संविधान संशोधनबारे व्यापक छलफलको आवश्यकता
- श्रावण ४, २०८३
भक्तपुर, ४ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कतारका लागि नेपालको पूर्वराजदूत श्यामानन्द सुमनले शिष्टाचार भेट गर्नुभयो । भेटको क्रममा उहाँहरूबिच भक्तपुर र सिम्रौनगढबिचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धबारे छलफल भयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणसँगै शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण र समग्र नगर विकासलाई प्राथमिकतामा राखी नागरिकमुखी सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभयो ।
पूर्वराजदूत सुमनले भक्तपुरको मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण तथा अन्तर्राष्ट्रिय समुदायमाझ यसको प्रचारप्रसारमा स्थानीय तहले गरिरहेको प्रयासको प्रशंसा गर्नुभयो ।
राजदूत सुमनले पाकिस्तान, फ्रान्स र कतारमा नेपालको राजदूतका रूपमा कार्य गरेको अनुभव सुनाउँदै २०२४ सालमा निजामती प्रशासन सेवामा प्रवेश गर्नुभएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय योजना आयोगमा करिब १० वर्षसम्म विभिन्न जिम्मेवारी सम्हालेर काम गरेको अनुभव पनि जानकारी दिनुभयो । सप्तरीको राजविराज स्थायी घर भएका सुमनले सार्वजनिक प्रशासन, योजना तथा कूटनीतिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले पूर्वराजदूत सुमनलाई नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो । सोही क्रममा पूर्वराजदूत सुमनले आफ्नो जीवनयात्रामा आधारित ‘जीवन एक रंग अनेक’ पुस्तक नगर प्रमुख प्रजापतिलाई हस्तान्तरण गर्नुभयो ।
Leave a Reply