पार्टी कार्यकर्ताहरू देश र जनताको निःस्वार्थ सेवामा समर्पित हुनु जरुरी
- असार २८, २०८३
भक्तपुर, २९ असार । २०८३ असार ७ गतेबाट सुरु भएको भक्तपुर नगरपालिकाको बीसौँ नगरसभा असार २९ गते सोमबार सम्पन्न भयो ।
नगरसभाका सभाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरसभाको सोमबारको बैठकले भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन, २०८३ सर्वसम्मतिले पारित ग¥यो ।
बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को खरिद गुरु योजना र वार्षिक खरिद योजना, भक्तपुर नगरपालिकाबाट कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०८३, देको मिवा इतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी घरलाइन र साविक क्षेत्रफलबमोजिम नक्सा पाससम्बन्धी प्रस्ताव र नगरपालिकाको कर्मचारी म्याद थप, तलबी प्रतिवेदन, विकास निर्माण र योजनाहरूको फरफारकसम्बन्धी विविध प्रस्तावहरू पारित गर्यो । सभाले भक्तपुर नगरपालिका, भौतिक पूर्वाधार तथा निर्माण मापदण्डसम्बन्धी विनियम, २०६० को परिच्छेद–५ अन्तर्गत रहेको विशेष व्यवस्थामा नयाँ बुँदा नं. १४ थप गर्ने प्रस्ताव पारित ग¥यो ।
सभामार्फत सभाध्यक्ष प्रजापतिले २० औँ नगरसभा उद्घाटन समारोहका प्रमुख अतिथि, विशेष अतिथि, अतिथि गण, बुद्धिजीवी, सञ्चारकर्मी, कर्मचारी, नगरबासीलगायतमा नगरसभा सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउनुहुने सभासद्हरूलाई समेत धन्यवादज्ञापन गर्नुभयो ।
उहाँले जनप्रतिनिधि जुनसुकै अवस्थामा पनि जनताको सेवाका लागि सधैँ तयारी अवस्थामा रहनुपर्ने उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारीहरूले जनताको हितलाई केन्द्रमा राखेर जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाले गरेका हरेक काम र गतिविधिलाई जनताले सूक्ष्म रूपमा मूल्याङ्कन गरिरहेको उल्लेख गर्दै उहाँले जनविश्वास कायम राख्न पारदर्शी, उत्तरदायी र प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।
उक्त सभामा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाको २० औँ नगरसभाको सङ्क्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply