जीवनको सग्लो वर्णन अर्थात् अविरल जीवन गीतभित्र रमेश विकल
- श्रावण १५, २०८३
(इजरायलले इरानमाथि युद्ध सुरु गरेको भए पनि यसको लागत भने कमै मात्र बेहोरेको छ ।)
फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि, इरानसँगको अमेरिकी–इजरायली द्वन्द्वलाई तेलअभिभ र तेहरान दुवैका लागि अस्तित्वको लडाइँको रूपमा चित्रण गरिएको छ । तर, पछिल्ला पाँच महिनाको युद्ध र असफल युद्धविरामको शान्त र संरचनात्मक अध्ययनले एउटा उल्लेखनीय विरोधाभास देखाउँछ : युद्धलाई भड्काउने पक्ष नै यसको आगोबाट सबैभन्दा कम प्रभावित भएको छ र प्रतिफल सबैभन्दा बढी सङ्कलन गरिरहेको छ ।
जब इरानी क्षेप्यास्त्र र ड्रोनहरूले खाडी क्षेत्रका महत्वपूर्ण पूर्वाधारमाथि आक्रमण गरिरहेका छन्† जब एसियाली र अरब उपभोक्ताहरूले हर्मुज जलडमरू बन्द हुँदा त्यसको आर्थिक मूल्य तिर्न बाध्य छन्† जब अमेरिकी सेनाहरू इरानी आक्रमणमा मारिँदै छन् : तेल अभिभको स्टक एक्सचेन्जले निरन्तर रेकर्ड बनाइरहेको छ, शेकेलको मूल्य बढिरहेको छ र इजरायलका रक्षा उद्योगहरूले अभूतपूर्व आम्दानीको आँकडा सार्वजनिक गरिरहेका छन् ।
इरानसँगको युद्धले उसका शत्रुहरूको रक्षा प्रणालीलाई कमजोर पार्दै छ र वरपरको क्षेत्रलाई विनाश गर्दै छ तर इजरायल भने यस युद्धको सबैभन्दा कम लागत बेहोरेको छ ।
इरानको अग्र रक्षा संरचनाको ध्वस्तीकरण
इरानले चार दशकदेखि निर्माण गरेको सुरक्षा सिद्धान्त अहिले उजागर हुँदै छ । लेबनानको हिज्बुल्लाहदेखि यमनका हुथी विद्रोही र इराकका विभिन्न सशस्त्र गुटहरूसम्म, छद्मवेशीहरू
(Proxies) र सहयोगीहरूको सञ्जालमार्फत इरानी भूभागबाट द्वन्द्वलाई टाढा सार्ने उद्देश्यले यो योजना बनाइएको थियो ।
त्यो सञ्जाल इरानी प्रतिरोधको मूल र यसको विस्तारवादी नीतिको बल थियो । हालको युद्धले यस सिद्धान्तलाई यसको इतिहासमा सबैभन्दा कठोर प्रहार गरेको छ ।
हिज्बुल्लाह २०२६ मा प्रवेश गर्दा सन् २०२४ मा इजरायलसँगको युद्ध र सिरियामा रणनीतिक गहिराइ गुमाएर थकित भइसकेको थियो । मार्चमा यसले तेहरानको पक्षमा हस्तक्षेप गरेर घातक गल्ती ग¥यो, जसले गर्दा इजरायलको विनाशकारी प्रतिक्रिया निम्त्यायो । त्यसपछि संयुक्त राज्य अमेरिकाले लेबनानी सरकारमाथि हिज्बुल्लाहविरुद्ध कदम चाल्न दबाब दियो, जसले गर्दा समूहको सैन्य गतिविधिमा प्रतिबन्ध र निःशस्त्रीकरणको चर्चा जन्मायो ।
इरान–समर्थक इराकी गुटहरूले पनि आफ्नो संरक्षकको पक्षमा हस्तक्षेप गरे तर अमेरिकी आक्रमणमा ठुलो क्षति बेहोेरे । अमेरिकाले इराकमा इरान–समर्थक नूरी अल–मलिकीको प्रधानमन्त्री पदमा फर्कनबाट रोक्यो र तुलनात्मक रूपमा अपरिचित बैङ्कर अली अल–जैदीलाई स्थापित गर्न सफल भयो । अहिले अल–जैदीको सरकारमाथि इरान–समर्थक गुटहरूविरुद्ध कदम चाल्न र तिनीहरूलाई सेप्टेम्बरको अन्त्यसम्म निःशस्त्रीकरण गर्न अमेरिकी दबाब छ, अन्यथा दण्डात्मक आर्थिक प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।
हिज्बुल्लाहको विफलता र वासिङटनसँगको अघिल्लो चरणको टकरावको मूल्यबाट सिकेका हुथीहरू प्रारम्भमा युद्धमा सामेल हुन हिच्किचाए । तर, अहिले उनीहरू अब बाध्य भएर सक्रिय भएका छन् तर प्रत्यक्ष रूपमा अमेरिका वा इजरायलविरुद्ध होइन । उनीहरूले साउदी स्वार्थहरूलाई लक्ष्य बनाएका छन्, जसले उनीहरूलाई विश्वकै ठुलो सेनामध्ये एकसँग र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति बफादार यमनी सेनासँग प्रत्यक्ष तकरावमा ल्याएको छ ।
अन्ततः परिणाम यस्तो बनेको छ कि इरानले युद्धको भार बढ्दो रूपमा एक्लै बहोर्नुपरेको छ । इजरायलको पहिलो र सायद सबैभन्दा महत्वपूर्ण रणनीतिक लाभ यहीँ देखिन्छ : युद्धले इरानले चार दशकभन्दा बढी समय लगाएर निर्माण गरेको सञ्जाललाई तीव्र रूपमा कमजोर पार्दै छ र यससँगै इजरायललाई बहुसङ्ख्य मोर्चाबाट घेर्ने रणनीतिक नितिमा पनि क्षय भएको छ ।
एउटा गृह–मोर्चारहित युद्ध
युद्धको सुरुवातमा इजरायलले प्रत्यक्ष इरानी क्षेप्यास्त्र आक्रमणहरू अवशोषित ग¥यो, तर तीमध्ये धेरैलाई आइरन डोम र अमेरिकाले तैनाथ गरेका अतिरिक्त वायु रक्षा प्रणालीले खसाली दिए । यसको विपरीत, खाडी राज्यहरूले भने अझ तीव्र इरानी आक्रमणहरूको सामना गरे, जसले सैन्य लक्ष्य मात्र नभई ऊर्जा र नागरिक पूर्वाधारलाई समेत क्षति पु¥यायो ।
हालको बढ्दो तनावमा, इरानी आक्रमणहरू खाडी राज्यहरू र जोर्डनका नागरिक पूर्वाधारमा केन्द्रित छन् । तर, ती आक्रमणहरूले जानाजानी इजरायल र इरानी तटबाहिर तैनाथ अमेरिकी नौसैनिक सम्पत्तिलाई भने लक्षित गर्नबाट भने टाढिएको छ ।
तेहरानलाई बुझेको छ कि अमेरिकी विमानवाहक जहाज (Aircraft Carrier) माथि आक्रमण गर्नु भनेको आफ्नैविरूद्ध ‘नर्कको ढोका खोल्नु’ जस्तै हुनेछ । त्यस्तै, फेरि इजरायलको भित्री भूभागमाथि प्रहार गर्नु भनेको युद्धलाई अझ व्यापक बनाउनु हो; ठ्याक्कै त्यही समयमा जब उसले वासिङटनसँग वार्ताका लागि केही ठाउँ सुरक्षित राख्ने प्रयास गरिरहेको छ । त्यसैले इरानले आफ्ना खाडी छिमेकीहरूमार्फत वासिङटनलाई दबाब दिने विकल्प रोजेको छ ।
परिणामस्वरूप इरानको निर्धारित लक्ष्यबाट इजरायलको गृह–मोर्चा प्रभावकारी रूपमा बाहिरिएको छ । युद्ध भड्काउने पक्षकोे रूपमा इजरायलले बेहोर्नुपर्ने प्रतिरोधको मूल्य खाडीका नागरिकहरूमा सारिएको छ; जसको यस युद्धमा कुनै भूमिका छैन । तीमध्ये कतिपय राष्ट्रहरू इजरायलसँग सामान्यीकरण प्रक्रियाबाट सबैभन्दा टाढा रहेका छन् ।
अमेरिकी हवाई आक्रमणले इरानी क्षेप्यास्त्र क्षमता, सैन्य पूर्वाधार र वरिष्ठ कमान्डलाई क्रमशः कमजोर पारिरहेका छन् । यस निरन्तर दबाबको रणनीतिक लाभ इजरायलले उठाइरहेको छ तर आफ्नै भूभागमा समान प्रतिकार सहनु परिरहेको छैन ।
बढ्दो युद्ध नाफा
इजरायलले युद्धको सैन्य लागत सफलतापूर्वक अमेरिका र खाडीमा हस्तान्तरण गरिरहेको छ तर उसको अर्थतन्त्रले राम्रो गरिरहेको छ । युद्धका कारण आफ्नो पूर्वानुमानित लक्ष्य कटौती गरे पनि बैङ्क अफ इजरायलले अझै २०२६ मा अर्थतन्त्र ४ प्रतिशतले बढ्ने अपेक्षा गरेको छ, जुन शान्तिकालमा पनि धेरैजसो विकसित अर्थतन्त्रहरूभन्दा अगाडि हो । २०२७ को लागि अनुमानित वृद्धि ५.५ प्रतिशत छ ।
