भर्खरै :

शनिवारीय समाचारपत्रहरू र रोचकता

शनिवारीय समाचारपत्रहरू र रोचकता

काठमाडौँ, १० साउन । कहिलेकाहीँ केही दैनिकहरूको शनिबारको अङ्क पढ्ने र बुझ्ने रोचक सामग्रीहरू पढ्ने अवसर पाठकहरू पाउँछन् । २७ असार २०८३ को ‘अन्नपूर्ण’ मा ‘केनेडीको म्युजियममा दरबार हत्याकाण्डको झल्को’ शीर्षकले पाठकहरूको ध्यान तान्यो ।
२२ नोभेम्बर १९६३ को दिन ओस्वाल्डले चलाएको गोलीले तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको हत्या भयो ।
ओस्वाल्ड कुनै अपराधी वा चर्चित गुप्तचर पनि थिएन बरु गोली हान्ने भवनमा काम गर्ने एक पूर्वसैनिक थियो । तर, उनी सोभियत सङ्घमा बस्दा रुसी युवतीसँग विवाह भएको थियो र अमेरिका फर्केपछि उनले क्युवाको समर्थनमा गतिविधि गरेका थिए ।
पक्राउ परेपछि ओस्वाल्डले आफू निर्दोष रहेको दाबी ग¥यो । उनले आफू निर्दोष भएको दाबी गर्दै भने, “म त बलिको बोका मात्रै हुँ ।”
केनेडीको हत्याको दुई दिनपछि उनलाई अदालत लैजाँदै गर्दा भीडलाई पन्छाउँदै ज्याक रुबी ओस्वाल्डको अगाडि पुगी उसको पेटमा गोली हान्यो । टीभीमा त्यो दृश्य मानिसहरूले हेरिरहेका थिए ।
हत्यारा रुबीले राष्ट्रपति केनेडीप्रतिको सम्मान र उनकी पत्नी ज्याकलिन केनेडीले अदालतको पीडा भोग्न नपरोस् भन्ने भावनाले आफूले गोली चलाएको दाबी ग¥यो ।
तर, रुबीको जीवनको अन्तिम वर्षहरूमा दिएका केही सङ्केतपूर्ण केही अभिव्यक्तिले सत्य अझै बाहिर आएको छैन जस्ता कुराले घटनालाई थप षड्यन्त्रमूलक बनायो ।
संयुक्त राज्य अमेरिकामा अरु पनि राष्ट्रपतिहरूको हत्या भएको देश हो । ठुलो देश बढी जनसङ्ख्या भएको तथा अनेक संस्कृतिको विविधता भएको देश भएको हुनाले नेपालीहरूले जसरी अमेरिकालाई सजिलै आकलनमा अनुमान गर्छन्; ती सत्य र सुन्दर हुँदैनन् ।
‘अन्नपूर्ण’ कै २७ असार २०७३ को अङ्कमा ‘परदेशमा भेटिएको आफ्नै देश’ शीर्षकमा लेखकले संयुक्त राज्य अमेरिकामा विभिन्न राज्य र दर्शननीय प्राकृतिक सुन्दर स्थलहरूको यात्रा गरे र मुग्ध भए । त्यस्तै, अनेक भौतिक र प्राविधिक प्रगतिबाट पनि विस्मित भए । भौतिक प्रगतिलाई लेखकले प्राकृतिक वरदानजस्तै मानेको अनुभव हुन्छ तर व्यवहारमा उल्टो छ । भौतिक प्रगतिको सुरुमै अमेरिकी कपासको खेती र अन्य भौतिक उत्थानको निम्ति अफ्रिकी दासहरूको रगत र पसिनाले त्यहाँको भूमि लत्पतिएको थियो । त्यहाँका दासहरूको सालाखाला आयो २७ वर्षको थियो ।
अमेरिकी स्वतन्त्रताको सङ्ग्रामको कारण त्यसबेला बेलायतको सूर्य नडुब्ने साम्राज्यलाई हराउने एक बहादुर देश थियो । पहिलो साम्राज्यवादी शक्तिलाई हराउने ‘स्वतन्त्र’ देश !
तर, आश्चर्य मान्नु नपर्ने विषय के हो भने स्वतन्त्रता आन्दोलनपछिका राष्ट्रपतिहरू सबै दास मालिकहरूका मालिक र धेरै भूमि, व्यापार र उद्योगधन्दाका मालिक थिए । पछि राष्ट्रपति मुनरोको शासनपछि संयुक्त राज्य अमेरिका स्वयं दक्षिण अमेरिकी देशहरूमाथि आक्रमण गर्दै पश्चिमी गोलाद्र्धलाई नै आफ्नो करेसाबारी बनाएरै छोड्यो । आज १२० भन्दा बढी देशमा अमेरिकी सेना छन् र डलरको प्रभुत्व झन् डरलाग्दो ढङ्गले आर्थिक शासन चलाउँदै छन् ।
तर, अमेरिकी पाठ्यक्रम र पाठ्यपुस्तकहरूमा संयुक्त राज्य अमेरिका एक स्वतन्त्र र प्रजातान्त्रिक देशको रूपमा मात्रै उल्लेख छ । विदेशमा कुनै उपनिवेश नभएको देशको रूपमा अमेरिकी जनताको आँखोमा छारो हाल्दै छ । अमेरिकाको आजको भौतिक प्रगति अन्य कमजोर देशहरूमाथिको दोहन हो ।
‘अन्नपूर्ण’ दैनिक निश्चय पनि विविध विषयमा सूचना लेख, रचना र विश्लेषणात्मक लेखले प्रश्रय पाएको दैनिक हो । २७ असार २०८३ कै अङ्कले ‘बच्चाले बचाएको कृषि जीवनशैली’ शीर्षकको भनाइले सबै संवेदनशील पाठकहरूको ध्यान तान्यो ।
खेतखेतको बाटो, चौबाटो र खेतखेतकै ‘बल्चा’, ‘झोपडी’, ‘पकोचा’ आदि थरीथरीका पाटी बनाएका छन् । हो, एक हिसाबले उत्पादनको वस्तु र उत्पादनको शैलीकै कारण स्थानीय संस्कृतिको उत्थान भएको हुन्छ । उपत्यकाको अन्य सहरमा ‘बल्चा’ नभनी ‘फल्चा’ वा थरीथरीका पाटी बनाएको हुन्थ्यो । ‘गोलाकार झ्यालजस्तो भित्ता भएको एक फल्चालाई नेपाली भाषामा ‘भत्क्या पाटी’ नाम दिइयो । तर, त्यसको नाम अहिले ‘लान्चा फल्चा : अर्थात् दुई तीनतिरै सडक भएको पाटी हो । तर, व्यवस्थित पाटी वा फल्चा भएको ठाउँमा ‘ढुङ्गेधारा’ , ‘कुवा’, ‘पोखरी’ वा कुनै पानीको स्रोत भएकै हुन्छ र अगाडि पछाडि कतै गरुडको चिह्न पनि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *