प्रजग कोरियाली शिक्षकहरूको १५ औँ राष्ट्रिय सम्मेलनमा छोटो पाठ्यक्रमको अभिमुखीकरण
- भाद्र १९, २०८३
भक्तपुर, ४ साउन । ऐतिहासिक भ्रष्टाचारविरोधी दिवस (असार १९ तथा साउन २) को सन्दर्भमा नेपाल मजदुर किसान पार्टी, वडा नं ७ वडा, चोर्चा–इनाचो भेगीय समितिको आयोजनामा आइतबार एक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले हालको सरकार पनि प्रतिक्रियावादी नै भएको विचार राख्नुभयो । उहाँले सरकारका नीति नवउदारवादी भएको भन्दै संविधानविपरीत सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाएको उल्लेख गर्नुभयो ।
उहाँले नेमकिपाले इमानदारीको राजनीति गरेको भन्दै भ्रष्टाचारविरोधी आन्दोलनले नै भक्तपुरको राजनीतिलाई सफा बनाएको विचार राख्नुभयो । उहाँले नयाँ पुस्तालाई इतिहासबारे स्पष्ट पार्नुपर्ने उल्लेख गर्नुभयो ।
नेमकिपा, भक्तपुर नगर समितिका नारायणप्रसाद त्वानावासुले आन्दोलन तथा सङ्घर्षले नै भक्तपुरलाई सुसंस्कृति बनाउको तर्क गर्नुभयो । उहाँले भ्रष्टाचारविरोधी आन्दोलन पनि किसान आन्दोलनको एक पाटो भएको चर्चा गर्नुभयो ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष कृष्णगोविन्द खाइजूले भक्तपुको राजनीतिक आन्दोलनको इतिहासमा भ्रष्टाचारविरोधी आन्दोलनको इतिहास उदाहरणीय भएको बताउनुभयो ।
आयोजक समितिका उपाध्यक्ष विष्णराम दुमरुले किसानले मल दिन नसक्ने सरकार जनपक्षीय हुन नसक्ने विचार राख्नुभयो ।
कार्यक्रममा आयोजक समितिका सदस्य चन्दप्रसाद दुमरुले सङ्घर्षको भावनालाई जिउँदोजाग्दो राख्नुपर्ने भनाइ राख्नुभयो ।
Leave a Reply