बालेन र रवि के राजनीतिक प्राणी हुन् !
- श्रावण ४, २०८३
-वर्षा सुरु भएसँगै देशभरका ८० राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन बन्द हुने जोखिम बढेको समाचार प्रकाशित भयो । देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्गमा ठुला सवारी बिग्रिए वा दुर्घटनामा परे तत्काल हटाउने हेभी ड्युटी क्रेन, रिकभरी ट्रक र अन्य आधुनिक उपकरण नहुँदा सडक जाम हुने समस्या उत्पन्न भई यात्रु तथा सवारी चालकले सास्ती खेप्नुपरेको गुनासो छ । सरकार के हेरेर बस्दै छ ? आफू प्रतिपक्षमा हुँदा चितवन–मुग्लीन खण्डमा गएर उद्धारको नाटक गर्ने रास्वपाका सभापति रवि लामिछाने अहिले के गर्दै छन् ?
-महाकालीमा बाढी नआउँदै असार दोस्रो साताको वर्षाले महाकाली र जोगबुडा नदी किनारमा बनेको तटबन्ध भत्कायो । सामान्य वर्षामै पाँच करोडको क्षति भयो । नजिकैको कुतियाकभर बस्ती डुबानको उच्च जोखिममा छ । पानी निकासको दीर्घकालीन व्यवस्थापन नगरी गुणस्तरहीन निर्माण गर्ने सरकारी अधिकारी तथा ठेकेदारलाई रास्वपा सरकारले किन जिम्मेवार बनाएन ?
-पोखरा बजारको बिच भाग भएर बग्ने सेती नदी थुनिएर पहिरो खस्ने क्रम जारी रहेको चार दिन हुँदा पनि सम्बन्धित निकाय तथा सरकारको ध्यान किन नगएको ?
-भदौ २३ र २४ गतेको घटना जाँचबुझ आयोगले सुरक्षाकर्मीलाई गरेको कारबाही सिफारिसबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन २५ असारमै गृहमन्त्री सुधन गुरुङलाई भेटेर बुझाउन खोज्दा गृहमन्त्रीले ‘प्रम बालेन साहलाई बुझाउनू’ भन्ने जवाफ दिएको र प्रमले समय नदिएको समाचार प्रकाशित भयो । सरकारले किन प्रतिवेदन नबुझेको हो ?
-साउनदेखि पुँजीगत लाभकर साढे २ प्रतिशतले बढ्ने र कित्ताकाट रोकिने भएपछि गत असारमा घरजग्गा कारोबार बढेर एकै वर्षमा पौने ६१ अर्ब राजस्व बढेको देखियो । जग्गा खरिद बिक्री हुने घरजग्गा कारोबार उत्पादनमूलक क्षेत्र होइन । सर्वसाधारण जनताले आफ्नै पुर्खौली जग्गा अंशबन्डा गर्दा चर्को लाभकर तिर्नुपर्ने किन ?
Leave a Reply