गणितीय दौड प्रतियोगिता सम्पन्न
- श्रावण १०, २०८३
भक्तपुर, १० साउन । नेपाल मजदुर किसान पार्टी चानपा ५ वडा एकाइ समितिको आयोजनामा ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलन २०२६ असार १९ तथा २०२५ को साउन २ को स्मरणमा आइतबार समसामयिक विषयमा प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले देश र जनताको हितमा जनतालाई सङ्गठित र सुशिक्षितका साथ नैतिकवान् तथा चरित्रवान् असल नागरिकको भूमिका निर्वाह गर्न गराउन समय सापेक्ष अभिमुखीकरण गर्दै आइरहेको बताउनुभयो ।
पार्टीको उद्देश्य भनेकै निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्नु रहेको र पुँजीवादी व्यवस्थामा भ्रष्टाचार सरकारको छाया भएकोले समाजवादी आन्दोलन अघि बढाउन आवश्यक भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले भ्रष्टाचारविरोधी आन्दोलनको नागबेली (यथार्थ स्थितिको) चिरफार गर्दै भूमिसुधारको सबल पक्षको आत्मसात गरी मोहियानी हक सुरक्षा, बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन र मोहियानी हक निष्कासन गर्दाको आन्दोलनबारे प्रस्टयाउनुभयो ।
उक्त कार्यक्रममा एस. एम. लागेजू र सूर्यबहादुर फोजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply