आज नवदुर्गामा नामकरण पूजा
- श्रावण १६, २०८३
भक्तपुर, १६ साउन । रामशेखरया ख्यालः ब्वज्याको नवौं दिन आइतबार माधवप्रसाद सुवाल र महावीर अमात्यको निर्देशनमा सहिद निर्मल–पुष्प स्मृति वाचनालयले ‘अस्पतालया जा’ नामक ख्यालः प्रदर्शन गर्नेछ ।
शनिबार नेक्राविसङ्घ १ ले ‘टुरिस्ट गाइड’ नामक ख्यालः प्रदर्शन गरेको थियो । उक्त ख्यालको निर्देशन साइला वैद्य, व्यवस्थापन राजन कोजु र कला संयोजन विकास तमखुले गर्नुभएको थियो ।
प्रस्तुत ख्यालः ले स्थानीय जनताको श्रमदान र सहयोगबाट मठ मन्दिर निर्माण र पुनः निर्माणबारे जानकारी दिँदै जलविद्युत्को भण्डार रहेको कोसी, गण्डकीजस्ता नदीहरूसँग उन्नत मुर्रा भैसी साटफेर, पेट्रोलियमको पदार्थको मूल्यवृद्धिले सामन्त तथा भारतीय मारवाडीको सेवालगायत विभिन्न देशको सहयोगसँगै भ्रष्टाचार र कमिसनले शिक्षासँगै देशको हालत बिग्रेकोप्रति व्यङ्ग्य गरेको छ ।
कलाकार आशकाजी थकुले काठमाडौँको नेवारी भाषामा लेखिएको ख्यालःलाई भक्तपुरको स्थानीय भाषामा मञ्चन गर्न कठिनाइ रहेको धारणा राख्दै नेपालभाषाका विभिन्न ख्यालः नाटकजस्ता साहित्यहरू अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
कलाकार महन्तलाल मल्लले व्यङ्ग्यात्मक गीतबाट मनोरञ्जन दिँदै रामशेखर नकर्मीसँगको सहकार्यको संस्मरण सुनाउनुभयो । प्रहसनपछि शिक्षक ज्ञानसागर प्रजापतिले नयाँ पुस्ताका कलाकारहरूलाई रामशेखर नकर्मीका ख्यालःहरूको मञ्चन गराउनु सकारात्मक रहेको बताउनुभयो ।
ख्यालः ब्वज्याको दसौँ दिन सोमबार हरिसुन्दर पोतामाहाँनिर्देशनमा जेँला सांस्कृतिक समाजको ‘रानी पुखु’ नामक ख्याल प्रदर्शन हुनेछ ।
Leave a Reply