बजारको सन्देश अझै स्पष्ट छ । गत वर्ष अमेरिकी डलरको तुलनामा शेकेलको मूल्य लगभग २० प्रतिशतले बढेको छ† तेलअभिभ–३५ सूचकाङ्कले रेकर्ड कायम गरिरहेको छ; मार्चमा युद्धको उत्कर्षमा गुगलले इजरायली क्लाउड साइबरसुरक्षा स्टार्टअप विजको ३२ अर्ब अधिग्रहण पूरा ग¥यो ।
अर्को शब्दमा भन्नुपर्दा, विश्वव्यापी पँुजीले यो युद्धलाई इजरायलको पक्षमा मध्यपूर्वलाई पुनः आकार दिन सक्ने अवसरको रूपमा मूल्याङ्कन गरिरहेको छ, जोखिमको रूपमा होइन ।
त्यसपछि यहाँ प्रत्यक्ष युद्ध अर्थतन्त्र छ । जून महिनामा इजरायलको रक्षा मन्त्रालयले घोषणा ग¥यो कि २०२५ मा रक्षा निर्यात १९.२ अर्ब डलर पुगेको छ, जुन लगातार पाँचौँ वषर्को नयाँ रेकर्ड हो, करिब ३० प्रतिशत वुद्धि; जसलाई मिसाइल र वायु रक्षा प्रणालीहरूले नेतृत्व गरेका छन्, जसको प्रमुख बाजारित सम्पत्ति ठ्याक्कै उनीहरूको युद्धभूमिमै देखाएको प्रदर्शन हो । प्रत्येक नयाँ भिडन्त, इजरायली रक्षा उद्योगका दृष्टिकोणमा सम्भावित ग्राहकहरूका लागि प्रत्यक्ष प्रदर्शनको अवसर बनेको छ ।
ऊर्जा क्षेत्रमा, लेवियाथन र तामार क्षेत्रहरूबाट इजरायली ग्यास उत्पादन यस वर्ष प्रतिदिन तीन अर्ब घन फिट
(८ करोड पच्चास लाख घन मिटर) नाघ्ने बाटोमा छ, जसबाट अतिरिक्त पाइपमार्फत इजिप्टमा निर्यात गरिनेछ, जहाँ यसलाई तरल बनाइन्छ र विश्वव्यापी बजारमा आकाश छुने मूल्यमा बेचिन्छ ।
इजरायलको समुद्री–ढुवानी उद्योग (Shipping industry) युद्धबाट तुलनात्मक रूपमा अछुतो रहेको छ भने यसका भूमध्यसागरीय बन्दरगाहहरू पूर्ण क्षमतामा सञ्चालनमा छन् । यसैबिच इरानले जलडमरूमा लगाएको नाकाबन्दीले खाडी र उनीहरूका एसियाली साझेदारहरूलाई दण्डित गरिरहेको छ ।
युद्ध लागतको विरोधाभास
यीमध्ये कुनै पनि कुराले इजरायलले निःशुल्क युद्ध लडिरहेको सङ्केत गर्दैन । रक्षा खर्च बढेको छ, आर्थिक उत्पादन युद्धपूर्वको गतिभन्दा तल झरेको छ र लामो समयसम्म परिचालनले महत्वपूर्ण सामाजिक र वित्तीय बोझ थोपरेको छ ।
तर, रणनीतिको मूल्याङ्कन लागतको अभावबाट होइन तर लागत र लाभबिचको सम्बन्धबाट मापन गरिन्छ । अनि त्यस मापनबाट इजरायलको स्थिति यसको प्रमुख प्रतिद्वन्द्वीको भन्दा धेरै बलियो देखिन्छ ।
यो वर्तमान युद्धको केन्द्रीय विरोधाभास हो । इजरायलको सबैभन्दा ठुलो उपलब्धि युद्धभूमिको विजयबाट आएको होइन, बरू क्षेत्रीय रणनीतिक वातावरणको रूपान्तरणबाट आएको हो : इरानको छद्मवेशी संरचना (Proxy
Architecture) मा दबाब बढ्यो, धेरै युद्ध क्षेत्रमा इरानी सैन्य ध्यान फैलियो र युद्धको तत्काल लागतको एक महत्वपूर्ण हिस्सा अन्य क्षेत्रीय पक्षहरूमा सारियो । ती लागतहरूको वितरण अत्यन्तै असमान भएको छ ।
यो असमानता अस्थायी साबित हुन्छ वा नयाँ क्षेत्रीय व्यवस्थाको जग बन्छ, त्यो हेर्न बाँकी छ । यस हप्ता वासिङटन भ्रमण गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको मुख्य लक्ष्य सम्भवतः यसलाई संरक्षण गर्नु नै हुनेछ ।
Leave a Reply