अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
– झु युआन
ट्रम्पको गैरजिम्मेवार निर्णयहरू र कार्यहरूले गर्दा अन्य मुलुकलाई गम्भीर समस्या परेको छ । साथै संरा अमेरिका विश्वमा एक्लिंदै छ ।
संरा अमेरिका एउटा विशाल देश हो । तर के ऊसँग भएको आर्थिक र सैनिक शक्तिले अन्तर्राष्ट्रिय समुदायबाट उचित सम्मान पाएको छ त ? चिनियाँ र संरा अमेरिकी वार्ता टोलीबीच मे महिनाको मध्यतिर भएको सम्झौताविपरीत डोनाल्ड ट्रम्प प्रशासनले ५० विलियन डलर बराबरको चिनियाँ सामान आयातमा अतिरिक्त कर लगाउने निर्णयपश्चात् यो प्रश्न अझ पेचिलो बनेर उठेकोे छ ।
संरा अमेरिकी सरकारले उचित सम्मानमात्र होइन, विश्वसनीयता पनि गुमाइरहेको देखिन्छ । चिनियाँ पक्षले संरा अमेरिकी वार्ता टोलीसँग रचनात्मक वार्तामार्फत सम्भावित व्यापार युद्घलाई रोक्न सक्ने सड्ढेत दिएको छ । तर यदि संरा अमेरिकाले व्यापार प्रतिबन्ध लगाउने र कर बढाउने आफ्नो निर्णय फेरेन भने सहमति कार्यान्वयन नहुने कुरा चीनले प्रस्ट पारेको छ ।
अमेरिकाले आफ्नो वाचा तथा आफुले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय सम्झौताहरू कुनै पनि बेला फ्याँक्न सकिने लुगाको रूपमा ठानिरहेको वर्तमान अवस्थामा चीनको निकै चनाखो रहने निर्णय सही छ । गत महिना संरा अमेरिकाले महत्वपूर्ण इरानी आणविक सम्झौताबाट हात झिक्यो । युरोपियन युनियनका उसका सहयोगीहरू उसका यस्ता गतिविधिहरूले अन्तर्राष्ट्रिय समुदायबाट अमेरिका एक्लिदै जाने विश्वास गर्दछन् । यद्यपि, ट्रम्प संसारलाई सुरक्षित ठाउँ बनाइरहेको घोषणा गर्दछ । संयुक्त सघन कार्ययोजनालाई फिर्ता लिने उसको घोषणासँगै इरान र इजरायलबीचको द्वन्द्व सतहमा आएको छ ।
संरा अमेरिकाको बढ्दो स्वार्थी गतिविधिहरूले सभ्य संसारलाई असभ्य र स्वार्थी संसार (Hobbesian World) मा बदलिरहेको छ जहाँ हरेक अन्य देशहरूलाई संरा अमेरिकाको असीमित शक्तिसामु झुकोस् भन्ने आशा राख्दछ ।
ट्रम्पले उचित सम्मान गुमाउनुका कारक हुन्
ट्रम्प प्रशासनका सृङ्खलाबद्ध निर्णयहरूले संरा अमेरिकाको विश्वसनीयता गुम्ने गतिलाई बढाएको छ । सन् २०१७ को जनवरीमा राष्ट्रपतिको शपथदेखि उसले संरा अमेरिकालाई एकपछि अर्को गर्दै बहुपक्षीय सम्झौैताहरूबाट अलग्याउँदै छ । ऊ उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (North American Free Trade Agreement) माथि पुनर्विचार गर्दैछ । उसले यदि यसको परिणाम आफूले चाहेजस्तो भएन भने त्यसलाई खारेज गर्ने धम्की दिइरहेको छ । गत वर्ष आफू राष्ट्रपति भएको एक हप्ताभित्रै उनले अन्तर प्रशान्त सहकार्य सम्झौता (Trans-Pacific Partnership Agreement) र २०१५ को पेरिस जलवायु सम्झौता (Paris Climate Pact) बाट हात झिक्यो । साथै उसले पेरिसमा मुख्य कार्यालय भएको युनेस्को (UNESCO) बाट पनि हात झिकेको छ ।
त्यसका साथै उसले आफ्नो व्यापार सहयोगी देशहरूबाट सामान आयात गर्दा धेरै कर थोपरेको छ र विशेषगरी चीनबाट आयात हुने सामानहरूमा धेरै कर लगाउने धम्की दिएको छ । यसले गर्दा धेरै देशहरू विशेषगरी चीनलाई आफ्नो वैध स्वार्थहरूको रक्षार्थ प्रतिरोधी कदमहरू चाल्न बाध्य बनाएको छ ।
विडम्बना के छ भने ट्रम्पले अमेरिकालाई फेरि महान् बनाउने (making America great again) सान्दर्भिक निर्णयहरू गरेको छ मानौं अन्य देशहरूसँग ती सम्झौताका आधारमा भएका सहकार्यले एकमात्र शातिmशाली अर्थतन्त्रलाई कमजोर बनाएको छ ।
संरा अमेरिकाले हात झिकेका सम्झौता र सहमतिहरूमा धेरै पक्षहरूले हस्ताक्षर गरेका छन् । यदि कुनै पक्षले ती सम्झौता र सहमतिहरू आफ्नो स्वार्थविपरीत वा हानिकारक पाएमा सबै पक्षहरूले सबैको लागि स्वीकार्य बनाउन पुनःविचार गर्नुपर्ने हुन्छ । यदि नयाँ सहमतिमा पुग्न सकेन भने त्यसलाई खारेज गर्ने घोषणा गर्न सकिन्छ ।
यद्यपि, संरा अमेरिकी सरकारले मनोमानी र एकपक्षीय ढङ्गले बाहिरिने निर्णय गरेर ती सहमतिका अन्य हस्ताक्षरकर्ताहरूको चासोलाई बेवास्ता गरेको छ । यो संरा अमेरिकाको र समान हैसियत भएका मुलुकहरूसँग गरिएका सहकार्यप्रतिको घृणाको प्रस्ट उदाहरण हो ।
संरा अमेरिकी सरकार अन्य अर्थतन्त्रसँग गरिने आफ्ना सम्झौताहरू न्यायोचित र निष्पक्ष नरहेको विश्वास गर्दछ । यसले इरानी आणविक सम्झौताबाट हात झिक्नुअघि आफ्नै युरोपियन युनियनका सहयोगीहरूलाई समेत सुनेन । यसले संरा अमेरिकाको बेलायत, फ्रान्स, जर्मनीप्रतिको चरम घृणालाई देखाउँदछ, चीन र रूसको त कुरै नगर्दा नि भयो । दुर्भाग्य के छ भने, तेहरानले संयुक्त सघन कार्ययोजना (Joint Comprehensive Plan of Action) लाई पुर्णरूपमा पालना गरिरहेको छ भन्ने अन्तर्राष्ट्रिय आणविक शक्ति केन्द्र (International Atomic Energy Agency) को भनाइलाई समेत बेवास्ता गर्दै इजरायली गोप्य सूचनाको आधारमा ट्रम्पले इरानसँगको सहमति तोडेको छ ।
यसले सन् २००३ मा संरा अमेरिकाले इराकमाथि हमला र अन्त्यमा सद्दाम हुसेनलाई फाल्न कारणको रूपमा प्रयोग गरेका गोप्य सुचनाको याद दिलाएको छ । सद्दाम हुसेनसँग ठूलो मात्रामा विनाशकारी हातहतियार छ भन्ने दाबी पछि झुटो साबित भयो ।
संरा अमेरिका आफूले विश्वास गर्न चाहेको कुरामा मात्र विश्वास गर्दछ
संरा अमेरिकी सरकारले आफूले चाहेको गोप्य सूचनालाई मात्र विश्वास गर्दछ । सिरियामा हमला गर्ने उसको निर्णय यस्तै ढङ्गबाट भएको थियो । सिरियाली सरकारको सेनाले जनताविरूद्ध रसायनिक हतियार प्रयोग गरेको थियो वा थिएन भन्ने अहम् प्रश्न थियो किनभने संरा अमेरिका र त्यसको पश्चिमा गठबन्धनलाई उक्साउनु बसर अलअसद (Bashar Al-Assad) को मूर्खता हुने थियो जब उनीहरू असद सरकारका गल्तीहरूबाट पहिल्यै निराश थिए ।
मध्य एसियामा राजनैतिक अस्थिरता र इराकमा मात्रै दशौं हजार मानिस मारिनुको कारण इराकमाथि गरिएको संरा अमेरिकी हमला थियो । इराकलाई धार्मिक र जातीय एकताको आभास गराउन संरा अमेरिका असक्षम भएकोले तीव्रगतिमा आतङ्कवाद मौलाएको थियो, जसले गर्दा मध्यपूर्वमा इस्लामिक स्टेट समूह (Islamic State Group) को उदय भयो ।
तर न त जर्ज डब्लु बुश जसले इराकमा युद्ध थोपरेको थियो, न त बाराक ओबामा जसले उक्त देशबाट संरा अमेरिकी सेना झिके, दुवैले इराक र मध्यपूर्वमा अमेरिकाले गर्दा उत्पन्न त्रास र ज्यान गुमाएका हजारौं निर्दोषहरूप्रति क्षमायाचना गरेका थिए । सिरियामा भएको सड्ढट र सिरियाली जनताको दुःखलाई इराकी हमलाको निरन्तरताको रूपमा लिन सकिन्छ ।
यदि संरा अमेरिकाले इरानी आणविक सम्झौताबाट हात झिकेको कारण इरान र इजरायलबीच युद्ध भयो भने यसको जिम्मेवार ट्रम्प सरकार हुनेछ ।
एकमात्र शक्ति राष्ट्रको नाताले संरा अमेरिकाले आफनो प्रभावलाई फैलाउनु स्वाभाविक र स्वीकार्य हुनेछ । तर व्यापार र सीमा विवादमा आफ्ना गैरजिम्मेवार गतिविधिहरूले अन्य देशहरूमा उत्पन्न हुनसक्ने गम्भीर परिणामहरूको बारेमा ऊ सचेत हुनुपर्दछ । यदि ट्रम्पका गैरजिम्मेवार गतिविधिहरूले गर्दा त्यस्तो स्थिति उत्पन्न भएमा, संराले आफूसँग भएको थोरै सम्मान र विश्वसनीयता मात्र गुमाउने छैन, बरू पूरै विश्वबाट ऊ एक्लिनेछ ।
(लेखक चाइना डेलीका वरिष्ठ लेखक हुन् ।)
नेपाली अनुवाद ः राजन ग्वाछा
Leave a Reply