ख्वपमा कानसम्बन्धी उपकरण पनि होस्
- श्रावण २३, २०८३
भक्तपुर क्यान्सर अस्पतालको कर्मचारीको सेवा र सर्तसम्बन्धी विनियमावली टुङ्ग्याउन साउन ३ गते आइतबार अस्पताल व्यवस्थापन समितिको बैठकमा कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे आफैं अनुपस्थित रहेको ‘मजदुर’ दैनिकमा समाचार प्रकाशित भएपछि यसबारेमा बुझ्न कर्मचारीहरू साउन ४ गते सोमबार बिहान कार्यकारी निर्देशकको कार्यकक्षमा पुग्दा निर्देशक चालिसे ‘बिरामी’ भएको जानकारी पाएर छक्क परे । भ्रष्टाचार र मनपरीतन्त्रको पोल खुल्दै आउँदा उनी ‘बिरामी’ पर्न थालेको कर्मचारीहरूमा चर्चा चलेको छ । आफ्नै हस्ताक्षरमा अघिल्लो दिन बोलाइएको व्यवस्थापन समितिको औपचारिक बैठकमा आफैं सम्पर्कविहीन हुनु र पछिल्लो दिन बिहानैदेखि बिनाजानकारी ‘बिरामी’ भएकोले अस्पतालमा हाजिर नहुनु संयोग मात्र नभएको तर्क सुनिन थाल्यो । कार्यकारी निर्देशकले अर्को डाक्टरलाई का.मु. दिइएको अस्पष्ट सूचना पनि कर्मचारीबिच फैलियो । यथार्थ के हो ?
अस्पतालमा कार्यरत तीन सत्न्दा बढी कर्मचारीहरूको भविष्यसँग जोडिएको विनियमावली पारित गर्न कार्यकारी निर्देशकलाई केले रोक्यो ? पर्दापछाडिको खलनायक को हो ? डा. चालिसेले कार्यकारी निर्देशक पद पाउन हिजो जसरी राजनैतिक शक्तिकेन्द्रको चाकडी गरेका थिए, आज कुन शक्तिकेन्द्रको आडमा कर्मचारीहरूको जीवनसँग खेलबाड गर्दै छन् ? क्यान्सर जस्तो प्राणघातक रोगको उपचारमा निरन्तर क्रियाशील बन्नुपर्ने डाक्टर आफैं सम्पर्कविहीन हुनुले गैरजिम्मेवारीको पराकाष्ठा नाघेको प्रस्ट हुन्छ । अस्पतालमा कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी कसले लिन्छ ? कार्यकारी निर्देशक भएबापत नेपाल सरकारको प्रचलित नियमअनुसार पाउने पारिश्रमिक र सेवा सुविधाको झन्डै दोब्बर रकम असुलेका डा. चालिसले एक्सटेन्डेड हेल्थ सर्भिस अर्थात् विस्तारित उपचार सेवा (ईएचएस सेवा) बापत मासिक थप लाखौँ भत्ता पनि बुझ्ने गरेको देखिएको छ । मन्त्री र सत्ताधारी दलका नेता कार्यकर्ता तथा आफन्तहरूलाई गैरकानुनी नियुक्त गरेर भ्रष्टाचार गरेको समाचार बाहिर आएको छ । चारैतिरको दबाबमा परेका कार्यकारी निर्देशक डा. चालिसे ‘बिरामी’ हुनुको खास कारण अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरू मात्र नभई बिरामी र आफन्तहरूसमेतले बुझ्न थालेको चर्चा हुँदै छ ।
– अस्पतालका एक जिम्मेवार कर्मचारी
Leave a Reply