जनविश्वासको केन्द्र बन्दै ख्वप अस्पताल
- श्रावण ७, २०८३
(भेनेजुयलामा जुम्ल्याहा भूकम्पले तहसनहस पारेको हप्तौँं बितिसक्दा पनि पीडितका आफन्तहरू अझै भग्नावशेषमुनि बेपत्ता भएका प्रियजनहरूको शव खोजिरहेका छन् ।)
– ला गुआइरा, भेनेजुयला
लगभग तीन हप्तादेखि तन चिनो मुस्किलले सुतेका छन् ।
हरेक बिहान, उनी उत्तरी भेनेजुयलाको ला गुआइरास्थित आफ्नो बस्तीको भग्नावशेषमा फर्कन्छन्; २४ जूनमा ७.२ र ७.५ म्याग्निच्युडका विनाशकारी दुई भूकम्पले छोडेका चर्किएको कङ्क्रिटका पहाडहरूबिच खोजी गर्दै छन् । उनी अब जीवितहरू खोजीरहेका छैनन् । उनी सात जना आफन्तको शव खोजिरहेका छन् ।
चिनोका आमाबाबु, नाति, दुई भतिजी तथा अन्य आफन्तहरू अपार्टमेन्ट भवन भत्किँदा भग्नावशेषमुनि बेपत्ता भए । उनकी श्रीमती र छोराछोरी भने बाच्न सफल भए ।
केवल साबेल, पिक र अटल सङ्कल्प लिएर, चिनो हरेक दिन आफन्त र स्वयंसेवीहरूसँग घण्टौँसम्म खोजीमा लाग्छन्† एउटा आशा लिँदै कि कुनै सानो खोजले हप्तौँदेखि चलिरहेको पीडादायी अनिश्चितताको अन्त्य होस् ।
“हामीलाई रोक्ने केही छैन,” उनले भने । “हामी हातले, नङले, साबेल, हथौडा† जे छ त्यही लिएर खोजिरहने छाँै । यो हाम्रो परिवारप्रतिको कर्तव्य हो । यो हाम्रो पीडा हो ।”
ला गुआइराका धेरै परिवार, चिनोेको दुःख पीडादायी रूपमा आफै भोगिरहेका छन् ।
आधिकारिक मृतक सङ्ख्या पाँच हजार नाघिसकेको छ । हजारौँ परिवारहरू अझै भत्केका भवनमुनि बेपत्ता भएका आफन्तबारे जवाफ खोजिरहेका छन् । पुष्टि भएका मृत्यु र बेपत्ताहरूको अज्ञात अवस्थाबिच एउटा भावनात्मक शून्यता छ, जुन भूकम्पले छोडेको सबैभन्दा गहिरो घाउमध्ये एक बनेको छ ।
सहरभरि, एक्सकभेटरहरू कङ्क्रिटका पहाडमा परिणत भएका आवासीय भवनहरूबाट भग्नावशेष हटाइरहेका छन् । तर, परिवारहरूका लागि, उठाइने प्रत्येक कङ्क्रिटको स्ल्याबमा यो आशा जोडिएको छ† सायद अब आफ्ना प्रियजन अन्ततः भेटिन्छन् कि !
