भर्खरै :

कार्की आयोगको प्रतिवेदनको सार सङ्क्षेप – ६१

कार्की आयोगको प्रतिवेदनको सार सङ्क्षेप – ६१

जिल्ला प्रशासन कार्यालय तनहुँ
२०८२ भदौ २४ गते बिहान १०ः०० बजेदेखि निषेधाज्ञा आदेश जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा रहेको सुरक्षा कमान्ड पोस्टमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागलगायत निकायका जिल्ला प्रमुख बसेर आवश्यक समन्वय, नियमन र निर्देशन गरिएको थियो ।
बिहान करिब ११ः०० बजेतिर अनसन चौतारीमा करिब ४०–५० जनाको हाराहारीमा प्रदर्शनकारी जम्मा भएर मध्याह्न करिब १२ः०० बजेतिर जिल्लास्थित राजनैतिक दलका कार्यालयहरूमा तोडफोड भयो । दिउँसो करिब १ः०० बजेदेखि ३ः०० बजेसम्म राष्ट्रपतिको व्यास–२ को निवासमा ढुङ्गा प्रहार, व्यास नगरपालिकामा तोडफोड र सवारी साधनमा आगजनी भयो । दिउँसो ३ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म जिल्ला सदरमुकामस्थित सरकारी कार्यालयहरूमध्ये डिभिजन वन कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, मालपोत कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँ जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालयमा तोडफोड र आगजनी तथा सवारी साधनमासमेत तोडफोड र आगजनी भएको थियो ।
साँझ ७ः०० बजेतिर केही प्रदर्शनकारीले कारागार कार्यालय तनहुँमा ढुङ्गामुढा गरे । त्यसपछि कारागारभित्रका कैदीबन्दीहरू पनि तोडफोड र आगजनीमा उत्रिई कारागारभित्र रहेका सम्पूर्ण ३२७ जना कैदीबन्दी कारागार तोडेर भागे । प्रदर्शनकारीबाट जिल्लाको शुक्लागण्डकी नगरपालिका तथा वडा कार्यालयहरूमा समेत तोडफोड र आगजनी भयो ।
२०८२ भदौ २५ गते व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका एवम् शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडा कार्यालयहरूमा आक्रमण तथा आगजनी गर्ने तयारी रहेको सूचना प्राप्त भएकाले ती स्थानहरूमा नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीले गस्ति गरी गराई सम्भावित जोखिम व्यवस्थापन गरेको हो ।
मिति २०८२/०५/२६ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट नेपाली सेनाको विज्ञप्ति नं. १३. मिति २०८२/०५/२५ गतेको विज्ञप्तिमार्फत भएको निषेधाज्ञा र कफ्र्यु आदेश प्रभावकारी कार्यान्वयन गर्न जिल्लास्थित सुरक्षा निकायहरूलाई समन्वयात्मक रूपमा परिचालित गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्की
२०८२/०५/२४ गते दिनको करिब १२ः०० बजे जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न जारी गरिएको कफ्र्यु आदेश कार्यान्वयनका लागि जिल्लास्थित नेपाली सेनाको कृष्णदल गण फूलबारी व्यारेकलाई पत्राचार गरी पठाइएको थियो ।
भदौ २४ गते बिहान १०ः०० बजेदेखि राति १०ः०० बजेसम्मका लागि लगाइएको कफ्र्युको उल्लङ्घन भई विध्वंसात्मक क्रियाकलाप बढेको थियो ।
भदौ २४ गते २२ः४० बजेको समयमा सृजनाचोकस्थित सृजना मिनि मार्केटमा लागेको आगो तथा लुटपाट नियन्त्रण गरी नजिकै रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको ब्लड बैङ्कलाई सुरक्षा दिइएको थियो ।
पोखरा ट्रेड मलमा भएको तोडफोड तथा आगजनी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अगाडि फार्मेसी तथा ग्च्ी द्यगष्मिष्लन मा भएको आगजनी र बीजी मलमा भएको आगजनी नियन्त्रण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *