भर्खरै :

आँधीका कारण ताइवानमा हजारौँ विस्थापित

आँधीका कारण ताइवानमा हजारौँ विस्थापित

ताइवान, २७ असार (एएफपी) । जापानबाट चीनतर्फ धकेलिएको आँधी बावीका कारण ताइवानमा १४ हजारभन्दा बढी मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् भने धेरै पसल तथा व्यावसायहरू बन्द रहेको जनाइएको छ ।
बावीले आँधी ओकिनावामा हजारौँलाई प्रभावित बनाएको छ भने आइतबार बिहान चीनमा अवतरण गर्ने अपेक्षा गरिएको छ ।
बावीका कारण आएको तीव्र हावा र भारी वर्षाले सबैभन्दा बढी प्रभावित क्षेत्र ताइवानको बन्दरगाह सहर कीलुङमा सडकहरू सुनसान भएको जनाइएको छ ।
गत सोमबार गुआम र उत्तरी मारियानासमा प्रहार गरेपछि, बावीले प्रशान्त महासागर क्षेत्रमा अवतरण गरेको जनाइएको छ ।
ताइवानको केन्द्रीय मौसम विभागले (सीडब्लुए) बावीको अधिकतम निरन्तर हावाको गति १४४ किलोमिटर प्रतिघन्टामा झरेको जनाइएको छ भने शनिबार करिब १८० किलोमिटर प्रतिघण्टाको हावाको साथले आँधीबेहरीको तीव्रतामा कमजोर भएको बताएको छ ।
सिडब्लुएले उत्तरी ताइवानमा भारी वर्षा र बावी टापुको उत्तरमा पुग्दा तटमा १० मिटर अग्लो खतरनाक छालहरूको चेतावनी दिएको छ ।
आँधीका कारण २७ हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएको जनाएको छ ।
आँधीको प्रभाव शनिवार दिउँसोको समयमा बढी प्रभावकारी हुने सिडब्लुएका पूर्वानुमान –कर्ता जेसन चेङलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
बावी शुक्रबार ताइवानमा ३० वर्षभन्दा बढी समयपछि आएको सबैभन्दा ठुलो टाइफुन हुने र त्यसबेलादेखि यसको तीव्र हावाको दर ३५० किलोमिटरमा सङ्कुचित हुने अनुसार गरिएको चेङले बताउनुभएको छ ।
केही ताइवानीहरूले सरकारको टाइफुन चेतावनीमा निराशा व्यक्त गरेका छन् भने जसले गर्दा अधिकांश व्यवसायहरू बन्द गर्न र मानिसहरूलाई घर भित्रै बस्न बाध्य बनाएको थियो ।
सरकारी प्रतिवेदनले आँधीलाई यसलाई पूर्णतया डरलाग्दो बनाइ सबैलाई आतङ्कित पारेको किलुङका अर्का एक जना व्यावसायी लीले आँधीका कारण व्यापार गुमाएकोमा निराश भएको बताउनुभएको छ ।
टाइफुनले जापानको दुर्गम दक्षिणपश्चिमी टापुहरूमा प्रहार गर्दा मियाको क्षेत्र सबैभन्दा बढी प्रभावित भएपछि ओकिनावाका १८ हजारभन्दा बढी घरपरिवार र सुविधाहरूले बिजुली गुमाएको जनाएको छ ।
आँधीका कारण जापानी एयरलाइन्सहरूले दर्जनौँ उडानहरू रद्द गरेको जनाइएको छ भने यसका कारण २६ हजारभन्दा बढी यात्रुहरू प्रभावित भएका छन् ।
बावीले सबैभन्दा खराब अवस्था लिइरहेको जनाउँदै सामाजिक सञ्जाल एक्समा पोस्ट गर्नुभएको छ ।
फिलिपिन्समा शुक्रबार दक्षिणी टापु मिन्डानाओमा भएको भारी वर्षाले गर्दा आएको दुई वटा पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
सरकारी टेलिभिजन सिसिटिभीका अनुसार पूर्वी झेजियांग प्रान्त र उत्तरपूर्वी फुजियान प्रान्तमा भारी वर्षा हुने पूर्वानुमान गरिएको जनाइएको छ ।
झेजियांगको सियागुआन सहरमा, दश हजारभन्दा बढी मानिसहरूलाई तीव्र हावाको जोखिमका कारण आफ्नो घरबाट सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको सिसिटिभीले जनाएको छ ।
लामो समयसम्म चलेको चरम मौसमले यस हप्ता दक्षिणी तथा मध्य चीनमा विनाश गरेको जनाइएको छ भने आँधीबेहरीले कम्तिमा ३९ जनाको ज्यान लिनुका साथै दर्जनौँ नदीहरूमा बाढी आएको छ र जलाशयका बाँध फुटेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *