भर्खरै :

‘मजदुर’ र ‘श्रमिक’ पत्रिकाबारे अन्तरक्रियात्मक छलफल

‘मजदुर’ र ‘श्रमिक’ पत्रिकाबारे अन्तरक्रियात्मक छलफल

भक्तपुर, १० साउन । ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिकलाई अझ स्तरीय बनाउन पत्रिकाका शुभचिन्तकहरूसँग एक अन्तरक्रियात्मक छलफल कार्यक्रम आइतबार सम्पन्न भयो ।
‘मजदुर’ दैनिकका प्रकाशक तथा सम्पादक उद्धव सुजखुले देश र जनताको पक्षमा लेख लेख्ने लेखक तथा सहयोगीहरूलाई धन्यवाद दिँदै सङ्कटको समयमा पनि निरन्तर प्रकाशित भइरहेको ‘मजदुर’ र ‘श्रमिक’ आस्थाको पत्रिका हो भन्नुभयो ।
समाजवादी आन्दोलन अघि बढाउन, मजदुर, किसान या श्रमजीवीवर्गको पक्षमा लेख रचना लेखेर समाज परिवर्तनमा सहयोग पु¥याउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पत्रिकाले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको निरन्तर विरोध गरेर जनतालाई सुसूचित पार्ने काम गरिरहेको बताउनुभयो ।
अन्तरक्रियात्मक सो छलफल कार्यक्रममा हिमालयश्वरलाल मूलले लेख लेख्न सक्ने क्षमता भएका साथीहरूलाई घच्घच्याउनुपर्ने आवश्यकता औँल्याउँदै नवउदारवादको पक्षमा कार्यकर्तामाझ अझै कक्षा सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
लेखक एवं ‘मजदुर’ दैनिकका सहयोगी योगेन्द्रमान बिजुक्छेँले पत्रिकालाई स्तरीय बनाउन र निरन्तर प्रकाशन गर्न लेखक, स्रष्टा र समालोकहरूको सहयोग आवश्यक हुन्छ भन्नुभयो ।
भ्रष्टाचार पुँजीवादी व्यवस्थाको छाया हुने उल्लेख गर्दै उहाँले सिद्धान्तहीन पार्टी पतन हुने लेख र रचनाबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
‘मजदुर’ दैनिकका सम्पादक चक्रबहादुर चाकतुले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रमम विश्वनाथ प्रजापति, निरज लवजु, सुजन माक, सुनिल दुवाल, आशाकुमार चिकंबन्जार, सुरेश परियार, रामप्रसाद प्रजापति, सुन्दर राजचल, सरोज वैद्य, विश्वराम प्रजापति, सुनिता गाइसी, हरिसुन्दर सुवाल, प्रकाश गुरूङ, हरिराम सुवाल, गणेशराम थुसालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *