कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –३
- श्रावण ३, २०८३
भक्तपुर, ३ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगरपालिका – ७ स्थित वागीश्वरी तपा दोँफो एकाइ समितिको आयोजनामा भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा किसान भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्लाका उपाध्यक्ष न्हुछेभक्त फोजुले २०२५ साउन २ र २०२६ असार १९ गतेको स्मरण गर्दै किसानको लागि बीउबिजन नपाइने र रोपाइँको लागि मल नपाइएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले जहिलेसम्म भ्रष्टहरूलाई कारबाही गर्दैनन् तबसम्म जनताले दुःख पाइरहने उल्लेख गर्नुभयो ।
शिक्षा, स्वास्थ्य र विद्युत्मा कर लगाएर जनताको ढाड सेक्ने काम वर्तमान सरकारले गरेको बताउँदै उहाँले सम्पूर्ण जनता एक भएर भ्रष्टाचारविरुद्ध लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
वाग्मती प्रदेश सांसद गीता काफ्लेले देशमा भइरहेको भ्रष्टाचारबारे बोल्दै जनताको हितमा भन्दा व्यक्तिगत स्वार्थमा लागेकै कारण जनताले दुःख पाएको हो भन्नुभयो । उहाँले वाग्मती प्रदेशसभामा भइरहेको बेथितिहरूको बारेमा पनि बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला सदस्य अर्जुन काफ्लेले अहिलेको विकास निर्माणमा व्यापक भ्रष्टाचार भइरहेको बताउँदै आफ्नो टोल–टोलमा भएको विकास निर्माणमा सबैको चासो जानुपर्छ भन्नुभयो ।
गणेशराम सुवाल र बलराम काफ्लेले पनि बोल्नुभएको उक्त कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष कुमारप्रसाद सुवालले गर्नुभएको थियो ।
Leave a Reply