समाज नभड्कियोस् शान्ति नबिथोलियोस्
- श्रावण १५, २०८३
प्रत्यक्ष या अप्रत्यक्ष रूपमा, जानी या नजानी घुमाइफिराइ देशमा जातीय द्वन्द्व मच्चाएर, साम्प्रदायिक भावना फैलाएर देशलाई असफल पार्ने वा विभाजन गराउनेतर्फ विदेशी शक्ति राष्ट्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरकानुनी सङ्घ संस्थाहरू क्रियाशील भइरहेकोमा शङ्का छैन । जेनजी आन्दोलनमा घुसेका विदेशी तत्व र विदेशी दलालहरू सुनसरीमा भइरहेको विरोध प्रदर्शनमा पनि घुसेर साम्प्रदायिक भावना फैलाएर समाजमा आतङ्कित, असुरक्षित र क्रसित बनाउनेतर्फ सबै पक्ष गम्भीर र चनाखो हुनुपर्छ । विवाद चर्केर आन्दोलनको रूप लिएसँगै तीन जनाको मृत्यु र सयौँ घाइते भएपछि सामाजिक सद्भाव ¥याली भए पनि विभिन्न सङ्घ संस्थाले शान्त रहन अपिल गरे पनि स्थिति साम्य भएको छैन । एक अर्को धर्म मान्ने व्यक्ति बाटा, घर आँगनमा देखेपछि कुटपिट गरिहाल्ने कुत्सित कार्य जारी रहेको कारण संयमता अपनाउन आग्रह गरे पनि, सेनाले कफ्र्यु लगाए पनि वातावरण सहज बनेको छैन । जातीय द्वन्द्वको रूपमा फैलिएको यो प्रदर्शनले देशलाई कतातिर पु¥याउँदै छ भन्नेतर्फ सबै पक्ष संवेदनशील हुनुपर्छ ।
केही दिनअघि सुनसरीमा दुई समुदायबिच भएको सानो झडपले हिंसाको रूप लिएको छ; तोडफोड र आगजनी गर्ने काम रोकेको छैन । एउटा गाउँबाट सुरू भएको विवादको त्यो विरोधको स्वर अहिले एक कान दुई कान मैदान हुँदै सिराहा, धनुषा, सप्तरी, महोत्तरी, पर्सा हुँदै विभिन्न जिल्लामा पुगेको छ । सरकारले कफ्र्यु लगाए पनि, निषेधाज्ञा जारी गरे पनि, राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न सामाजिक तथा धार्मिक संस्थाले शान्त रहन, सामाजिक सद्भाव कायम राख्न, मेलमिलाप कायम राख्न अपिल, आग्रह, ¥याली गरे पनि विरोध प्रदर्शन रोकिएको छैन । स्थानीय समुदाय, धार्मिक अगुवा, नागरिक समाज, राजनीतिक दल, मानव अधिकार आयोग, सुरक्षा निकायको संयुक्त पहलमा मात्र स्थिति नियन्त्रण आउन सक्ने राजनीतिक विश्लेषकहरूको मत रहेको छ । सरकारले पनि स्थिति नियन्त्रण गर्नेभन्दा उत्तेजित पार्ने ढङ्गले दमन गर्ने, गोली हान्ने गरेकोले पनि स्थिति नियन्त्रणभन्दा बाहिर गएको देखिन्छ । यस्तो घटनालाई कुनै पनि राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र, धार्मिक तथा सामाजिक सङ्घ–संस्थाले राजनीतीकरण गर्नु उचित होइन । झन्डै दुईतिहाइ प्राप्त रास्वपाको सरकारका शासकहरूमा देखिएको अहङ्कारले पनि शान्तिपूर्ण प्रदर्शन उत्तेजित भएको स्थिति छ । यसलाई समयमै निराकरण गर्न सकिएन भने विध्वंसात्मक गतिविधि† तोडफोड र आगजनी जारी रहनेछ । यसको परिणाम राम्रो हुनेछैन ।
