भर्खरै :

रामशेखरया ख्याल ब्वज्या दोस्रो दिन पनि चालू

रामशेखरया ख्याल ब्वज्या दोस्रो दिन पनि चालू

भक्तपुर, १० साउन । नाट्यकर्मी समाज नेपालको आयोजनामा शनिबार ९ गतेदेखि सुरु भएको ‘रामशेखरया ख्यालः ब्वज्या’ दोस्रो दिन आइतबार पनि चालू रह्यो ।
हास्यव्यङ्ग्य कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित १० ख्यालहरू ११ दिनमा प्रत्येक दिन एक÷एक ख्यालः मञ्चन भइरहेको छ ।
पहिलो दिन शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘रामशेखरया ख्याल ब्वज्या’ को उद्घाटन गर्नुभएको हो ।
नाट्यकर्मी समाज नेपालका अध्यक्ष लक्ष्मीप्रसाद चवालले थियटरमा ख्याल ब्वज्या हेर्ने दर्शक तथा स्रोताहरू सामु थियटरको आचारसंहिता पालना गर्न जोड दिनुभयो ।
ख्वप कलेजले प्रस्तुत गरेको उक्त ख्यालको राजेन्द्र श्रेष्ठले निर्देशन गर्नुभएको थियो भने सोको कला संयोजन विकास तमखुले गर्नुभएको थियो ।
प्रस्तुत ख्यालले राजनीतिक, सरसफाइ तथा सामाजिक विकृति विसङ्गतिविरुद्ध व्यङ्ग्य गरिएको थियो ।
प्रहसनपछि आशकाजी थकुले सभ्य समाज निर्माण र परिवर्तनको लागि लिपिबद्ध गरिएको ख्याल नाटकलाई जीवन्त बनाउन दर्शक तथा स्रोताहरूले आवश्यक प्रतिक्रिया दिनुपर्ने बताउँदै ख्यालमा कलाकारहरूले प्रस्तुत गरिएको अभिनयलाई परिष्कृत र प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *