समापनको खोजी : भूकम्पपछि पनि भेनेजुयालीहरू हार मानेका छैनन् !
- श्रावण ७, २०८३
जिल्ला प्रशासन कार्यालय (बर्दघाट सुस्तापूर्व)
२०८२ भदौ २३ र २४ गतेको जेन–जेड प्रदर्शनको अनुमतिका लागि यस कार्यालयमा कुनै पनि व्यक्ति वा समूहबाट निवेदन प्राप्त भएको थिएन । भदौ २४ गते आयोजना गरिएको प्रदर्शन र मोटरसाइकल ¥यालीमा १५ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरू सहभागी भएका थिए । २४ गते बिहान १०ः३० बजेको समयमा करिब २५००–३००० जनाको समूहले सर्वप्रथम नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय रहेको स्थान (कावासोती न.पा.–३, सङ्गम चोक) मा घेरा हालेका थिए ।
जिल्ला प्रशासन वरिपरि जम्मा भएका आन्दोलनकारीका माग र गुनासोहरूका सम्बन्धमा केही प्रतिनिधिलाई प्र.जि.अ.को कार्यकक्षमा बोलाई छलफल गर्दा प्रशासनको सेवा प्रवाह बन्द गरी आन्दोलनलाई साथ दिनुपर्ने माग भएको थियो । त्यसबेला आन्दोलनकारीलाई सम्झाइबुझाइ फर्काइयो । तत्पश्चात् उक्त समूह कावासोती नगरपालिका रहेको स्थानतर्फ गएर नगरपालिका भवनमा तोडफोड र आगजनीमा उत्रिएको देखिन्छ । उक्त समूहमा जिल्लाका गैँडाकोट, देवचुलीलगायत क्षेत्रबाट पनि प्रदर्शनकारीहरू जोडिन आएका थिए । त्यसपछि सो समूहले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नगरपालिका वडा कार्यालय, राजनीतिक दलका कार्यालयहरू, व्यावसायिक प्रतिष्ठानसहितका ५३ वटा संरचना तथा निजी र सरकारीसमेत ४० वटा सवारी साधनमा तोडफोड, आगजनी गरी क्षति पु¥याए ।
२०८२ भदौ २३ गते काठमाडौँमा भएको प्रदर्शन, तोडफोड र मृत्यु तथा कास्की, चितवनलगायतका ठाउँमा भएको तोडफोड र विध्वंसका घटनाहरू सामाजिक सञ्जालमार्फत छिटो प्रचारप्रसार भएपछि त्यसको प्रभावस्वरूप यहाँ पनि विध्वंसका घटना घट्न गएको हो । सुरक्षाकर्मीले एक स्थानमा तोडफोड आगजनीमा उत्रिएको समूहलाई रोक्दा अर्को समूहले अर्को ठाउँमा तोडफोड र आगजनी गर्ने गरेको पाइयो । २४ गतेको प्रदर्शनमा अधिक बल प्रयोग नगर्ने भनी केन्द्रीय सुरक्षा निकायका नेतृत्वबाट अनौपचारिक सन्देश प्रवाह भएको कारण आन्दोलनकारीलाई विध्वंसमा उत्रन मनोवैज्ञानिक बल पुगेको थियो ।
आन्दोलनले उग्र रूप लिँदै गएपछि २४ गते दिउँसो २ः३० बजेदेखि कफ्र्यु आदेश जारी गरिएको थियो । तत्पश्चात् पनि माथिल्लो निकायबाट आदेश नआएको भनी नेपाली सेना परिचालन भएन ।
Leave a Reply