भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. चालिसे बेपत्ता
- श्रावण ५, २०८३
भक्तपुर, ७ साउन । “भ्रष्टाचार गर्नु भनेको आर्थिक अनियमितता मात्र होइन कसैले जिम्मेवार पदमा रहँदा गलत निर्णय गरी जनताको सेवा नगर्ने खालका निर्णयहरू गरी अकुत सम्पत्ति कमाउनु हो । पुँजीवादी व्यवस्थामा भ्रष्टाचार छायाँको रूपमा रहन्छ । वर्तमान सरकार पनि पुँजीवादी व्यवस्थाको निरन्तरता हो । यस कुरामा सबै जनता सचेत हुनुपर्ने आजको आवश्यकता हो ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टी सानो ब्यासी एकाइ समितिद्वारा आयोजित २०२५ साउन २ र २०२६ असार १९ गते भक्तपुरका अग्रज किसान कार्यकर्ताहरूले गरेको ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा आयोजित प्रवचन कार्यक्रममा बुधबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले व्यक्त गर्नुभएको हो ।
समाजमा चन्दामात्र धेरै दिनेलाई समाजसेवीको संज्ञा दिनु गलत संस्कार भएको र त्यस्ता व्यक्तिहरूको आर्थिक स्रोत भ्रष्टाचार गरेर कमाएको हुनसक्ने भएकोले स्रोतको खोजी गरी सोको छानबिन हुनुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।
उहाँले रास्वपा पार्टी भ्रष्टाचारको काण्डै काण्डमा परेका नेताहरूको जमात रहेको र सुशासनको नाउँमा कुशासन गरिरहेको उदाहरण सरकारले वैदेशिक ऋण लिएर जनताको थाप्लोमा ऋणको भार थपेबाट स्पष्ट हुने जिकिर गर्नुभयो ।
युवा विद्यार्थीहरूले सही राजनीतिको लागि अध्ययनलाई जोड दिनुपर्ने औचित्यतामाथि पनि उहाँले स्पष्ट पार्नुभयो । भक्तपुर नगरपालिकाले देकोमिवा जग्गा एकीकरण आयोजनाबाट पीडित जनताको मागलाई सही सम्बोधन गरिरहेको र सामाजिक सञ्जालमा फैलाइरहेको भ्रमहरू साँचो नभएको कुरा स्पष्ट पार्दै उहाँले देशको परिवर्तनको लागि राजनीतिक रूपमा सचेत भई सही विचारहरूको उपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा समितिका सदस्य पवनकृष्ण सुवालले स्लाइड प्रस्तुतिसहित भ्रष्टाचारका विभिन्न रूपहरूमध्ये राजनीतिक भ्रष्टाचार, प्रशासनिक भ्रष्टाचार, सहकारी तथा वित्तीय क्षेत्रको भ्रष्टाचार, सार्वजनिक ठेक्का तथा विकास आयोजना भ्रष्टाचारबारे जानकारी दिनुभई २०२५ साउन २ र असार १९को भ्रष्टाचारविरोधी आन्दोलनका कारणहरूबारे बताउनुभएको थियो ।
सो कार्यक्रममा समितिका अध्यक्ष सरोज दथेपुथेको सभापतित्वमा भएको थियो ।
Leave a Reply