भर्खरै :

चाँगु र सूर्यविनायकका अस्पतालमा प्रभावकारिता खोइ ?

चाँगु र सूर्यविनायकका अस्पतालमा प्रभावकारिता खोइ ?

सरकारले २०७७ सालमा एकै दिन ३९६ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरेको थियो । पछि २६१ वटा स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरियो । यतिखेर १०९ वटा स्थानीय तहमा मात्र अस्पताल पूरा भएको, ३२६ वटा निर्माणाधीन अवस्थामा रहेको र बाँकी अस्पतालको निर्माण सुरु नै नभएको सार्वजनिक भयो ।
भक्तपुर जिल्लाका चार स्थानीय तहमा नगर अस्पतालहरू सञ्चालित छन् । तर, चाँगु र सूर्यविनायक नगरपालिकाका अस्पतालहरूमा चिकित्सक, उपकरण र अन्य आवश्यक जनशक्ति व्यवस्था नहुँदा यहाँका बिरामीहरू च्याम्हासिंहस्थित ख्वप अस्पतालमा उपचार लिन बाध्य छन् । चाँगु र सूर्यविनायकका जनप्रतिनिधिहरू आ–आफ्नो नगर अस्पतालमा सेवा प्रवाह प्रभावकारी बनाउन किन चाहँदैनन् ? के चाँगु र सूर्यविनायकका जनताले आ–आफ्नो जनप्रतिनिधिसँग यो प्रश्न उठाउनु जरुरी छैन ?
– केआर, चाँगु नपा

Leave a Reply

Your email address will not be published. Required fields are marked *