भर्खरै :

कार्की आयोगको प्रतिवेदन सार सङ्क्षेप – ५४ जिल्ला प्रशासन कार्यालय, मकवानपुर

कार्की आयोगको प्रतिवेदन सार सङ्क्षेप – ५४ जिल्ला प्रशासन कार्यालय, मकवानपुर

जेन्जीको नाममा २०८२ भदौ्र २३ गतेको घटना र भदौ २४ गते राति नेपाली सेनाको परिचालनपश्चात् बिहानसम्म व्यक्तिगत रिरिइबीका कारण सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण सम्बन्धमा उक्त प्रदर्शनको क्रममा मकवानपुर जिल्लामा भएको घटनासम्बन्धी विवरण देहायबमोजिम रहेको व्यहोरा आदेशानुसार अनुरोध छ ।
मिति २०८२ भदौ २३ गतेको मुख्य घटनाक्रम
मिति २०८२/०५/ २३ गते बिहान १०ः०० बजे उपमहानगरपालिकाको कार्यालय अगाडि अन्दाजी १२००/१३०० जना युवा÷विद्यार्थीहरू भेला (जम्मा) भई विभिन्न नाराहरू गर्दै प्रदर्शन सुरु भएको । प्रदेश सभा कार्यालयअगाडि पुगी नाराबाजी गरी पुनः राम मन्दिर, बाइपास रोड, त्ऋल् रोड, सीमाचोक हुँदै बुद्ध चोकमा पुगी नाराबाजी गरी १५ः१५ बजेको समयमा शान्तिपूर्ण रूपमा तितरवितर भएको ।
मिति २०८२ भदौ २४ गतेको मुख्य घटनाक्रम
– अन्दाजी ०९ः०० जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं. ४ सीमा चोकमा अन्दाजी १००/२०० जनाको सङ्ख्यामा युवाहरू भेला भई प्रदर्शन सुरु गरेकोमा पछि युवाहरू थपिदै अ.१५००/२००० जनाको सङ्ख्यामा जम्मा भई सरकारी कार्यालयहरू तोडफोड तथा आगजनी गर्दै अगाडि बढेको ।
– मिति २०८२/०५/२४ गते अन्दाजी १०ः४५ मकवानपुर बहुमुखी क्याम्पस भित्र लगाईएको विद्यार्थी सङ्गठनको व्यानर तोडफोड गरिएको ।
– अन्दाजी ११ः३० बजेको समयमा हेटौडा उपमहानगरपालिका वडा नं. १० स्थित युद्धचोकमा रहेको हेटौडा उपमहानगरपालिकाको बोर्ड तोडफोड गरीएको ।
– अन्दाजी ११ः५० अन्दाजी २००/२५० जनाको सङ्ख्यामा रहेका जेनजेड समर्थकहरूले मनहरी गाउँपालिका वडा नं. ७ मनहरी बजारमा इलाका प्रहरी कार्यालय नजिकै रहेको नेपाली काङ्ग्रेस, एमाले र ने.क.पा. माओवादी पार्टी कार्यालयको ताल्चा फोडी जलाएको ।
– अन्दाजी १२ः४५ प्रदर्शनकारीहरूले जिल्ला समन्वय समिति मकवानपुरको तीन तले भवनमा तोडफोड तथा आगजनी तथा उद्योग तथा वाणिज्य कार्यालयको गाडीमा आगजनी गरेको ।
– अन्दाजी १२ः५५ बजे जिल्ला मालपोत कार्यालयमा प्रदर्शनकारीहरूले तोडफोड तथा आगजनी गरी पूर्ण रूपमा क्षति गरेको ।
– अन्दाजी १३ः३० वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय रहेको ६ तले भवन तोडफोड तथा आगजनी ।
– अन्दाजी १३ः४० वाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा तोडफोड गरी फर्निचरका सामानहरू निकाली आगजनी गरी सरकारी मोटरसाइकलमा समेत आगो लगाएको ।
– अन्दाजी १३ः५५ अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयमा तोडफोड आगजनी ।
– अन्दाजी १४ः०० आन्तरिक राजस्व कार्यालय तोडफोड तथा आगजनी गरेको ।
– अन्दाजी १४ः१० हेटौडा उपमहानगरपालिका वडा नं. २ स्थित रहेको उच्च अदालत पाटनको हेटाँैडा इजलास तोडफोड तथा आगजनी गरेको ।
– अन्दाजी १४ः२० उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा प्रदर्शनकारीहरूले तोडफोड तथा आगजनी गरेको । भवनको पहिलो तला आगजनीबाट पूर्ण रूपमा क्षति भएको र दोस्रो, तेस्रो तलामा तोडफोड गरी क्षति पु¥याएको ।
– अन्दाजी १४ः३५ वाग्मती प्रदेशको प्रदेश सभा भवनमा प्रदर्शनकारीहरू प्रवेश गरी आगजनी ।
– अन्दाजी १४ः४५ स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयको ४ तले भवन प्रदर्शनकारीहरूले तोडफोड तथा आगजनी गरी पूर्ण रूपमा क्षति भएको ।
– अन्दाजी १४ः५५ जिल्ला मकवानपुर मनहरी गाउँपालिकाका वडा नं. ९ मा रहेको मनहरी गाउँपालिकाको कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेको ।
– अन्दाजी १५ः४५ इलाका प्रहरी कार्यालय नेवारपानीमा प्रदर्शनकारीहरू प्रवेश गरी आगजनी गरेको ।
– अन्दाजी १५ः५५ बानिया निर्माण सेवाको १० कोठाको भुइँतले यार्ड प्रदर्शनकारीहरू प्रवेश गरी तोडफोड तथा आगजनी गरी पूर्ण रूपमा क्षति भएको ।
– अन्दाजी १६ः१० वडा कार्यालय भवनमा रहेको डिजिटल बोर्ड, ऋऋत्ख् क्यामरा प्रदर्शनकारीहरूले तोडफोड गरेको ।
– अन्दाजी १६ः२० सवारी परीक्षण कार्यालयमा रहेको स्कारपियो १, पिकअप–१. मो.सा.२ आगजनी गरी पूर्ण रूपमा क्षति गरेको ।
– अन्दाजी १६ः२५ यातायात व्यवस्था कार्यालयमा प्रदर्शनकारीहरूले तोडफोड तथा आगजनी गरी पूर्ण रूपमा क्षति गरेको ।
– अन्दाजी १६ः३० नारायणी यातायात व्यवसाय कम्पनी प्रा.लि. मा तोडफोड तथा आगजनी गरेको ।
– अन्दाजी १६ः३५ उपमहानगरपालिका वडा नं. ३ बसामाडीस्थित रहेको प्रहरी चौकी तोडफोड तथा आगजनी क्षति ।
– अन्दाजी १६ः४० सहरी विकास तथा भवन कार्यालय प्रदर्शनकारीहरूले तोडफोड तथा आगजनी ।
– अन्दाजी १७ः०० जिल्ला अदालत मकवानपुरमा प्रदर्शनकारीहरू प्रवेश गरी कार्यालयमा तोडफोड ।
– अन्दाजी १७ः०५ कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरी कार्यालयमा तोडफोड तथा आगजनी गरेको । तोडफोड तथा आगजनी कोप नियन्त्रकको कार्यकक्षका फाइलहरू छरपस्ट गरेको, जेनेरेटरमा आगजनी गरेको, टाटासुमो–१. मो.सा.–३ जली पूर्ण रूपमा नष्ट भएको ।
– अन्दाजी १७ः१० वाग्मती प्रदेश प्रमुख सचिवको ३ तले पक्की निवास प्रदर्शनकारीहरूले तोडफोड गरी आगजनीे ।
– अन्दाजी १७ः२० वाग्मती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदर्शनकारीहरूले तोडफोड गरेको ।
– अन्दाजी १७ः३० नापी कार्यालयको ३ तले भवनमा प्रदर्शनकारीहरूले तोडफोड तथा आगजनी ।
– अन्दाजी १७ः४० लोकसेवा आयोग प्रदर्शनकारीहरूले तोडफोड गरेको ।
– अन्दाजी १७ः५५ उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयको भवनको झ्याल, ढोका तथा मूलगेट प्रदर्शनकारीहरूले तोडफोड ।
– अन्दाजी १८ः१० रहेको हेटौँडा उपमहानगरपालिकाको ४ नं. वडा कार्यालय र जिल्ला खेलकुद विकास समितिको कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेको ।
– अन्दाजी १८ः२० कृषि भवनमा प्रदर्शनकारीहरूले ढुङ्गामुढा तथा तोडफोड ।
– अन्दाजी १८ः३५ प्रदेश आपत्कालीन सञ्चालन केन्द्र (एभ्इऋ), जिल्ला ट्राफिक कार्यालय मकवानपुरमा प्रदर्शनकारीहरूले तोडफोड तथा आगजनी गरेको ।
– अन्दाजी १८ः३५ वाग्मती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रदर्शनकारीहरूले तोडफोड तथा आगजनी गरेको ।
– अन्दाजी १८ः४० वाग्मती प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म मकवानपुर, प्रदर्शनकारीहरूले तोडफोड तथा आगजनी गरेको ।
– अन्दाजी १८ः४५ वडा नं ११ कार्यालय भवन तोडफोड तथा आगजनी गरेको ।
मिति २०८२ भाद्र २५ गतेको मुख्य घटनाक्रम
– अन्दाजी १२ः५५ कारागार कार्यालय भीमफेदीबाट कैदीबन्दी गेट तोडेर बाहिर निस्की मेनगेटमा भेला भई कारागार प्रशासनको भवन, मेनगेट, सशस्त्र प्रहरी बल, नेपाल कारागार सुरक्षा वेश भीमफेदीको जु.अ. व्यारेक, चेकजाँच कक्ष, कारागार प्रशासनमा तोडफोड/आगजनी गरेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *