र भारतबिचको बढ्दो अन्तरसम्बन्धको स्वीकृति भएको उल्लेख गरेका थिए । “बलिउडदेखि हलिउडसम्म र पेङ्गुइनदेखि ध्रुवीय भालुसम्म,” उनले यसरी भनेका थिए ।
स्पष्ट रूपमा भन्नुपर्दा अब त्यो रहेन, ‘इन्डो’ गायब भयो । प्रतीकात्मकताले छिट्टै ध्यान खिच्यो । नाम परिवर्तनको प्रतिक्रिया दिँदै, भारतीय सांसद शशि थरूरले अमेरिका, अस्ट्रेलिया, भारत र जापानबिचको साझेदारीलाई उल्लेख गर्दै एक्स (X) मा लेखे, “क्वाडको शवपेटीमा थप अर्को किला ?”
तर, यो कदम दक्षिण एसियाको लागि अझ महत्वपूर्ण छ । वासिङ्टनले चुपचाप त्यो युगको अन्त्यको घोषणा गरिरहेको छ, जहाँ भारत यस क्षेत्रको लागि अमेरिकाको अनुमानित उपठेकेदार थियो । त्यहाँ धेरै राम्रा कारणहरू र हालका घटनाहरू छन्, जसले यो परिवर्तनको नेतृत्व गर्यो ।
वर्षौँसम्म, (इण्डियन) उपमहाद्वीपको अमेरिकी मानसिक नक्सामा भारत बोल्ड फन्टमा थियो । पाकिस्तान टाउको दुखाइको विषय थियो । बङ्गलादेश एउटा कपडा कारखाना र विकास परियोजना थियो । नेपाल हिमालयको बफर पर्खाल हो भनी नयाँ दिल्लीसँग राम्रोसँग छलफल गरेपछि तय भयो । सिद्धान्ततः साना छिमेकीहरू सार्वभौम थिए र व्यवहारमा भारतको भूराजनीतिक अपार्टमेन्ट कम्प्लेक्समा भाडामा बस्ने व्यक्तिको रूपमा व्यवहार गरिन्थ्यो ।
त्यो नक्सा अब यथार्थ समयमा पुनः कोरिँदैछ ।
एउटा नयाँ, अझ प्रवाहमय दक्षिण एसिया उदाउँदैछ जसमा अमेरिकाले पाकिस्तान, बङ्गलादेश र नेपालसँग प्रत्यक्ष रूपमा, अझ नजिकबाट संलग्न भइरहेको छ । भारतको क्षेत्रीय नीतिको परिशिष्टका रूपमा होइन† बरू आफ्नै अधिकार, स्रोत र चासो भएका पात्रका रूपमा । कुनै पनि व्यापारिक लेनदेन जस्तै† बिचौलिया हटाउनु दुवै पक्षका लागि लाभदायक हुन्छ ।
यी देशहरू शीतयुद्धकालीन शैलीका सहयोगी बनिरहेका छैनन् । यिनीहरू बहुध्रुवीय संसारमा अमेरिकाको लागि धेरै आधुनिक र धेरै हिसाबले उपयोगी बन्दै छन् । लेनदेनात्मक साझेदारहरू जसले स्वार्थहरू जहाँ मिल्छन् त्यहाँ सहयोग गर्छन र चीन, रूस, भारत वा अरू कसैसँग व्यवहार गर्ने स्वतन्त्रता सुरक्षित राख्छन् ।
केही भारतीय रणनीतिकारहरूले तर्क गरेका छन् कि यो क्रमिक अवगावले (Gradual Decoupling) ले अमेरिकालाई अझ क्षेत्रीय प्रतिस्पर्धी बनाउँछ । वास्तवमा अमेरिकी अधिकारीहरूले भारतलाई केवल रणनीतिक साझेदारको रूपमा मात्र नभई उदाउँदो व्यावसायिक प्रतिस्पर्धीको रूपमा हेरिरहेका छन्, जसको औषधि, सूचना प्रविधि, इलेक्ट्रोनिक्स उत्पादन र सेमिकन्डक्टर महत्वाकाङ्क्षामा भएको प्रगतिले एकदिन अमेरिकी कम्पनीहरूलाई चुनौती दिन सक्छ ।
सोभियत सङ्घ विघटनपछिको अमेरिकी एक–ध्रुवीयताको उत्साहपूर्ण युगमा चीनसँगको आफ्नो अनुभवबाट सिक्दै, जसमा व्यापारीवादीहरूले तर्क गर्छन् कि त्यसले अमेरिकी हितको सट्टामा चीनलाई असमान रूपमा फाइदा पु¥यायो । अमेरिका भारतसँग त्यही गल्ती दाहो¥याउन हिच्किचाएको छ ।
अझ व्यापक रूपमा भन्नुपर्दा, वासिङ्टनले भारतसहित कुनै पनि एकल शक्तिलाई दक्षिण एसियामा प्रभुत्व जमाउनबाट रोक्न दृढ देखिन्छ र बहुलवादी क्षेत्रीय सन्तुलनलाई सक्रिय रूपमा प्रवद्र्धन गरिरहेको छ । हामी वास्तवमा भारतको क्षेत्रीय भिटोको अन्त्य देखिरहेका छौँ । वासिङटनले दक्षिण एसियाका प्रत्येक राजधानीलाई नयाँ दिल्लीको शाखा कार्यालयको रूपमा व्यवहार गर्न बन्द गरेको छ ।
अमेरिकाले पेइचिङसँग चयनात्मक समायोजन गर्दैछ । बङ्गलादेशमा लोकतान्त्रिक रूपान्तरणलाई समर्थन गर्दैछ । नयाँ दिल्लीले आफ्नो ‘क्लाइन्ट शासन’ (Client Regime) गुमाउने चिन्ता व्यक्त गरे तापनि नेपालसँग प्रत्यक्ष संलग्न भइरहेको छ र म्यानमारमा त्यस्ता कदमहरू चालिरहेको छ जसलाई भारतीय सरकारले आफ्नो उत्तरपूर्वी सुरक्षालाई जटिल बनाउने रूपमा देख्छ ।
यस परिवर्तनमा पाकिस्तानले एउटा खुलासा गर्ने केस स्टडी प्रस्तुत गर्दछ । दशकौँसम्म अमेरिका–पाकिस्तान सम्बन्ध लगभग विशेष रूपमा आतङ्कवादप्रति केन्द्रित एक निष्क्रिय चक्रमा फसेको थियो । तर, इस्लामाबादले आफ्नो कूटनीतिक ‘आकर्षक आक्रामकता’ (Charm Offensive) को साथ समीकरण सफलतापूर्वक परिवर्तन गरेको छ ।
फिल्ड मार्शल असिम मुनिरले पाकिस्तानलाई महत्वपूर्ण खनिजहरू खोजिरहेको खाडीको पुँजी (Gulf Capital), अमेरिकी प्रविधि (American Technology) र प्रशान्त अर्थतन्त्र (Pacific Economies) हरूबिच रणनीतिक सम्बन्ध सेतुको रूपमा प्रस्तुत गरिरहेका छन् । रेको डिक (Reko Diq Deposits) तामा र सुन खानीसहित खर्बौँ बराबरको सम्भावित विशाल भण्डारका साथ, पाकिस्तान चिनियाँ प्रभुत्व रहेको आपूर्ति श्रृङ्खलाको विकल्प बन्न सक्छ ।
ट्रम्पको व्यक्तिगत र पारिवारिक सर्कलमा प्रत्यक्ष सैन्य नेतृत्वको पहुँचमार्फत पाकिस्तानले आफू १९ प्रतिशतको अनुकूल कर (Tariff) र बलुचिस्तान लिबरेशन आर्मीलाई आतङ्कवादी घोषित गरायो । पाकिस्तानले चीनसँग घनिष्ठ सम्बन्ध कायम राखी खनिज, व्यापार र क्षेत्रीय स्थिरतामा अमेरिकासँग व्यावहारिक सहयोग विस्तार गर्न सक्छ ।