चिनोले भने, सबैभन्दा ठुलो चुनौती खोजी जारी राख्ने दृढ सङ्कल्प होइन, तर विशाल कङ्क्रिटका ब्लकहरू सुरक्षित रूपमा सार्न सक्ने भारी मेसिनको अभाव हो । धेरै परिवारहरू विश्वास गर्छन् कि विशेष उपकरणहरूमा छिटो पहुँच पाउन सके खोज–उद्धारको गति बढ्न सक्छ, जबकि अधिकारीहरू भने सबैभन्दा प्रभावित बस्तीहरूमा भग्नावशेष हटाउने समन्वय जारी राखेका छन् ।
दिनहरू बित्दै जाँदा, हराएकाहरूको खोजी अब केवल भग्नावशेषभित्र सीमित रहेन, त्यसको दायरा बिस्तारै बाहिर सरेको छ ।
अस्थायी फिल्ड कार्यालयहरूमा जहाँ अधिकारीहरूले व्यवस्था मिलाएका छन्† परिवारहरू आफ्ना हराएका आफन्तहरूको विवरण, फोटो र व्यक्तिगत जानकारी बुझाउँछन् । अधिकारीहरूले ती विवरणहरू समीक्षा गर्छन्, अभिलेखहरू मिलान गर्छन् र भग्नावशेषबाट बरामद भएकाहरूको पहिचान गर्न प्रयास गर्छन् ।
शोकमा डुबेका परिवारहरूका लागि, यी कार्यालयहरू खोजीको अर्को चरण बनेका छन्; जहाँ उद्धार उपकरणहरूको होइन, कागजी प्रक्रिया प्रयोग हुन्छ । तर, उद्देश्य उहीँ छ† अन्ततः आफ्ना गुमाएका प्रियजनहरूबारे के भयो भने थाहा पाउने आशा ।
खोज र उद्धार टोलीहरू भन्छन्, उनीहरूको काम अझै धेरै बाँकी छ ।
“हामीले करिब २८० जनालाई जीवितै उद्धार गर्यौँ र लगभग ४७७ जनाको शव फेला पा¥यौँ,” ला गुआइराका खोजी संयोजकहरूमध्ये एक डानी हेर्रेराले भने । “आज पनि, हामी पीडितहरू फेला पार्दै छौँ र भग्नावशेष हटाउँदै छौँ ।”
उनको भनाइले देखाउँछ, यो विपत्तिको स्वरूप समयसँगै कसरी बदलिँदै गएको छ ।
भूकम्पपछिका सुरूवाती दिनहरूमा उद्धारकर्ताहरू भत्केका भवनमुनि फसेका जीवितहरूलाई खोज्न समयसँग प्रतिस्पर्धा गरे । हप्तौँ बितेपछि, अभियान उद्धारबाट पुनप्र्राप्तितर्फ सरेको छ । मृतकको शव निकाल्ने, भत्केका बस्तीहरू सफा गर्ने र परिवारहरूलाई लामो समयदेखि प्रतिक्षा गरिरहेका उत्तरहरू दिलाउने काम हुँदै छ ।
ला गुआइराका धेरै बासिन्दाका लागि अनिश्चितता नै अब सबैभन्दा कठिन बोझ बनेको छ ।
बेपत्ता आफन्तको नियति थाहा नहुँदा न त अन्त्येष्टि गर्न सकिन्छ न चिहान बनाउन, न त शोक मनाउनै सकिन्छ ।
ला गुआइरामा, त्रासदीको मापन अब भत्केका भवन वा हताहतको तथ्याङ्कले मात्र मापन गरिँदैन । यो कहिल्यै नफर्केका बच्चाहरूको प्रतिक्षामा रहेका आमाबाबु, श्रीमती खोजिरहेका पतिहरू र हराएको प्रियजनको नाम कसैले चिन्नेछ भन्ने आशामा रहेका हजुरबा हजुरआमाद्वारा मापन गरिन्छ ।
चिनोको लागि, हार मान्नु कहिल्यै पनि विकल्प थिएन ।
हरेक दिन ऊ उही भग्नावशेषमा फर्कन्छ; आफ्ना आफन्तहरूलाई खोज्नु भनेको शव प्राप्त मात्र गर्नु होइन भन्ने कुरामा विश्वस्त हुँदै छ । यो भग्नावशेषमुनि ज्यान गुमाएकाहरूको सम्मान पुनस्र्थापित गर्ने बारेमा हो ।
दुईवटा भूकम्प गएको हप्तौँपछि धेरैजसो परिवारहरूले अब चमत्कारको आशा गर्न छोडेका छन् ।
अहिले उनीहरूले खोजिरहेको कुरा निश्चितता हो; आफ्ना प्रियजनहरू कहाँ छन् भनेर थाहा पाउने, उनीहरूलाई सम्मानपूर्वक अन्त्येष्टि गर्ने र उनीहरूलाई बेपत्ता व्यक्तिहरूको सूचीमा केवल अङ्कको रूपमा होइन, जीवनको महत्व भएको मानिसको रूपमा सम्झिन सकिने सुनिश्चितता छ ।
Leave a Reply