हिंसाबाट कसैको पनि हित हुँदैन । यसले समाजमा पीडा, अविश्वास र विभाजन कोर्छ । समाज नै विभाजनतर्फ उन्मुख भएमा समाज सुरक्षित हुँदैन । कुनै पनि घटना वा विवादलाई हिंसा, द्वेष वा साम्प्रदायिक विभाजनतर्फ मोड्नु समाधान होइन । दिगो शान्ति, सामाजिक सद्भाव, आपसी सम्मान, संयमता आदि मानवका मूल्य र मान्यता उल्लङ्घन भएपछि सो समाजको हालत के होला ? नेपाल सबै नेपालीहरूको साझा घर हो । सबै भाषा, धर्म, जातिका आ–आफ्ना पहिचान नै देशको पहिचान हो भन्ने कुरा सबै पक्षले आत्मसात गरेनन्† आत्मसात गरेर अघि बढेनन् र दिशा निर्देश गरेनन् भने शान्ति ¥याली, सद्भाव ¥यालीसमेत हिंसामा भड्किन सक्छ । स्थानीय जनता र प्रदर्शनकारीमा संयमता र धैर्यताको खाँचो छ । सबैको अस्तित्व उत्तिकै महत्वपूर्ण छ । एकले अर्काको खुट्टा तानेर बहुमत र अल्पमत जातजाति, धार्मिक र भाषाभाषीको बखान गरे, बलियोले निर्बलियोलाई, ठुलाले सानालाई दमन गरे, अपमान गरे जोसुकैले देशको नाउँमा आह्वान गरे पनि स्थिति नियन्त्रणमा ल्याउन कठिन हुनेछ ।
अतः हिंसा होइन, शान्तिको मार्ग अपनाउनुपर्छ । घृणा र अपमान होइन सद्भाव फैलाउनुपर्छ । संयमता अपनाउनुपर्छ । कानुनको सम्मान गर्नुपर्छ । एक अर्काप्रति आदर, विश्वास, सहिष्णुता तथा सद्भाव कायम राख्नुपर्छ र सहज वातावरण तयार गर्नुपर्छ । आ–आफ्नो सामाजिक संस्कार, संस्कृतिको त्यतिकै महत्व हुन्छ । हिंसा र अशान्तिको कालो बादललाई विवेक, संवाद र कानुनको परिपालनाले मात्र रोक्न सकिन्छ । रिसमाथि रिस, आक्रोशमाथि आक्रोश, बदलामाथि बदलाको भावना राखेर शान्ति स्थापना सम्भव छैन । सञ्चारमाध्यमले पनि तिललाई पहाड बनाएर, आक्रोश र आवेगमा घ्यु थपेर थप उत्तेजित बनाउने, विरोधका नाउँमा विरोध गरेर साम्प्रदायिक भावना फैलाउने काम बुद्धिमानी होइन । यो कसैको लागि हितकर हुनेछैन । हरेक समुदाय र पक्ष जिम्मेवार भएमा, अनुशासित र मर्यादित भई अघि बढेमा सहज वातावरण तयार हुन्छ र स्थिति सामान्य बन्छ । स्थितिलाई चर्काएर, उत्तेजित तुल्याएर आफूले आफूलाई असुरक्षित बनाउने, क्षति गर्ने बाटो छोड्नुपर्छ । सबैले आ–आफ्नो जिम्मेवारी ठानेर, एकले अर्कोलाई गर्ने आरोप–प्रत्यारोप रोकेर मेलमिलापतिर लाग्नुपर्छ । अन्यथा विरोध प्रदर्शन र शान्तिपूर्ण आन्दोलनमा विदेशी तत्वहरू घुसेर आन्दोलनलाई अझ उत्तेजित बनाएर देशलाई अप्ठेरो स्थितिमा पु¥याउनेछ । सबैमा चेतना भया !
Leave a Reply