१७ करोड जनसङ्ख्या र बङ्गालको खाडीमा रणनीतिक स्थान भएको बङ्गलादेश अझ बढी आकर्षक छ । बङ्गलादेश महत्वपूर्ण समुद्री मार्ग, भारतको उत्तरपूर्वी भाग र अस्थिर म्यानमार नजिकैको उत्पादन शक्तिगृह हो । धेरै समयदेखि, वासिङटनले यसलाई विकास सहायता वा भारतीय सुरक्षा चिन्ताको लेन्सबाट मात्र हेथ्र्यो ।
आज थप आत्मविश्वासी बङ्गलादेशले चिनियाँ उपकरण किन्दै र भारतसँग व्यापार गर्दै अमेरिकी लगानी, ऊर्जा सम्झौता र प्रविधि साझेदारीलाई अगाडि बढाउन सक्छ । रोहिङ्ग्या स्वदेश फिर्ती र सुरक्षित क्षेत्र (सम्भवतः संयुक्त राष्ट्र सङ्घ वा म्यानमारमाथि प्रतिबन्धको दबाबमार्फत) को लागि मानवीय हस्तक्षेपको नेतृत्व वा समर्थन गरेको अमेरिकाले बढ्दो चीन–भारत–म्यानमार गठबन्धनको सामना गर्न सक्दछ र बङ्गलादेशको ‘पहिला भारत’ नीतिमा परिवर्तन भएपछि ढाकामा प्रभाव पुनर्निर्माण गर्ने र एक प्रमुख क्षेत्रमा लाभ सुरक्षित गर्न सक्छ ।
भारत–सम्बन्धलाई रोमान्टिक बनाएर र यसलाई अनौपचारिक भिटो दिएर वासिङ्टनले पदानुक्रमिक भूराजनीतिक संरचनालाई बलियो बनायो, जहाँ भारत शीर्ष स्थानमा थियो । वासिङ्टन चीनविरोधी सन्तुलन खोज्न यति आतुर थियो कि कहिलेकाहीँ उसले साझेदारीलाई सम्मान ठानी भ्रमित भयो । प्यासिफिक कमाण्ड नामको पुनःस्थापनाले त्यो युग आफ्नो प्राकृतिक अन्त्यमा पुगेको सङ्केत गर्छ ।
यसको अर्थ भारतलाई बाहिर निस्क भनी ढोका देखाइएको नभई केवल खेल मैदान साझा गर्न भनिएको हो । वासिङ्टन अझै पनि दिल्लीको बजार शक्ति, ब्लु–वाटर नौसेना र कोडिङ् प्रतिभा चाहन्छ, तर यो रोमान्स अब व्यावहारिक, सेयरहोल्डर साझेदारीलाई बाटो दिइरहेको छ । दक्षिण एसिया एक व्यस्त बजारमा परिणत हुँदैछ, जहाँ पुँजीहरूले एकपछि अर्को सम्झौताहरू गर्दैछन् । पाकिस्तान पेइचिङसँग सम्बन्ध राख्दै सुरक्षा ग्यारेन्टीका लागि खनिजहरू साट्छ । बङ्गलादेश अरूलाई ढोका बन्द नगरिकनै अमेरिकी संलग्नता स्वीकार गर्छ । यो घुमाउरो कदमले अमेरिकाको विकल्पहरू बढाउँछ र भारतलाई क्षेत्रीय निषेक्षाज्ञाको सट्टा प्रतिस्पर्धी प्रस्तावहरूमार्फत साथीहरू जित्न बाध्य पार्छ ।
जब पेन्टागनले ‘इन्डो’ लाई प्यासिफिक कमान्डबाट हटायो, यसले जमिनमा पहिले नै देखिएको परिवर्तनलाई छाप मात्र लगाएको थियो । (इण्डियन) उपमहाद्वीप अब भारतद्वारा हस्ताक्षर गरिएको भित्तेचित्र होइन, मोजेएकको रूपमा देखिन्छ । आजको संसारमा, दिर्घकालीन प्रभाव उसैको हुन्छ, जसले एकैपटक धेरै सम्बन्धहरू सम्हाल्न सक्छ र यही नै हो भीडभाड भएको बुद्धिचालको बोर्डमा नयाँ खेल ।
(लेखक केन्टकी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका लेक्चरर हुन् ।)
स्रोत : अलजजीरा
Leave a Reply