अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र
- श्रावण ४, २०८३
भक्तपुर, ४ साउन । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाका क्यान्सर पीडित एक कर्मचारीलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । उपचारमा सहयोग पुग्ने उद्देश्यले नगरपालिकाको तर्फबाट प्रदान गरिएको उक्त सहयोग रकम नगर प्रमुख प्रजापतिले कर्मचारीलाई हस्तान्तरण गर्नुभएको हो ।
नगर प्रमुख प्रजापतिले कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै क्यान्सर जुनसुकै व्यक्तिलाई पनि हुन सक्ने भएकोले रोगसँग लड्न सबैभन्दा आत्मबल बलियो बनाउनुपर्ने बताउनुभयो ।
उहाँले हाल नेपालमै क्यान्सरको प्रभावकारी उपचार सम्भव भएकोले चिकित्सकको सल्लाहअनुसार नियमित उपचारमा लाग्न आग्रह गर्नुभयो ।
नेपाल कर्मचारी एशोसिएसन एकाइ समिति भक्तपुरका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर नगरपालिकाले यसअघि पनि उपचारका लागि धेरै कर्मचारीलाई आर्थिक सहयोग प्रदान गरिसकेको उल्लेख गर्दै आवश्यक सहयोगले कर्मचारीको मनोबल बढ्ने बताउनुभयो ।
क्यान्सर पीडित कर्मचारीले आफ्नो उपचारको कठिन समयमा आर्थिक तथा नैतिक साथको लागि भक्तपुर नगरपालिकाप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
Leave a Reply