भर्खरै :

“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”

“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”

भक्तपुर, ३० असार । प्रभात इङलिश सेकेन्डरी स्कूलकोे भक्तपुर जिल्लाव्यापी टेबलटेनिस प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रभात इङलिश सेकेन्डरी स्कूल व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले हार जितको लागि मात्र होइन यो अनुभवको लागि पनि आवश्यक छ भन्नुभयो । खेलले देशहरूबिचको सम्बन्ध राम्रो बनाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ । सन् १९१७ मा भएको टेबुलटेनिस खेलाडीहरूको आदानप्रदानले संरा अमेरिका र चीनबिचको तनाव घटेको हो ।”
उहाँले भन्नुभयो, “भक्तपुर पुर्खाले सिर्जेको सांस्कृतिक सहर हो । ३०–४० वर्ष यता भक्तपुर खेलाडीहरूको सहर पनि हो । पच्चीस वर्ष यता भक्तपुर स्नातक तह उत्तीर्ण, इन्जिनियर र नर्सहरू धेरै भएको सहर भयो ।”
वाग्मती प्रदेश सांसद सृजना सैँजूले भक्तपुर जिल्लाव्यापी टेबलटेनिस प्रतियोगितामा २० वटा विद्यालयका १२० जना विद्यार्थीको उत्साहजनक सहभागिताको कारण विद्यार्थीहरूको Sportsmanship विकासमा विद्यालयले सुरुआत गरी सहयोग गरिदिनुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले खेल शारीरिक र मानसिक तन्दुरुस्तीका लागि मात्र नभई खेल देशप्रेमसँग पनि जोडिएको हुन्छ भन्नुभयो । खेलकुदले कूटनीतिक, राजनीतिक सम्बन्धलाई पनि सहयोग पु¥याउने कुरा उल्लेख गर्दै उहाँले देशलाई सधैँ प्राथमिकतामा राखेर खेल्न आग्रह गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष, युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेलले अनुशासन र मित्रतालाई पनि सहयोग गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले खेलाडीहरूलाई प्रोत्साहन दिन भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालयहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूलाई प्रोत्साहन गर्न छात्रवृत्ति सुविधा दिने तयारी रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक मोहनदास बासुकलाले विद्यालयले विद्यार्थीलाई खेलकुद प्रतियोगिता गरेर एक्सपोजर गरेकोमा आभार व्यक्त गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल स्वर्णिमा मूलले स्वागत तथा बधाईज्ञापन गर्नुभयो । प्रतियोगिता संयोजक मुना बासुकलाले कार्यक्रम सञ्चालन गर्नुभयो ।
त्ेन्ट छात्र टीममा प्रभात इङलिस प्रथम, प्रोक्सिमा इन्टरनेसनल एकेडेमी दोस्रो, लर्नर्स एकेडेमी र जेन्युइन सेकेन्डरी स्कूल तृतीय भएका थिए ।
त्ेन्ट छात्रा टीममा प्रभात इङलिस प्रथम, लर्नर्स एकेडेमी दोस्रो, प्रोक्सिमा इन्टरनेसनल एकेडेमी र जेन्युइन सेकेन्डरी तेस्रो भएका थिए ।
छात्र सिङ्गल १६ वर्षमुनिको खेलमा सफल सुवाल (प्रभात) प्रथम, नयन लालुवा (प्रोक्सिमा) द्वितीय र कृषल अवाल (लर्नर्स) र रिजन (प्रोक्सिमा) तृतीय भएका थिए ।
छात्रा सिङ्गल १६ वर्षमुनिको खेलमा अरबी सुवाल (प्रभात) प्रथम, मालश्री सुवाल (लर्नर्स) द्वितीय र सोना बासुकला (प्रभात) र सिमोन दुवाल
(लर्नर्स) तृतीय भए ।
त्यस्तै छात्र सिङ्गल १२ वर्षमुनिको खेलमा श्रीयान लाखे (प्रभात) प्रथम, अर्बित गाइँजु (प्रोक्सिमा द्वितीय र एलेक्स सुवाल (एभरेस्ट) र स्वर्णिम सितिखु
(प्रभात) तेस्रो भए ।
छात्रा समूहमा आरोही सुवाल
(प्रभात) प्रथम, सैना लिबि (प्रोक्सिमा) द्वितीय र एलिसिया न्हुछे (प्रभात) र आशिका बजगाई (बरदायिणी) तेस्रो भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *