भर्खरै :

“पुस्तक चिनियाँ मित्रहरूका निम्ति नेपाल र नेपाली संस्कृति एवम् समाज हेर्ने एउटा आँखीभ्mयाल बन्ने पूर्ण विश्वास छ”

“पुस्तक चिनियाँ मित्रहरूका निम्ति नेपाल र नेपाली संस्कृति एवम् समाज हेर्ने एउटा आँखीभ्mयाल बन्ने पूर्ण विश्वास छ”

चिठी पढ्न मन नपराउने विरलै मात्र होला । आफूलाई प्राप्त चिठी पढ्न मान्छेलाई अरु कुरामा भन्दा बढी हतारो, कौतूहलता र जाँगर बढी नै हुन्छ । अरु कसैको गोप्य चिठी पढ्न पाए मान्छेले अमृत भेटाएझैँ मौका छोपिहाल्छ । त्यस्तै, सौभाग्य आजभन्दा १३–१४ वर्ष अगाडि प्राप्त भयो । सामान्य कागजमा निलो मसीले लेखिएका चिठीहरूको मुट्ठा हात प¥यो । ती स्नेहपूर्वक चिठी घर लगी आँखा झिमिक्कसमेत नगरी शब्द–शब्द केलाउन थालेको स्मरण अझै ताजा छ । आजसम्म दु्रतगतिमा पढिएका रचनाहरूमध्ये ती चिठी नै हुन् भन्नु अतिशयुक्ति नहोला ! अन्तिम चिठी छिचोलिसकेपछि मनले मिठासपूर्वक भन्यो – ‘यी चिठी धेरैले पढ्ने सौभाग्य पाउनैपर्छ । यी चिठीलाई गोप्यताको जामाले बेरिराख्नु अन्याय हुनेछ ।’ चिठी फिर्ता गर्दै श्रद्धेय अध्यक्षसमक्ष प्रस्ताव राखियो – ‘सबै चिठी, कुनै पनि नछुटाई पुस्तकाकार रूप दिन ढिलाइ नगरौँ ।’ अझै याद छ, अध्यक्ष्य रोहितले भन्नुभएका शब्द, “नरेन्द्रजी र इन्दिराले धेरै जोड दिइराख्नुभएको छ ।” नभन्दै ‘जेलका चिठीहरू’ शीर्षकमा पुस्तक प्रकाशित भयो – २०६९ भदौमा अर्थात् चिठी लेखिएको करिब २५ वर्षपछि । यसरी गोप्य भनी लेखिएका र लुकाई राखिएका चिठीहरू सार्वजनिक सम्पत्ति बन्यो । यी चिठीका पाठक केवल एकैजना थिइन् आदरणीय शोभा भाउजू । आज यी चिठी हजारौँले पढिसकेका छन् । फरक यति हो चिठीकी नायिका हामीसमक्ष भौतिकरूपमा हुनुहुन्न ।
‘जेलका चिठीहरू’ पुस्तक सामान्य पाठकदेखि प्रबुद्ध व्यक्तित्वहरूले पनि रुचाउनुभयो । महत्वपूर्ण प्रतिक्रिया प्राप्त भयो । ठाउँ–ठाउँमा परिचर्चा कार्यक्रमहरू भए । प्रत्येक पाठकले आफ्नै निम्ति लेखिएको अनुभूत गरे । कला–संस्कृति, सभ्यता, इतिहास, समाज र जीवन दर्शनबारे अध्यक्षज्यूका विचार बुझ्ने पाठकले अवसर पाए । सबैभन्दा आश्चर्यको विषय त उहाँले अत्यन्त कठोर यातनाबिच कसरी सुन्दर विचार व्यक्त गर्ने शक्ति राख्नुभयो, कडा निगरानीबिच कसरी चिठी लेख्ने र हातमा पु¥याउने प्रबन्ध मिलाउनुभयो, आफ्नै कामरेडहरूको असह्य यातनापश्चात्को चित्कारबिच सुन्दर आशा तथा उज्यालो भविष्यबारे कसरी चिन्तन गर्न सक्नुभयो, अँध्यारो कोठामा बसेर सौन्दर्यचेतबारे कसरी छलफल गर्न सक्नुभयो, जेलका फलामे बारको कुनै परवाह नगरी विचारले ओतप्रोत आत्मीय भावना जीवनसङ्गीनीसम्म पु¥याउन सक्ने कस्तो बलियो मन ¤ कस्तो प्रेमिल मन ¤ यी र यस्ता प्रश्नले पाठकको हृदय झङ्कृत अवश्य गर्छन् । यी चिठीमार्पmत हाम्रा अध्यक्ष्यज्यूको बेग्लै व्यक्तित्वसँग साक्षात्कार हुनेछ र शोभा भाउजूको समर्पित मन झन् नजिकबाट अनुभूत गर्न पाउनेछ ।
नेपाली भाषाबाट ‘जेलका चिठीहरू’ प्रकाशित भएको १२ वर्षपछि अङ्ग्रेजी भाषामा प्रकाशित भयो Letters From को नाममा । यी चिठीहरूले थप चमक पाएको धेरैले अनुभव गरे । थप व्यापकता पाएकोमा धेरैले खुसी व्यक्त गरे । Letters From Jail पाठकहरूसमक्ष पु¥याउने क्रममा गत वर्षको भदौतिर काठमाडौँ विश्वविद्यालय कन्फुसियस सेन्टरमा पुगियो । डिरेक्टर डा. लि र नेपाली साथीहरूसँग भेटघाट एवम् कुराकानी भयो । त्यही बैठकमा यस पुस्तक चिनियाँ भाषामा अनुवाद नगरेसम्म अधुरो रहने मनसाय चिनियाँ मित्रहरूले राख्नुभयो । हाम्रो मनकै कुरा बुझेर भन्नुभएको अनुभव भयो । काम सुरु भयो । मिस चाङ र मित्र प्रणयको निरन्तरको प्रयासपश्चात् अनुवाद तयार भयो । सम्पादन कार्य पनि चाँडै सकाउनुभयो । विशेष आभार डा. लि, अनुवादकद्वय प्रणय र चाङप्रति । यसै विद्यालका चिनियाँ भाषा शिक्षिकाद्वय राजमती र आशमतीलाई सहयोगका लागि आभार । अन्य सहयोगी मित्रहरूलाई पनि धन्यवाद छ ।
आशा छ, चिनियाँ पाठकहरूले अभिरुचिपूर्वक पढ्नुहुनेछ र प्रतिक्रिया दिएर सहयोग गर्नुहुनेछ । चिनियाँ मित्रहरूका निम्ति नेपाल र नेपाली संस्कृति एवम् समाज हेर्ने एउटा आँखीभ्mयाल बन्ने पूर्ण विश्वास छ । यो पुस्तक नेपाली जनता र चिनियाँ जनताबिचको सम्बन्ध थप प्रगाढ बनाउने महत्वपूर्ण कृति साबित हुने विश्वास छ । चिनियाँ साहित्य नेपाली र अङ्ग्रेजी भाषामा पढ्ने अवसर पाएर नेपाली साहित्यानुरागीहरू खुसी भएझैँ नेपाली साहित्य चिनियाँ भाषामा पढ्न पाउँदा चिनियाँ पाठक मित्रहरू हर्षित हुनुहुने विश्वास छ । यस पुस्तकमा रहेका कमीकमजोरी अर्को प्रकाशनमा हटाइने वचनबद्धता पनि व्यक्त गर्दछु ।
आगामी दिनमा पनि काठमाडौँ विश्वविद्यालय कन्फुसियस सेन्टरसँग सहकार्य जारी रहने विश्वास छ । यस पुस्तकलाई यस विद्यालयबाट दोस्रो प्रकाशनको रूपमा प्रकाशित गर्ने अनुमति दिनुभएकोमा आदरणीय लेखक तथा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) प्रति आभार व्यक्त गर्दछु ।
(उक्त विचार वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले बाल विकास स्कूलद्वारा आयोजित चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ सार्वजनिकीकरण कार्यक्रममा राख्नुभएको मन्तव्यको सार सङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *